प्रकृति र पर्यटन

मुस्ताङमा २२६ प्रजातिका चरा
बाबियाचौर (म्याग्दी)। हिमालपारिको जिल्ला मुस्ताङमा २२६ प्रजातिका चराहरूले बसोबास गर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना -एक्याप) ले जनाएको छ ।
आयोजनाले गरेको सर्वेक्षणअनुसार मुस्ताङमा दुर्लभ मानिएका गिद्ध, लाटोकोसेरो, छिरबिरे परेवा, प्रसिएन इगल, कुरूपाङजस्ता २२६ प्रजातिका चराहरूले बसोबास गर्छन् ।
सर्वेक्षणअनुसार नेपालमा पाइने आठ प्रजातिका दुर्लभ कालिजमध्ये छ प्रजातिका घाँसा क्षेत्रमा मात्र पाइन्छन् भने राष्ट्रिय पक्षी डाँफेको समेत सङ्ख्या उल्लेख्य बसोबास रहेको छ ।
तल्लो मुस्ताङको घाँसा र टिटी ताल क्षेत्रमा धेरै प्रजातिका चराहरूको बसोबास रहेको सर्वेक्षणमा सहभागी चरासम्बन्धी अध्ययन गर्दै आएका प्रकृतिका साथी नेपाल नामक संस्थाका सुरेश थापाले बताउनुभयो ।
यसैबीच गत वैशाखमा विश्व लाटोकोसेरो कोष र विभिन्न सङ्घसंस्थाले गरेको सर्वेक्षण अनुसार मुस्ताङमा थप दुई नयाँ प्रजातिका लाटोकोसेरो भेटिएका छन् ।
हालसम्म नेपालमा भेटिएका २० प्रजातिका लाटोकोसेरोभन्दा मुस्ताङको घाँसा र थिनीमा थप नयाँ प्रजातिका लाटोकोसेरो भेटिएको टोलीमा संलग्न राजु आचार्यले जानकारी दिनुभयो ।

One Response

  1. dear friend
    iam so happu
    i information to life time

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: