रेजिनालाई झरनाको झापड

नायिका रेजिना उप्रेतीलाई समस्याको घरभन्दा पनि हुन्छ । उनी जहाँ जान्छिन्, त्यहीं समस्या पार्छिन् । यसपटक रेजिनाले चलचित्र निर्माता सुनिलकुमार थापासँग सम्वन्ध विस्तार गरिने अनि झरना थापासँग लफडा पारिन् । खास्मा सुनिल र झरना श्रीमान् श्रीमती हुन् र लफडा चाहि रेजिनाले मध्यरातमा सुनिललाई गरेको यौन अफरले पारेको हो । आइतवार मध्यराति नायिका झरनाले जब आˆनै रेष्टुरेण्ट अगाडीको सडकमा आˆनै श्रीमान सुनिल कुमार थापालाई नायिका रेजिना उप्रेतीसँग भेटिन, त्यसपछि त्यहाँ सुरु भयो हंगामा ।

जब नायिका झरना सुटिङ सकेर रातको १० बजे घर फर्किन तब उनले घरमा आर्का श्रीमानलाई भेटिनन् । रातको समयमा श्रीमानलाई घरमा देखेपछी उनले श्रीमानको मोबाईलमा फोन लगाईन तर सम्पर्क हुन सकेन । निकै बेरसम्म फोन लगाएपछी बल्ल बल्ल फोन लाग्यो । कुरा पनि भयो । उनले श्रीमान्लाई सोधिन् घर कतिबेला आउने ? श्रीमानले जवाफ फर्काए, ‘म एक छिनमा आउँछु ।’ एक छिनमा आउँछु भनेका सुनिल रातको १ बजेसम्म पनि नआउँदा झरनालाई छटपटी भयो । १ बजेसम्म श्रीमान र फोन केही नआउँदा नायिका झरनालाई शंका लाग्यो ।

झरनाले घरको झ्यालबाट चिहाउँछिन् त घर अघि श्रीमानको रातो गाडी सडकको छेउमा देखिन्छ । मध्यरातमा सडकको छेउमा बसेर श्रीमान के गरिरहेका छन् भनेर उनले झ्यालबाट अझ राम्रोसँग चियाइन् । चिहाउँदा श्रीमानको साथमा एउटी केटी पो देखिन्छे । नायिका झरना आगो भईन् र उत्तिनै खेर उनी त्यहाँ पुगिन ।
जब नायिका झरनाले रातको करिब २ बजेतिर आˆना श्रीमानसँग नायिका रेजिनालाई देखिन अनि उनले रिस खप्न नसकेर त्यहिँनै रेजिनालाई झापड हानिन् । त्यसपछी घटनास्थलमा खैलाबैला मच्चियो । बबाल मचिए पछि छेउमै भएको पुलिस झरना निवास नजिकै आयो । त्यसपछि रेजिना चुपचाप घर लागिन् । पति सुनिल र पत्नी झरना पनि घर भित्र छिरे । घर पुगेपछि पनि झरना र सुनिलको गलफत्ति सकिएन् । आखिरमा झरनाले सुनिललाई बेडरुमबाट बाहिर निकालेर छाडिन् भने सुनिल पनि अर्को कोठामा गएर सुते ।

from onlinekhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: