जोमसोमले मोहनी लगायो

निखिल उप्रेति- सात वर्ष पहिले ‘दिदी बहिनी’ फिल्म सुटिङको सिलसिलामा जोमसोम गएको थिएँ। पोखरा विमानस्थलबाट प्लेन चढेर झण्डै बीस मिनेटको उडानपछि पुगेको थिएँ त्यहाँ। धौलागिरी र निलगिरी पहाडको बीच हुँदै उडेको जहाजबाट देखिएको दृष्यले मेरो मन हर्षित थियो। हरियाली जंगल माथि र दुई ठूला पहाडको बीचबाट उडेको जहाजको झ्यालबाट मेरा आँखा दायाँबायाँ र तलमाथि गरिरहेका थिए।

पोखराको न्यानो मौसमबाट एकैचोटी चिसोमा पस्दा मन निकै रोमाञ्चित र शरीरले अर्कै अनुभूति गरेको थियो। इण्डिया लामो समय बसेको मान्छे, फेरी मेरो घर पनि तराइ। गर्मी हावापानीमा जीवन वित्यो। मलाई गर्मी हावापानी धेरै मन पर्दैन। हिमाली भेगमा त्यो मेरो पहिलो अनुभव। आँखैमा टाँसिने गरि ठडिएका थिए हिमालहरु। निलगिरी पछाडी धौलागिरी देख्दा निकै आनन्दित भएको थिएँ।

जोमसोम जहाँ हल्ला छैन, त्यहाँ रमायो मेरो मन। शान्त वातावरणमा बस्दा उर्जा मिले जस्तोलाग्छ मलाई। यो वातावरण केबल जोमसोममा पाएँ।

हुन त म जहाँ जान्छु त्यही ठाउँ नै मलाई मन पर्छ। तर जोमसोमले मलाई कहिल्यै नविर्सने गरि मोहनी लगायो। हिमाली भाग, मुक्तिनाथधाम नजिक पनि। म त्यति धेरै आस्तिक त होइन। तर पनि भगवानमा विश्वास छ। म मुक्तिनाथसम्म पुगेको छु। मरुभूमि जस्तै लाग्ने त्यहाँको पहाड र मैदानले पनि मन हर्छ। तिर्थस्थलले दिमागलाई सकारात्मक र पिसफुल बनाउँछ।

जम्मा तीनचोटी जोमसोम गएको छु। सबै फिल्म सुटिङकै लागि। समय निकालेर अब परिवारसँग जाने विचार छ। अहिले गाडी जान थालेपछि अलि प्रदुषित भएको छ रे भन्ने सुनेको छु। कतै जोमसोमले आफ्नो पहिचान त गुमाउने होइन? गाडी जानु हुँदैन भनेको होइन, सहरमा जस्तो नहोस भन्ने लागेको हो।

त्यहाँका बासिन्दाको आफ्नै संस्कृति छ। भौतिकबादले छोइ सकेको छैन स्थानीहरुलाई। सम्मान र गरिने आत्मिय व्यवहारले पनि मन खिचेको छ। फेरी खानाको टेष्ट पनि आफ्नै। म निकै कम खाने मान्छे। त्यहाँ पुगेसी धेरै खाएँ। जे खाएनी केही नहुने। अर्गानिक खाना पाइन्छ। यहाँ हामी विषयुत्त खाना र सब्जी खाइराखेका छौं। त्यहाँको थकाली खाना त जिब्रोमा झुण्डिराखेको छ।

असोज/कात्तिकमा गएको थिएँ। स्याउ टिपिसकेका थिए किसानहरुले। स्याउ बगान हेर्दा मात्रै पनि रमाइलो लाग्यो। त्यतिबेला न जाडो न गर्मी थियो। उपयुक्त मौसम थियो हिँड्न र फिल्म सुटिङ गर्न।

आन्तरिक र बाह्य पर्यटनको धेरै सम्भावना बोकेको ठाउँ हो जोमसोम क्षेत्र। फिल्म सुटिङका लागि रमाइलो र पृथक लोकेसन। हलिउडमा देखाइने सिन भन्दा कमको छैन जोमसोम।

जोमसोम पुग्दा म भर्खरै फिल्म क्षेत्रमा लागेको थिएँ। त्यहाँ सात तलाबाट हामफाल्ने हिरो रे भनेर मान्छेले मलाई घरेका थिए। माया अनि सद्भाव छ त्यहाँका मानिसमा। भाइचाराको सम्वन्ध छ।

त्यसपछि मलाई रमाइलो लागेको ठाउँ हो-पोखरा। यहाँको हावापानी पनि निकै राम्रो छ। विग्रिसकेको छैन। लेक साइडमा राती बस्न निकै रमाइलो लाग्छ। घुम्ने ठाउँहरु पनि धेरै छन्। फुर्सद हुनेवित्तिकै पोखरा जान्छु।

मेरो जीवनमा जानै पर्ने ठाउँ जोमसोम र पोखरा हो जस्तो लाग्छ। मेरो परिवार लिएर फेरी पोखरा र जोमसोम जानेछु। 

नागरिक दैनिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: