सर्वोच्च स्थानमा मन्त्रिपरिषद् बैठक

कालापत्थर -सोलुखुम्बु) । हिमालय क्षेत्रमा परेको जलवायु परिवर्तनको असरबारे विश्वभर जानकारी गराउने उद्देश्यले अहिले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।
नेपालको इतिहासमा सबैभन्दा उचाईमा मन्त्रिपरिषद्को बैठक बसेको यो पहिलोपटक हो ।
सगरमाथाको आधार शिविरस्थित पाँच हजार २४२ मिटर उचाईमा रहेको खुम्जुङ् गाविसको कालापत्थरमा शुक्रबार बिहान करिब १० बजे सुरु भएको मन्त्रिपरिषद्को बैठक करिब २० मिनेट बस्ोको थियो ।  
बैठकको शुभारम्भ गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनबाट सिर्जित समस्या नेपाललको कारणबाट नभई औद्योगिक तथा विकसित मुलुहरुबाट भएकोले ती मुलुकहरुले नेपाललगायत विकाशोन्मुख मुलुकमा थप लगानी गर्नपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहँाले जलवायु परिवर्तनको नकारात्मक प्रभाव रोक्नका लागि हिमाली मुलुकहरु तथा समुद्री तटका मुलुकहरुको सामुहिक आवाज हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री नेपालले कार्बन उत्सर्जन नहुने ऊर्जाको उत्पादन गरी आफ्नो मुलुकमा मात्र नभई छिमेकी मुलुकहरुमा पनि निर्यात गरी कार्बन घटाउन पनि योगदान गर्न सकिने बताउनुभयो ।
यसअघि प्रधानमन्त्रीलाई नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेले मन्त्रिपरिषद्को आजको बैठकको एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा भाग लिन प्रधानमन्त्री नेपालसहित मन्त्रिपरिषद्का २३ सदस्य बिहान नौ बजे लु्क्लाबाट कालापत्थरतर्फ जानुभएको थियो ।
कालापत्थर जानुअघि आज बिहान उहाँहरुको आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो । कालापत्थर जानुहुँदा उहाँहरुलाई स्थानीय बासिन्दाले स्वागत गर्नुका साथै शेर्पा झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
आजको मन्त्रिपरिषद्को बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई नयाँ निकुञ्ज र सुदूर पश्चिमाञ्चलको दार्चुलाको अपी नाम्पा र मध्यमाञ्चलको दोलखाको गौरीशङ्करलाई संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको छ ।
सो घोषणापछि मुलुकमा निकुञ्जको सङ्ख्या १० र संरक्षण क्षेत्रको सङ्ख्या पाँच पुगेको छ ।
बैठकले डेनमार्कको कोपनहेगनमा अर्को साता हुने जलवायुपरिवर्तन सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत हुने हिमालय संरक्षणसम्बन्धी अवधारणालाई अनुमोदन गर्नुको साथै कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रहरुले कूल गार्हस्थ उत्पादनको ६ प्रतिशत नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित विकाशोन्मुख मुलुकलाई दिनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो विदेश जानुभएको र रक्षामन्त्री विद्यादेवी भण्डारी र विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्रप्रसाद ढुङ्गेलले स्वास्थ्यका कारण बैठकमा सहभागी हुनुभएन ।
बैठक समापनपछि प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले स्याङ्बोचेमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकको निर्णय जानकारी गराउनुहुनेछ ।
विश्वमा जलवायु परिवर्तनबाट समुन्द्रको सतह बढ्न गएकोतर्फ विश्वको ध्यानाकर्षण गराउन एक महिनाअघि माल्दिभ्सले पनि समुद्रमुनि मन्त्रिपरिषद्को बैठक गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: