मालिककै छोराबाट बलात्कृत हुँदै

गत माघदेखि निरन्तर बलात्कृत हुँदै आएकी एक १३ वषर्ीया बालिकालाई मंगलबार प्रहरीले उद्धार गरेको छ । राजधानीको धापासी- ८ स्थित एक घरमा काम गर्न बसेकी बर्दिया पातावास सर्कलकी १३ वषर्ीया बालिका उमा चौधरी (नाम परिवर्तन) गत माघदेखि मालिककै छोराबाट बलात्कृत हुँदै आएकी हुन् ।

धापासीमा फ्ल्याट भाडामा लिई बस्दै आएका नेपालगन्जका दिक्पाल शाहीले गत माघमा उमालाई पढाइदिने सर्तमा काठमाडौं ल्याएका थिए । उद्धारपछि मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ल्याइएकी बालिकाले आफू राजधानी आएको एक सातापछिदेखि नै मालिकका छोरा सन्देश शाहीबाट बलात्कृत हुँदै आएको बताएकी छिन् । सन्देश अन्दाजी १९ वर्षका छन् ।

पछिल्लोपटक पीडित बालिका शनिबार बलात्कृत भएको उनले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । शनिबारको बलात्कारपछि रजस्वलासमेत भएको उनले सुनाइन् । बलात्कारपछि महिनावारी भएको र पुनः बलात्कृत भए अझ ठूलो समस्या आउने ठानी आत्महत्याको मनस्थिति बनाएको पीडित बालिकाले नयाँ पत्रिकालाई बताइन् ।

‘अब त मर्नुपर्छ भन्ने लाग्यो । पसलको दिदीलाई सुनाउँदा भागेर प्रहरी चौकीमा जा भन्नुभयो,’ उनले भनिन् । बालिका भागेर प्रहरी चौकीनजिक पुगेपछि मालिक्नीले फर्काएको पनि उनले बताइन् ।

पीडकका बुबा दिक्पाल शाही ठेक्कापट्टाको काम गर्ने हुँदा प्रायः राजधानीबाहिरै हुने र मालिक्नी पनि दिउँसो काममा जाने हुँदा उनका छोरा सन्देशले दिउँसै पनि जबर्जस्ती गर्ने गरेको बयानमा उल्लेख छ । पहिलोपटक कोठामा चुकुल लगाई दिउँसै बलात्कारको प्रयास गरेको र तल्लो फ्ल्याटमा बस्नेहरूले ढोकामा ढकढक गरेपछि उनी झ्यालबाट बाहिर हाम्फालेर भागेको बालिकाको भनाइ छ । तर, त्यसैरात उनले बालिकालाई उनी सुतेकै भान्छाकोठामा गई बलात्कार गरे ।

‘मलाई दाइले यस्तो गर्नुभयो भनेर मालिक्नीलाई सुनाउँदा तँ थरुनी राम्री छेस, जसले पनि गर्छ भनिन्,’ उमाले सुनाइन् । मालिक्नीले बलात्कृत भएको कुरा बाहिर भने तेरै बेइज्जत हुन्छ भनी चेतावनी दिएको उनको भनाइ छ । शाहीका परिवार दसैँ मान्न घरमा जाँदा उमालाई पनि नेपालगन्ज लगेका थिए । तर, दसैँमा पनि घर जान नदिएकाले आमा र फुपू मालिकका घरमै भेट्न आएको उनले बताइन् ।

‘चार/पाँच मिनेट मात्र भेट्न पाएकी थिएँ, आमालाई सबै बताएँ,’ उनले भनिन् । ‘आमाले खोले हुँडलेर खाउँला, घर हिँड्’ भने पनि उनीहरूले माघीपछि पठाइदिउँला भनेर र्फकन दिएनन्,’ उनले भनिन् ।

गाउँमा कक्षा पाँचमा अध्ययन गरिरहेकी उनलाई दिक्पाल शाहीले अन्तिम परीक्षा नै नसकी काठमाडौं ल्याएका थिए । पढाइदिने सर्तमा घरमा काम गर्न ल्याएको भए पनि उनलाई विद्यालय पठाउने गरिएको थिएन । उनलाई सामाखुसीस्थित मनोहर उच्चमाविमा कक्षा पाँचमा भर्ना गरिदिएको भए पनि विद्यालय जान कहिल्यै दिइएन । दसैँपछि दुई दिन मात्र विद्यालय गएको र मालिक्नीले बलात्कारको कुरा अरूलाई भन्ली भनेर बाहिर निस्कनसमेत नदिने गरेको उमा बताउँछिन् ।

शाहीले दुई/तीन दिन बिराई उनलाई बलात्कार गर्थे । ‘दुई/तीन दिन बिराएर कहिले भान्सामै त कहिले ऊ सुत्ने कोठामा बलात्कार गथ्र्यो,’ उनले भनिन् । बलात्कार गर्दा सबै कपडा खोलेर नांगै बनाउने गरेको र बलात्कारपछि फोहोर पुछ्न र धुन लगाउने गरेको पनि उनले सुनाइन् ।

पीडक शाहीले रक्सीको सुरमा एकपटक मालिक्नी सुतेकै कोठामा समेत बलात्कार गरेका थिए ।

‘म भुइँमा सुतेको थिएँ, राति आएर माथि चढ्यो । म चिच्याएँ, तर मालिक्नी नसुनेझैँ गरी कुनापट्टि फर्केर सुतिरहिन्,’ उनले भनिन् । उनले शाहीकी छोरीलाई पनि आफू बलात्कृत भएको पीडा सुनाएकी थिइन् । होस्टलमा बसेर अध्ययन गर्दै आएकी शाहीकी छोरीले पनि अरूलाई भन्न हुन्न भनेर चुप लगाइन् ।

शाहीको घरमा बस्दा सबैको कपडा धुने, भाँडा माझ्ने, पकाउने आदि काम उनले गर्नुपथ्र्यो । ‘बलात्कार गर्नेको भित्री कट्टुसमेत धुन लगाए,’ उनले भनिन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जले बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराएको छ । आरोपित शाही अहिले प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: