“एक्सपोज” गर्न आपत्ति छैन यिनलाई

चितवनकी १८ वषर्ीया सुन्दरी सुगम शर्मा हिरोइन बन्ने धुनमा राजधानी छिरेकी छिन् । होस सम्हालेदेखि नै हिरोइन बन्ने सपना देखेको बताउने सुगम चितवनमा बनेको श्रद्धासुमननामक भिडियो फिल्ममा नायिका बनिसकेको बताउँछिन् । ‘अब राजधानीमा संघर्ष गर्छु,’ हिरोइनका रूपमा कहलिने अठोट लिएर तीन महिनाअघि मात्र काठमाडांै आएको बताउँदै उनले भनिन्, ‘यहाँ राम्रो अवसरको खोजीमा छु ।’
स्कुलमा हुने नृत्य प्रतियोगितामा प्रशस्त मात्रामा भाग लिएर थुपै्रै पुरस्कारसमेत जितेको बताउने शर्मा आफूलाई नृत्यमा पारंगत ठान्छिन् । भन्छिन्, ‘म जस्तोसुकै डान्स पनि गर्न सक्छु । कत्थक, आधुनिक, लोक सबै किसिमका डान्स गर्न आउँछ मलाई ।’ अझ पारंगत हुन राजु शाहको डान्स सेन्टरमा ‘ज्वाइन’ भएको बताउने उनी अभिनय पनि उत्तिकै राम्रो गर्ने दाबी गर्छिन् । भन्छिन्, ‘अभिनय गर्नसक्ने ‘कन्पिmडेन्ट’ छ । गरेकी पनि छु ।’
आफ्नो प्रतिभा मौलाउने उचित थलोका रूपमा राजधानीलाई लिएको बताउने उनी मोडलिङ तथा केही म्युजिक भिडियोमा समेत अभिनय गरेको बताउँछिन् । ‘सबै उतै गरेँ । यहाँ त भर्खर पाइला राख्दै छु,’ उनी भन्छिन्, ‘अब राजधानीमा कला देखाउँछु ।’
हिरोइन बनेर चम्कनका लागि ‘कथाले मागेजति’ ‘एक्सपोज’ गर्न उनलाई पनि केही आपत्ति छैन रे । ‘कथाले माग्छ भने चाहिएजति खुल्न मलाई आपत्ति छैन,’  आत्मविश्वासका साथ उनले भनिन्, ‘कलाकार भएपछि कलाकारिताको धर्म निर्वाह गर्नुपर्छ । अंगप्रदर्शन पनि कलाकारिताको एउटा पाटो हो । यसमा कन्जुस्याईं गर्नुपर्ने देख्दिनँ म ।’ डान्ससँगै फाइट पनि सिक्ने योजना बनाएकी छिन् उनले । भनिन्, ‘एउटा पर्फेक्ट हिरोइन बन्न चाहन्छु । जसले एक्टिङ, डान्स, एक्सन, कमेडी सबै जमेर गर्न सकोस् ।’ केही फिल्मबाट कुरा आएको, तर आफूले खोजेकोजस्तो रोल नपाइएकाले अचेल आफूलाई ‘पर्फेक्ट’ बनाउन लागिपरेको कथन उनको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: