सप्तरी । सप्तरीको जमुनी मधेपुर गाविसमा गएराति भएको आगलागीमा रु. पाँच लाख बराबरको क्षति भएको छ ।
जमुनी मधेपुरा गाविस- ३ निवासी मो. बसिर मियाँको भान्सा कोठाबाट सल्केको आगो फैलिएर मियाँसहित स्थानीय नजिर मियाँको छवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी घरमा रहेको खाद्यन्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको पीडितहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगमा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।
Filed under: NEPALI NEWS |
Leave a Reply