तिमी मेरो नलेखिएको प्रेमपत्र

 

उसले सोध्यो, ‘खोइ त मेरो जवाफ ?’ ‘के चिठी नै दिनुपर्छ र ?’ रेखाले भनिन् । उसले त्यही जवाफलाई रेखाको अस्वीकृति मान्यो । भन्यो, ‘त्यसो भए मेरो चिठी फिर्ता देऊ ।’

प्रेमपत्रको शक्तिलाई सबभन्दा बढी प्रयोग गर्नेमा नेपोलियन बोनापार्ट अगाडि थिए । उनी युद्धभूमिबाट समेत आफ्नी प्रेमिकालाई पत्र लेख्थे ।

प्रेमपत्रको शक्तिमाथि अंग्रेजी कवि जोन डोनले भनेका छन्, ‘चुम्बनले भन्दा प्रेमपत्रले दुई आत्मालाई राम्ररी जोड्छ ।’

नेपाली सिनेमामा अहिले एकछत्र राज गरेकी अभिनेत्री रेखा थापालाई प्रेमपत्रले अर्काे आत्मा भेटाइदियो त ?

‘अँ भेटियो,’ उनले भनिन्, ‘तर पत्र पठाउने आत्माले नै मलाई बुझेन त्यो सुरु नहुँदै सकियो ।’

उनी त्यतिबेला विराटचोकको द राइजिङ बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्थिन् । त्यस्तै १३ वर्षकी हुँदी हुन् । रेखा स्कुल जाने र र्फकने समयमा स्कुलनजिकै एउटा केटो बाटो कुथ्र्याे । त्यो केटो अर्काे स्कुलमा कक्षा १० मा पढ्थ्यो । पि्रन्सिपलको छोरा थियो । विस्तारै उनलाई त्यो ‘बाटो कुराइ’ मन पर्न थाल्यो । ‘बाटोमा उसलाई देख्दा म बेलुका रातिसम्म खुसी हुन्थेँ, नदेख्दा के नपुगेजस्तो, मन खल्लो हुने भन्या,’ उनले आँखीभाँै तन्काउँदै भनिन् ।

एक वर्षसम्म यो बाटो कुराइ जारी रह्यो । ‘त्यो बेला असाध्यै रमाइलो लाग्थ्यो । उसको अगाडि देखिँदा म धेरै लजाउँथेँ । म त्यस्तो लजालु केटी होइन नि ! तर त्यस्तो हुँदोरै’छ,’ उनले सुनाइन्, ‘म ऐना पनि बढी हेर्न थालँे । राम्री त थिएँ नै झन् राम्री हुन मन लाग्ने ।’

त्यो केटो बाटोमा नभेटे स्कुलसम्म आउँथ्यो रेखालाई भेट्न ।

मन परेको मान्छे अगाडि आफ्नो बेइज्जत कसले देख्न सक्छ र ? एकदिन झन्डै त्यसो भएको । जाडो महिना थियो । त्यसैले चौरमा पढ्थे । गणित विषयको कक्षा । त्यसमा रेखा सबैभन्दा कमजोर । शिक्षकले ‘होमवर्क’ हेर्दै थिए । ठ्याक्कै ‘केटो’ गेटमा आइपुग्यो । ती शिक्षक होमवर्क नगर्नेलाई उभ्याएर कुट्थे । रेखालाई डर लाग्यो- उसको अगाडि कुटिनुपर्‍यो भने ?

‘त्यतिबेला मलाई मरिहाल्न पाएजस्तो भयो । थ्यांक गड ठ्याक्कै ‘बेल’ बज्यो । अनि म बाँचँे ।’

रेखाको एउटा ‘ग्याङ’ थियो । चारजना केटी एक केटासहितको । तिनै चारमध्ये एक केटी साथीमार्फत उसले एक/एक दिन चिठी दियो ।

चिठीको सुरुवात यस्तो थियो ः

समय ः राति १० बजे

स्थान ः घरको छत

मक्किएका पानामा ओसिएका हृदयबाट थकित स्मृतिका अधुरा आकृतिस्वरूप मेरा कल्पनाका महल नबने पनि म तिमीलाई मनैदेखि चाहन्छु ।………

यसपछि के थियो उनलाई याद छैन । ‘यो वाक्य म जिन्दगीभर बिर्सन्नँ होला,’ उनले केही सम्झेजस्तो भावमा भनिन् ।

त्यति मन पर्ने ‘केटो’का लागि कस्तो पत्र लेखिन् उनले ?

‘कहाँ पत्र लेख्न सक्नु नि ? प्रमाण दिएर प्रेम गर्न सक्ने हिम्मत हुँदैनथ्यो त्यतिबेला । मौन रहेर स्वीकृति दिएँ,’ उनले बाध्यता सुनाइन् ।

तर विडम्बना ! उनको स्वीकृतिलाई त्यो केटोले बुझेन । ‘मलाई मन नपरेको भए उससँग झगडा गर्थर्ें नि !’ उनले भनिन् । त्यसअघि कयाँै केटासँग बाझिसकेकी थिइन् उनी ।

चार दिनपछि त्यो केटा बाटोमा भेटियो । उसले सोध्यो, ‘खोइ त मेरो जवाफ ?’

‘के चिठी नै दिनुपर्छ र ?’ रेखाले भनिन् ।

उसले त्यही जवाफलाई रेखाको अस्वीकृति मान्यो । भन्यो, ‘त्यसो भए मेरो चिठी फिर्ता देऊ ।’

रेखालाई पश्चात्तापले जीउ सिरिंग भयो । ‘मनको कुरो नबुझ्नेले पनि के प्रेम गरेको ?’ उनी चुपचाप घरतिर लागिन् ।

‘मलाई त्यो चिठीको यति माया थियो । घरमा लुकाउने ठाउँ थिएन । ‘तरकारीबारीमा खनेर लुकाएकी थिएँ । गएँ । झिकँे । अनि त्यसलाई टुक्रा-टुक्रा बनाएर च्याँतँे,’ उनले पे्रमपत्रको अन्त्येष्टि यसरी गरिन् ।

त्यो दिन रिसले उनको अनुहार रातो भएको थियो, मनमा पीडा थियो, त्यसैले आँखामा आँसु थियो । त्यो नै उनको पहिलो प्रेम थियो ।

उनी घर पुगिन् । तरकारीबारीमा चिठी लुकाएकी थिइन् । ‘मनमा डर थियो कसैले देख्छ कि ?’ त्यसैले झिकिन् र च्यातिन् ।

‘मैले त्यसको सय टुक्राभन्दा बढी बनाएँ होला । त्यतिबेला मलाई उससँग अनौठो रिस थियो,’ उनले सुनाइन् ।

त्यसपछि त्यो केटो बाटोमा कुरिरहेको भेटिएन । ‘मैले उसलाई त्यसपछि आफ्नो कुरा भनिनँ । उसले पनि दोर्‍याएर सोधेन । हामीमा दुश्मनी बढ्यो । अहिले पि्रन्सिपल भएको छ रे,’ उनको अनुहारमा अनौठो खुसी देखियो, ‘म छविकी भैसकँे । पहिला उसले बुझेको भए । सायद त्यतै हुन्थेँ । नायिका रेखा थापा हराउँथी कि ?’

त्ियो उनलाई आएको पहिलो प्रेमपत्र भने थिएन । त्यसअधि नै धेरै पत्र आइसकेका थिए । उनी ११ वर्षकी थिइन्, पहिलो पत्र आउँदा । पत्र ल्याउने आफ्नै साथी थियो राजन । उसले कतिबेला ?… उनले चिठी खोलिन् । त्यसमा के लेखिएको थियो उनलाई अब याद छैन । प्रेमपत्र पाउँदा ठूली भएजस्तो लागेन उनलाई ?

‘त्यस्तो महसुस गर्नेबेला भइसकेको थिएन,’ उनले मुख खुम्च्याइन् ।

त्यसमाथि पत्र लेख्ने पात्र ‘खलनायक’ थियो गाउँको । ‘ग्याङ बनाएर हिँड्थ्यो । त्यसलाई सम्झँदा त अहिले पनि रिस उठ्छ,’ उनको अनुहारमा आक्रोश देखियो ।

त्यसको रिस उनले चिठी ल्याउने राजनमाथि पोखिन् । ‘हामी सँगै स्कुल जान्थ्याँै । तीन दिनसम्म रिसले एक्लै गएँ,’ रिसले एक्लाउने न हो ।

उनले त्यो ‘खलपात्र’लाई हकारिन् । अब स्कुलमा कुरा फैलियो- ‘उसले त रेखालाई चिठी लेखेछ ।’ पछि थाहा भयो, उसले रेखालाई चिठी पठाएर देखाउने बाजी राखेको रहेछ । बोहनी नै नराम्रो !

‘म त्यतिबेलै ‘पपुलर’ थिएँ । सबै, कहाँ-कहाँबाट मलाई मान्छे हेर्न आउँथे । कसको हिम्मत हुन्थ्यो र मलाई प्रस्ताव गर्ने, त्यो गुन्डाले चाहिँ गर्‍यो,’ उनले भनिन् ।

त्यसलगत्तै चिठीको ओइरो लाग्न थाल्यो रे । ‘सानो-सानो चिटका पत्र त कति आए कति । सब मसँग बोल्न डराउँथे, त्यसले गर्दा सबको हिम्मत बढ्यो नि !’

रिेखाको पाँचजनाको गु्रप थियो राजनसहित । स्कुलनजिकै कम्प्युटर सिकाउने ठाउँ थियो । कम्प्युटर सिकाउने एउटा केटो थियो । उसलाई चारैजना केटी ‘लाइन मार्थे ।’ रेखा आफ्ना उसको नाम जोडेर आफ्ना संगीलाई जिस्काउँथिन् । एक दिन त्यसले रेखालाई गिफ्ट दियो- ‘गिटार’

‘उसले मलाई अप्रत्यक्ष रूपमा प्रेम जनायो तर, मैले त्यसको कुनै रेस्पोन्स नै दिइनँ र हामी रमाइलोका लागि मात्र उसलाई जिस्काउँथ्याँै । म त्यस्तो गम्भीर थिइनँ ।’

इटहरीको एउटा केटा त उनको दिदीसँग हात माग्न आएको थियो । हेर्दा राम्रो पनि । उमेर अलि मिल्दैनथ्यो । त्यसैले दिदीले हुन्न भनिन् ।

रिेखालाई आजभोलि पनि पत्र आउँछन् । हेटौँडामा कक्षा ७ मा पढ्दै गरेको एउटा विद्यार्थी फ्यान छ । ऊ चिठीमा लेख्छ- ‘म तिमीलाई ठूलो भएपछि बिहे गर्छु ।’

केटा मात्रै होइन । समलिंगी महिलाले समेत उनलाई चिठी लेख्छन् । तीन/चार वर्षअगाडि रेखाको अनुहारको वर्णन गरेर पत्र हुलाकमार्फत आयो । ‘त्यस्तो वर्णन कुनै कविले पनि गर्न सक्दैन होला । त्यो केटी मेरै उमेरको जस्तो देखिन्थी,’ उनले भनिन् ।

‘एकपटक धरानमा सुटिङ भइरहेको थियो । एउटी केटी आएर उनको ओठमै चुम्ब्ान गरिदिई, मलाई दिनभर कस्तो भयो । म उनीहरूको भावनालाई सम्मान गर्छु । तेस्रोलिंगी, समलिंगी सबैको सम्मान गर्छु । तर, म त स्त्री हुँ नि ! ओठमै केटीले चुम्बन गर्दा कस्तो हुने रहेछ,’ उनले सम्भिmइन् ।

सिक्किमका एक वृद्ध रेखाका जबर्जस्त ‘फ्यान’ छन् । उनीे रेखाका लागि मन्दिर गएर प्रार्थना गर्छन् । यतिसम्म कि घरमै पनि पूजा लगाउँछन् रे ! ‘तिनी ५० वर्षका मात्रै भए मलाई उहिल्यै प्रस्ताव राखिसक्थे । उमेरको भयले मात्रै केही भन्दैनन् । व्यवहार असाध्यै माया गर्ने प्रेमीको जस्तो छ । उनका हरेक एसएमएसमा ‘आई लभ यू’ लेखिएको हुन्छ ।’

रिेखा भन्छिन्, ‘मलाई प्रेमपत्र सयाँैका संख्यामा आए । पत्र आएर खुसी लागेको त्यही एउटा थियो ।’ उनका साथीहरूले पत्र लेख्ने केटाहरूलाई भन्ािदिन्थे, ‘यो त घरबारे होइन । यसको पछि नलाग ।’

उनी भन्छिन्, ‘आजकल मानिस प्रेम गर्दैनन् सौदा गर्छन् । जहाँ बढी फाइदा छ, त्यहाँ कुदिहाल्ने । हाम्रा हजुरआमाहरू मागी-विवाहमा पनि कति खुसी थिए । अहिले प्रेम-विवाह दिनहुँ टुट्छन् । पैसा र पावर भए केटीलाई पुग्छ । केटालाई अनुहार भए हुन्छ ।’

अरूको प्रेमको यस्तो बखान गर्ने रेखा आफ्नै श्रीमान् छविलाई कति माया गर्छिन् ? ‘मैले प्रेम देखाउनै पाएको छैन । हामीले अभाव देख्नुपरेको छैन, दुःख देख्नुपरेको छैन । वास्तवमा मैले मेरो प्रेमको परीक्षा दिन पाएको छैन,’ उनले भनिन् । उनले अरू थपिन्, ‘छवि र मेरोबीचमा प्रेमपत्र नै आदान-प्रदान नभए पनि मनको भाव, चाह र सपनाको साटासाट भने भएको हो । र, भइरहेको पनि छ । त्यसैले ऊ नै मेरो नलेखिएको प्रेमपत्र हो ।’

अरूले दिएका प्रेमपत्रको चाङ लगाउने रेखाले आफँैले कतिलाई प्रेमपत्र लेखिन् नि ? ‘प्रेमपत्र नलेखेर किशोरावस्थामा जो मन पथ्र्याे, उसलाई मैले गुमाएँ । पछि छवि मेरो जीवनमा आयो । ऊ नै मेरा लागि सबथोक भयो,’ उनले भनिन्, ‘तर पनि प्रेमपत्र आदानप्रदान गरेर प्रेम गर्नेहरूप्रति मेरो सम्मान छ, सद्भाव छ ।’

फेरि, यो जुनीमा रेखाले कसैलाई लभलेटर लेख्लिन् कि नलेख्लिन् ! Sourse: Nayapatrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: