जोहन्सबर्गमा जेनिशा

आगामी मंसिर २७ गते शनिबार दक्षिण अपि|mकाको जोहन्सबर्गमा आयोजना हुने वर्ष २००९ को विश्वसुन्दरी प्रतियोगितामा नेपाली सुन्दरी जेनिशा मोक्तानले  प्रतिनिधित्व गरिरहेकी छिन् । प्रतियोगितामा सहभागी हुन एक महिनाअघि नै काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेकी जेशिना जोहन्सबर्गमा निणर्ायक चरणअघि सम्पन्न हुने  विभिन्न प्रतिस्पर्धामा सहभागी भैरहेकी छिन् ।

प्रतियोगिताको सहभागिताका लागि जेनिशा लन्डन हुँदै दक्षिण अपि|mका पुगेकी हुन् । जेनिशाले जोहन्सबर्गमा आयोजित ‘द मिस वल्र्ड टप मोडल’, ‘मिस वल्र्ड ट्यालेन्ट शो’,  ‘मिस वल्र्ड बिच ब्युटी’ आदि प्रतिस्पर्धामा सहभागिता जनाइसकेकी छिन् ।

यो सातासम्म ‘मिस वल्र्ड टप मोडल’ प्रतिस्पर्धामा मिस मेक्सिको पेर्ला बेल्ट्रान अकोस्टा उत्कृष्ट भएकी छिन् । ‘मिस वल्र्ड टप मोडल’ को उपाधि जित्ने क्रममा उनी बे ल्ट्रान क्लुक सिज्डद्वारा डिजाइन गरिएको पहिरनमा प्रस्तुत भएकी थिइन् । शीर्षक उपाधि जितेकाले बेल्ट्रान मिस वल्र्डको सेमिफाइनल चरणमा समेत पुगिसकेकी छिन् । टप  मोडलको प्रतिस्पर्धामा मिस भियतनाम ट्रान थि हुङले दोस्रो स्थान तथा मिस मार्टिनिक इन्गि्रड लिटरले तेस्रो स्थान हासिल गरेका थिए ।

मिस मेक्सिको बेल्ट्रानसँगै मिस जापान इरुजा सासाकी -मिस वल्र्ड स्पोर्ट्स ओमन), मिस क्यानडा यान्बिङ, मिस सिरिया लियोन मोरिटी काग्र्बो -संयुक्त मिस वल्र्ड ट्याले न्ट) तथा मिस गिब्राल्टर किन अल्डोरिनो -मिस वल्र्ड बिच ब्युटी) पनि मिस वल्र्डको निणर्ायक चरणमा समेत पुग्न सफल भएकी छिन् । विश्वभरिका १ सय १२ देशका  सुन्दरीहरूले प्रतिस्पर्धा गरिरहेको मिस वल्र्डको निणर्ायक चरणमा बाँकी १ सय ७ सुन्दरीमध्ये एक जनाले मिस वल्र्डर् ब्युटी विद अ पर्पोज उपाधि जित्दै निणर्ायक चरणमा  प्रवेश गर्ने अवसर पाउनेछिन् । जोहन्सबर्गको मिडर्‍यान्डस्थित गालाघेर कन्भेन्सन सेन्टरमा हुने निणर्ायक चरणलाई भव्य रूपले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भैसकेको  छ । प्रतियोगिताको मिस ट्यालेन्ट चरणमा अधिकांश सुन्दरीले नृत्य, गायन तथा कराँते खेल प्रदर्शन गरेका थिए । उक्त अवसरमा मिस नेपाल जेनिशा मोक्तानले नेपाली  लोकगीतमा नृत्य गरेकी थिइन् । मिस ट्यालेन्ट विधामा मिस जापान जो रि किम दोस्रो तथा मिस नर्वे सारा स्क्जोल्डन्सले तेस्रो स्थान हासिल गरेका थिए । यसअघि मिस  वल्र्डका सम्पूर्ण प्रतिस्पर्धीले दक्षिण अपि|mकाका राष्ट्रपति ज्याकोब जुमासँग भेट गर्ने अवसर पाएका थिए ।

-एजेन्सीको सहयोगमा)

म नेपालकी छोरी हुँ

नेपालको प्रतिनिधित्व गरिरहेकी जेनिशा मोक्तानले मिस वल्र्डको आधिकारिक वेबसाइटलाई एउटा अन्तर्वार्ता दिंदै आफूले प्रतियोगितामा सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेको  बताएकी छिन्। अन्तर्वार्ताको छोटो अंश ः

तपाईंको शिक्षा अथवा जागिरका बारेमा केही बताउनुहोस् न ? 

म बीबीए -बिज्नेस एड्मिनिस्ट्रेसन) की विद्यार्थी हुँ ।

दक्षिण अपि|mकामा भैरहेको मिस वल्र्ड प्रतियोगितामा तपाईंको तयारी कस्तो छ ?

राम्रो तयारी भैरहेको छ । अभिव्यक्ति दक्षता बढाउने प्रयासमा छु । यसबाहेक व्यक्तित्व विकास तथा विश्वव्यापीकरणका हरेक मुद्दालाई नजिकबाट नियालिरहेकी छु ।

तपाईंको अहिलेको दैनिकी कस्तो छ ?

बिहानको शारीरिक व्यायाम, प्रश्ािक्षण, भेटघाट, सपिङ अनि खानपिनमै बितिरहेको छ ।

पहिलो पटक दक्षिण अपि|mका आउँदा कस्तो अनुभव गर्नुभयो ?

एक्साइटेड !

मिस वल्र्ड प्रतियोगिताको सबैभन्दा आकर्षक पक्ष के पाउनुभयो ?

विभिन्न देशबाट आएका सुन्दरीहरूमार्फत विश्वकै विभिन्न देशका कला, संस्कृति तथा फेसनलाई नजिकबाट नियाल्ने अवसर नै सबैभन्दा आकर्षक लागिरहेको छ ।

मिस वल्र्डका अन्य प्रतिस्पर्धीलाई के सन्देश दिन चाहनुहुन्छ ?

मलाई लाग्छ, मिस वल्र्ड २००९ लाई सफलतापूर्वक सम्पन्न गर्न हामी विश्वभरिकै सुन्दरीहरूले एक-अर्कामा हातेमालो गर्नु आजको आवश्यकता हो ।

आफूमा भएको कुन विशेषताका कारण यो प्रतिस्पर्धाका लागि छनौट हुनुभएको हो जस्तो लाग्छ ?

इमान्दारिता, स्वाभिमान तथा धैर्यताका कारण नै म यहाँ छु ।

त्यस्तो कुनचाहिं प्रतिभाले तपाईं अन्य प्रतिस्पर्धीभन्दा भिन्न बनाएको छ ?

नेतृत्वदायी क्षमता तथा आत्मविश्वास !

एउटा त्यस्तो वस्तुको नाम लिनुहोस्, जसबिना तपाईं बाँच्नै सक्नुहुन्न ?

माया र प्रेम ।

तपाईंलाई सबैभन्दा मनपर्ने व्यक्तित्व ? 

नेपालकी अधिवक्ता सपना प्रधान मल्ल तथा दक्षिण अपि|mकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेला ।

आफ्नो जीवनमा कोबाट प्रभावित हुनुहुन्छ ?

मेरी आमाबाट ।

तपाईंको विचारमा मिस वल्र्डमा राम्रो गर्नुको अर्थ के हो ?

नेपालको पहिलो त्यस्तो प्रतिनिधि पात्र बन्नु जसले आफ्नो देशको गौरव तथा प्रतिष्ठा बढाउन सकोस् ।

तपाईंको प्यारो चिनारी के हो ?

म नेपालकी छोरी हुँ ।

स्रोतः कान्तिपुर साप्ताहिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: