ब्लू फिल्म खेल्न नायिकालाई पचास लाखको अफर

म तिमीलाई ५० लाख रुपैयाँ दिन्छु, भन्याजस्तो चलचित्रमा खेल्छौ?’

…खेल्दिनँ, किन खेल्नु?’

…एक करोडमा चलचित्र बन्छ, पचास लाख रुपैयाँ तिमीलाई हुन्छ….तिमी त्यस्तो चलचित्र खेल्छौ.. हिम्मत छ भने भोलि नै २५ लाख क्यास दिइन्छ, कुराकानी गरेर.. है?’

यो नेपाली चलचित्रमा संघर्षरत एउटी नायिकाको अपरिचितसँगको मोबाइलवार्ताको मुख्य अंश हो । ३१ मिनेट चानचुनको उक्त वार्ताको सत्ताइसौं मिनेटमा आएर ती  अपरिचितले नायिकासँग सांकेतिक रूपमा यौन चलचित्रमा काम गर्ने प्रस्ताव राखे । २६ मिनेटसम्म नेपाली, विदेशी चलचित्र क्षेत्रका बारेमा सामान्य विवाद भएजस्तो गरी  वार्ता गरिसक्दा-नसक्दै ती अपरिचितले हालै चर्चामा आएको एउटी नायिकाको यौन भिडियो प्रकरणको कुरा झिक्छन् । ती नायिकाको गल्ती नभएको कुरामा यी नयाँ  नायिकाले अडान राखेपछि अपरिचितले उनलाई घुमाउरो तरिकाबाट यौन चलचित्र खेल्नका लागि प्रस्ताव राखेका थिए ।

दुईवटा सेक्स टेप प्रकरणका कारण आममानिसको सन्देहको घेरामा रहेका नेपाली चलचित्रका महिला कलाकारहरू र ‘सबै उस्तै हुन्’ भन्ने आमसोचविपरीत संघर्षरत यी  नायिकाले भने ५० लाख कमाउने उक्त प्रस्ताव अस्वीकार मात्र गरिनन्, प्रस्ताव राख्ने मानिसलाई समेत काठमाडौं जिल्ला प्रहरीको खोरमा पुर्‍याउन मद्दत गरिन् । यो अथर् मा उनी साँच्चैकी नायिका भएकी छिन् ।

गत वर्ष सामान्य व्यवसाय गरेको निर्देशक सोभित बस्नेतको चलचित्र ‘मिसन लभ इन सिक्किम’बाट नेपाली चलचित्रकी नायिका भएकी हिमानी डिसीलाई केही दिनअघि  राती करिब ११ बजे अर्की साथी नायिकासँग घरमा बसिरहेका बेला मोबाइलमा फोन आयो । ब्लफकल शैलीमा आएको उक्त अपरिचितको पहिलो फोनलाई उनले  हिमानीकी दिदी बताएर टारे पनि त्यसको केही मिनेटपछि फेरि ती मानिसले फोन गरे । पहिलो र दोस्रो कलको बीचमा हिमानीले उक्त ब्लफकलका बारेमा सँगै रहेकी  साथी नायिकालाई बताइन् । हिमानीले बोकेको मोबाइल सेटमा आएका र गरेका सबै कल रेकर्ड गर्न मिल्ने सुविधा भएकाले साथी नायिकाले उनलाई अब फेरि कल आए  मोबाइलमा रेकर्ड गर्ने जुक्ति सुझाइन् । त्यसैअनुरूप ती व्यक्ति अर्थात् वार्तामा बर्दिया घर बताए पनि मूल घर दाङ भएका र हाल कलंकी बसोबास गरिरहेका रणवीरसिंह  राठौर उर्फ रूपसिंह बुढाथोकीले नायिका हिमानी डिसीसमक्ष राखेको यौन चलचित्र खेल्ने प्रस्तावसहितको कुराकानीलाई हिमानीले आफ्नो मोबाइलमा रेकर्ड गरिन् ।

मोबाइलमा वार्ताका क्रममा हाल सार्वजनिक अपराधअन्तर्गत पक्राउ परेर हनुमान ढोका खोर परेका बुढाथोकीले चलचित्र निर्माता रोज राणालाई आफ्नो स्कुले साथी बताए  पनि कुरा अघि बढ्दै जाने क्रममा उनले राणाविरुद्ध पनि केही कुरा बोलेका छन् । सुरुवातमा रोज राणाको चलचित्रमा नायिका बनाउने प्रस्ताव राखे पनि कुराकानीको  अन्त्यमा भने उनले हिमानीलाई यौन चलचित्रको प्रस्ताव राखेको रेकर्ड सुन्दा थाहा हुन्छ । बुढाथोकीले नायिका उषा पौडेललाई पनि आफूले नै चलचित्रकी नायिका  बनाएको बताएका छन् भने एक चर्चित लोकगायिकाको दाइकी छोरीका बारेमा पनि नानाभाँती कुरा गरेका छन् । उनले नेपाली चलचित्रकी नायिकाहरूका बारेमा यसो  भनेका छन्- ‘केटीहरूले हिरोइन बन्न पैसा हाल्नुपर्दैन, केटाहरूले मात्र पर्छ ।’ कुराकानीका क्रममा उनले नेपाली चलचित्रकी नायिकाहरूको चरित्रमाथि नै प्रश्नचिन्ह लाग्ने  कुरा गरेका छन् ।

निर्देशक तुलसी घिमिरेको निर्माणाधीन चलचित्र ‘स्वर्गकी परी’मा नायक सुमन सिंहकी जोडी भएर अभिनय गरिसकेकी हिमानी डिसी आफ्नो तौल घटाएर पुनः चलचित्र  क्षेत्रमा आउने योजनामा छिन् । हाल नाकभित्र आएको घाउ र त्यसको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अभिनयतर्फ अघि बढ्न सकिरहेकी छैनन् ।

बुढाथोकीसँगको मोबाइल वार्तालाप रेकर्ड गरिए पनि उनको विरुद्ध जान हिमानीले हिम्मत जुटाउन सकिरहेकी थिइनन् । बताइएअनुसार बुढाथोकीले अप्रत्यक्ष रूपमा  उनलाई अपहरण गर्न सकिने कुरा पनि गरेका थिए । फेरि झन्डै दुई वर्षअघि ती मानिसले मोबाइलमार्फत यस्तै किसिमका कुराकानी हिमानीसँग गरेका थिए । जानकारह रूका अनुसार अभियुक्त बुढाथोकीको नायिका हिमानीसँग टाढाको मामाको छोराको नाता पनि छ, तर त्यस विषयमा आफूले खोजी नगरेको हिमानीले साप्ताहिकलाई  बताइन् ।

सुरुवातमा रेकर्ड गरिएको वार्तालाई के गर्ने अन्यौलमा परे पनि साथी नायिका सौजन्य सुब्बा र अन्य सहयोगीहरूको सल्लाहमा नराम्रो नियतवश फोन गर्ने मानिस  बुढाथोकीका विरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालयमा हिमानीले उजुरी दिइन् । त्यसपछि प्रहरीले हिमानीबाट प्राप्त मोबाइल नम्बरका आधारमा बुढाथोकीलाई पक्राउ  गरेको हो ।

मोबाइल वार्ताको रेकर्डअनुरूप बुढाथोकीलाई नेपाली चलचित्र क्षेत्रका बारेमा धेरै जानकारी रहेको बुझिन्छ । नेपाली चलचित्रप्रति चासो र जानकारी हुनुलाई सामान्य मान्न  सकिन्छ । यद्यपि उनले नेपाली चलचित्रकर्मीलाई नराम्रो रूपबाट बुझेको थाहा हुन्छ । उनले नायिकाहरूका बारेमा नकारात्मक कुरा गर्नुका अतिरिक्त नायकहरूमाथि पनि  दोषारोपण गरेका छन् । उनले वार्ताका क्रममा नायकद्वय निखिल उप्रेती र विराज भट्टको नाम लिँदै उनीहरू पनि चलचित्रमा पैसा हालेर आएको बताएका छन् । उनका  प्रत्येक कुरालाई हिमानीले प्रतिकार गरिरहेको पनि बताइन्छ । हिमानीले प्रतिकार गर्दा राठौर अझ आवेगमा आएका छन् । रेकर्डमा दुवै पक्षको कुराकानीको शैली  वादविवादजस्तो छ । सुरुवातदेखि बुढाथोकीको आशय चलचित्र क्षेत्र नराम्रो भएको र यसमा काम गरेर आर्थिक रूपमा सबल नहुने तर्कमा केन्दि्रत छ । एक प्रकारले उनले  एउटी संघर्षरत नायिकालाई चलचित्र क्षेत्रका नराम्रा पाटोका बारेमा बहस गरेर उनको ‘ब्रेनवाश’ गर्न खोजेका छन् । ‘ब्रेनवाश’ गर्ने क्रम अघि बढाउँदै बुढाथोकी  कुराकानीको अन्तिममा हिमानीलाई फोन गर्नुको मूल मुद्दामा नजानिँदो पाराबाट प्रवेश गरेका छन् र मूल मुद्दा उनलाई ‘ब्लू फिल्म’मा खेल्ने अफर रहेको थाहा हुन्छ । कुरा  जब मूल मुद्दामा प्रवेश गर्छ, हिमानी रिसाएको पनि थाहा हुन्छ । उनले झर्केर भनेकी छिन्- ‘..के कुरा गर्नु भा’को दाइ तपाईंले, म अघिदेखि राम्रोसँग कुरा गरिरहेको  छु..तपाईं…??’

हिमानी रिसाएपछि अलिक झस्किएको स्वर निकालेर बुढाथोकी बिस्तारै मूल मुद्दाबाट टाढिन खोजेका छन् । कुराकानीको ३१ औं मिनेटमा गएर ‘ल ल, पछि कुराकानी गरौ ंला, भेटसेट गरौंला’ भनेर बुढाथोकीले कुरा सकेका छन् ।

ब्लू फिल्म बनाउने गिरोह ?

हिजो बिहिबार राति कान्तिपुर टेलिभिजनको दैनिक कार्यक्रम ‘कान्तिपुर आज’मा यो मुद्दाका बारेमा

ब्लू फिल्म खेल्न

कार्यक्रमका प्रदीप निरौलाले एक रिपोर्ट प्रस्तुत गरे । निरौलाका अनुसार कार्यक्रम प्रसारण हुने अन्तिम समयसम्म पनि नायिका हिमानी डिसीलाई घटनाक्रमका बारेमा  खुलस्त बताइदिन आग्रह गर्दा उनी सम्पर्कमा आइनन् । यसकारण बुढाथोकीविरुद्ध मुद्दा जाहेर गरिसके पनि उनी यो मुद्दाबाट टाढिन खोजेकी हुन् कि भन्ने निरौलाको ठहर  छ । यस विषयमा बुझ्न खोज्दा हिमानीले प्रहरीले कारबाही अघि बढाइसकेको अवस्थामा साथीभाइ तथा पारिवारिक सल्लाहबमोजिम यसलाई जनचासोको विषय बनाउन  नखोजेको बताइन् । एक चलचित्रकर्मी भन्छन्- ‘हिमानीका कारण नेपाली चलचित्रलाई बदनाम गर्ने र चलचित्रकर्मीलाई कुबाटोतर्फ लगाउने एक जना मानिस फेला परेको  छ । यो मुद्दा मिडियामार्फत सार्वजनिक भए अरू सबै सावधान हुन्छन् । तर उनी किन हो डराइरहेकी छिन् ।’ उनको भनाइलाई आधार मान्ने हो भने अभियुक्त बुढाथोकी  यस प्रकारको कार्य गर्ने एक्ला व्यक्ति छैनन्, उनको गिरोह नै हुनुपर्छ । सुरुमा महिला कलाकारहरूलाई सामान्य कुरा गर्दै फसाउने र पछि ठूलो रकमको आशा देखाएर  कुकर्ममा लगाउने कार्य गर्ने गिरोह काठमाडौंमा सक्रिय भन्ने एक सदस्य बुढाथोकी हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । कतै त्यही गिरोहका कसैले हिमानीलाई  धम्क्याइ पो रहेको छ कि ? तर हिमानी भन्छिन्- ‘त्यसको कुनै गिरोह छैन होला । मलाई कुनै धम्की पनि आएको छैन ।’ उक्त मुद्दा हेरिरहेका प्रहरी नायब उपरीक्षक  शेरबहादुर बस्नेत अनुसन्धानका क्रममा त्यो पक्षको पनि खोजी गरिने बताउँदै भन्छन् -‘त्यसरी टेलिफोन, मोबाइल वा पत्रमार्फत कसैले कसैलाई गालीगलौज, डर वा  धम्की दिइरहेको छ भने प्रहरीमा उजुरी गरेर त्यस्ता मानिसलाई पक्रन र सजाय दिन सकिन्छ ।’ 

अर्कातर्फ अभियुक्त बुढाथोकीले रक्सी पिएको बेलामा गरेको कुराकानीलाई हिमानीले गलत अर्थ लगाएको बताएका छन् । ‘मैले उनलाई बहिनी तिमी कहाँ छौ, के गर्दैछौ ?  भन्ने कुरा बुझ्न फोन गरेको थिएँ । ब्लू फिल्म बनाउने कुरा गरेकै छैन । मसँग त्यति धेरै पैसा पनि छैन । सामान्य परिवारको छोरा हुँ र त्यो बेलामा मैले बोलेका कुरा  सबै रक्सीको मातमा बोलिएका हुन् ।’ -बुढाथोकीले आफ्नो बयानमा भनेका छन् source: kantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: