चुम्बनमा एक नम्बर

बि्रटिस पपस्टार सेरिल कोल हलिउडका हट नायिका एन्जेलिना जोली र मेगान फक्सलाई हराएर ‘मोस्ट किसेबल सेलिबि्रटी’ चुनिएकी छन् । ‘गर्लस् अलाउड’ की गायिका सेरिललाई धेरै फ्यानहरूले यो क्रिसमस बिदामा आफूहरूले चुम्बन गर्न चाहेको सेलिबि्रटीको रूपमा छानेका हुन् ।
क्रिश्चियन धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसमा रूखमा उमि्रएको विशेष सानो परजीवी झारका हाँगालाई सजाएर ‘मिसलटो’ भनी घर-घरमा झुन्ड्याइन्छ । परम्परागत विश्वासअनुसार ‘मिसलटो’ को मुनि केटा र केटी झुक्किएर उभिए पनि एक-अर्कालाई चुम्बन गर्नुपर्छ भन्ने मान्यता छ । यसमुनि साँचो प्रेम पनि पाइने विश्वास छ ।

क्रिसमस नजिकिँदै आएको समय हजारौं मानिसलाई ‘मिसलटो’ को मुनि कुन सेलेबि्रटीलाई चुम्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा सेरिलले ४० प्रतिशत भोट पाएर जितेकी हुन् । रियालिटी शो ‘एक्स-फ्याक्टर’ कि निणर्ायिका समेत रहेकी यी गायिकाले उनको चर्चामा शत्रु नै मानिएकी स्टाइलिस्ट डान्नी मिनोगलाई भारि मतले तल पारेकी छन् । डान्नीले मात्र २ प्रतिशत भोट पाएकी थिइन् ।

पुरुषतिर भने ‘ट्वाइलाइट’ का नायक रोबर्ट प्याटिसनलाई धेरैले ‘मिसलटो’ मुनि चुम्बन गर्ने चाहना राखेका छन् । रोबर्टपछि ‘जेम्स बोन्ड’ का स्टार डेनियल क्रेग र ज्युड ल,ज्यक इफ्रोन र जर्ज क्लुनी परेका छन् । महिलामा सेरिल पछि नायिकाहरू मेगान फक्स, एन्जेलिना जोली, जेनिफर एनिस्टनका साथै ‘हिप्स डोन्ट लाइ’ गायिका शकिरा परेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: