नेफ्टा केटिवी अवार्ड

नेफ्टा केटिभी अवार्ड २०६६ मा नायक भुवन केसीको म तिमीविना मरिहाल्छु फिल्म सर्वोत्कृष्ट घोषित भएको छ । नेपाल चलचित्र प्राविधिक संघले १५ डिसेम्बर, २००९ अर्थात पुष १ गतेबुधबार आयोजना गरेको अवार्ड वितरण समारोहमा १८ विधामा मनोनयनमा परेको सो फिल्मले सर्वोत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, छायांकन, गायक, डे्रस डिजाइन, द्वन्द्व-निर्देशन, पटकथा र सम्पादन गरी नौवटा अवार्ड जित्यो ।
म तिमीविना मरिहाल्छुपछि  मिस्टर मंगले फिल्मले सर्वोत्कृष्ट निर्देशकसहित संवाद, सहअभिनेता, हास्य-अभिनेता, बालकलाकार र पाश्र्व संगीत गरी ६ वटा अवार्ड जित्यो । सिलसिला र सन्देश फिल्मले तीन-तीनवटा अवार्ड हात पारे । सिलसिला संगीतकार, गायिका र म्युजिक एरेन्जरमा सर्वाेत्कृष्ट ठहरियो भने सन्देशले सर्वाेत्कृष्ट नवअभिनेत्री, सहअभिनेत्री र कथाको अवार्ड हात पार्‍यो ।
०६५ वैशाखदेखि चैत मसान्तसम्म प्रदर्शन भएका २७ वटा फिल्मबीच भएको प्रतिस्पर्धामा जय शिव शंकरले सर्वोत्कृष्ट मिक्सिङ र चरित्र अभिनेत्री, मौसमले सर्वोत्कृष्ट गीतकार र चरित्र अभिनेता, सुन्दर मेरो नामले सर्वोत्कृष्ट मेकअप र कला-निर्देशन र नसिव आफ्नोले सर्वोत्कृष्ट नवनिर्देशक र नवअभिनेताको दुई-दुई वटा अवार्ड जिते । विष र गिरफ्तार फिल्मले भने क्रमशः सर्वोत्कृष्ट खलनायक र  सर्वोत्कृष्ट नृत्य-निर्देशकको एक-एकवटा अवार्ड जितेका थिए ।
मोहन निरौला, शान्तिपि्रय, विशेष श्रेष्ठ, जावेद शाह र विजयरत्न तुलाधरको पाँच सदस्यीय निर्णायक मण्डलले  मिस्टर मंगले फिल्मलाई जुरी च्वाइस अवार्ड दियो । कार्यक्रममा नेपाली फिल्म अभिनयमा अनवरत लागिरहेका नायक राजेश हमाललाई महानायक घोषणा गर्दै सम्मान गरियो । त्यस्तै गीत-संगीत तथा फिल्म निर्माणमा समेत सक्रिय डा. भोला रिजाललाई लाइभ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरियो । नेपाली फिल्मका पुराना निर्माण प्रबन्धक गेहेन्द्र धिमाललाई उनले यस क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप सम्मान गरिएको थियो ।
३१ विधामा अवार्ड दिइएको सो कार्यक्रमको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम  निखिल उप्रेती, निशा अधिकारी, राजबल्लभ कोइराला र गरिमा पन्तले सञ्चालन गरेका थिए । नेपाली फिल्मकर्मी, भारतीय अभिनेता राहुल रोय तथा गैरफिल्मकर्मीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा निर्देशक शोभित बस्नेत, नायिका रेजिना उप्रेती, नन्दिता केसी, यमुना उप्रेती, अरुणिमा लम्साल, उषा पौडेल, जीवन लुइँटेललगायत कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
नायक हमाल र राजबल्लभ कोइरालाले भने एउटा कवितामा अभिनय गरेका थिए ।

सर्वोत्कृष्ट   फिल्मकर्मी    फिल्म
मेकअप म्यान     श्याम बराल    सुन्दर मेरो नाम
डे्रस डिजाइनर    नीरा राना    म तिमीविना मरिहाल्छु
कला-निर्देशक    सिंगे लामा/विजय चौधरी    सुन्दर मेरो नाम
पाश्र्व-संगीत    महाराजा थापा    मिस्टर मंगले
मिक्सिङ    राजकृष्ण श्रेष्ठ    जय शिव शंकर
गीतकार    दयाराम पाण्डे    मौसम -कुन लोककी परि)
गायक    आनन्द कार्की    म तिमीविना मरिहाल्छु
गायिका    अञ्जु पन्त    सिलसिला -सागर सरी..)
म्युजिक एरेन्जर    महाराजा थापा    सिलसिला
संगीतकार    वसन्त सापकोटा    सिलसिला
बालकलाकार    राकेश लामा    मिस्टर मंगले
हास्य-अभिनेता    शक्ति पण्डित    मिस्टर मंगले
खलनायक    सुशील क्षेत्री    विष
द्वन्द्व-निर्देशक    राजेन्द्र खड्गी    म तिमीविना मरिहाल्छु
नृत्य-निर्देशक    गोविन्द राई    गिरफ्तार
कथा    रामबहादुर नेपाली    सन्देश
पटकथा    ब्रजेश/विकास    म तिमीविना मरिहाल्छु
संवाद    युगेश रायमाझी    मिस्टर मंगले
नवनिर्देशक    विकास आचार्य    नसिव आफ्नो
चरित्र-अभिनेता    गणेश उप्रेती    मौसम
चरित्र-अभिनेत्री    मिथिला शर्मा    जय शिव शंकर
सहअभिनेता    दिवस उप्रेती    मिस्टर मंगले
सहअभिनेत्री    रेजिना उप्रेती    सन्देश
नवअभिनेता    जीवन लुइँटेल    नसिव आफ्नो
नवअभिनेत्री    शोभिता सिम्खडा    सन्देश
छायांकन    शम्भु सापकोटा    म तिमीविना मरिहाल्छु
सम्पादन    वनीष शाह    म तिमीविना मरिहाल्छु
अभिनेता    भुवन केसी    म तिमीविना मरिहाल्छु
अभिनेत्री    झरना थापा    म तिमीविना मरिहाल्छु
निर्देशक    किशोर राना    मिस्टर मंगले
फिल्म        म  तिमीविना मरिहाल्छु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: