ऋचाको हनिमुन लण्डनमा

चलचित्र ‘बिरताको चिनो’ को पि्रमियरका लागी नायिका ऋचा र निर्देशक शंकर लण्डन जाने भएका छन् । मंसिर अन्तिममा विवाह गर्न लागेका ऋचा र शंकरले उतै हनिमुन समेत मनाउने योजना बनाएका छन् । लण्डनमा हनिमुन मनाउने योजना नभए पनि संयोगले यस्तो पर्न गएको शंकरले बताए । लण्डनमा पि्रमियर गर्ने हतारोमा रहेका निर्देशक शंकर घिमिरेको चलचित्र ‘बिरताको चिनो’ अहिले सम्पादन भैरहेको छ । जीन्दगीलाई नै मोजमस्ती सम्झने युवापछि गएर देशको लागी त्याग र बलिदान दिन पनि तयार हुन्छन् भन्ने मुख्य कथाबस्तुमा आधारित भएर ‘बिरताको चिनो’ बन्न लागेको हो । बिष चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्दशक घिमिरेले निर्दशन तथा निर्माण गरेको चलचित्र ‘बिरताको चिनो’ मा बिराज भट्ट, ऋचा घिमिरे, सुमन सिंह, रञ्जना शर्मा, रेजिना उप्रेती, कल्याण घिमिरे, धुर्वदत्त, सुशिल पोखरेल, सोभिता सिंखडा लगायतका कलाकारको अभिनय छ । श्याम कार्की, श्याम सुबेदी र शंकर घिमिरे निर्माता रहेको चलचित्रमा सुरेश अधिकारीको संगित, सुरेश अधिकारी र दयाराम पाण्डेको गीत, सानु कुमारको द्वन्द्व तथा रत्न ढकालको छायाँकन छ । आगामी डिसेम्बरमा लण्डनमा ‘बिरताको चिनो’ को पि्रमियर शो गर्न तयारीमा रहेका शंकर निकै तिब्र गतिमा काम भईरहेको बताउँछन् । शंकरले पहिलो पटक निर्माण तथा निर्देशन गरेको चलचित्र ‘बिष’ कार्तिक २७ गतेबाट राजधानिमा रिलिज हुँदै छ । from onlinekhabra

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: