पूजना भलिउडमा

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ हाम्री कामुक नायिका पूजना प्रधानमा दुरुस्तै लागू हुन्छ । चलचित्रमा साइड डान्सर हुँदा  भविष्यमा चलचित्रकी नायिका हुन्छु भन्ने कुरा उनका लागि टाढाको घाम थियो । यो क्षेत्रमा लागेको एक दशक पनि नहुँदै उनी करियरको खुड्किलो उक्लँदै गइन् । र्‍याम्प  मोडलिङ, म्युजिक भिडियो, स्टेज कार्यक्रमबाट बामे सर्दै उनले बिस्तारै चलचित्रमा सहनायिका हुने अवसर पाइन् । त्यसपछि लोकदोहोरीकी सर्वाधिक व्यस्त मोडल भएकी  पूजना चलचित्रमा नायिकाका रुपमा पनि देखा परिरहिन् । रोजेजस्तो भूमिका छान्ने चक्करमा पूजना केही समय ता राजधानीको एउटा आश्रममा थर फेरेर पूजना स्त्री भै  आध्यात्ममा लीन हुन पुगेकी थिइन् । अनायास उनी बलिउड छिरेको खबर सुनियो । पूजना बलिउडका नायक गोविन्दाका भान्जा विनय आनन्दकी नायिका भएर भोजपुरी  चलचित्र ‘जवाँ जीगरवाले’मा अभिनय गरिरहेकी छिन् । पूजनाको फिगर पनि छ, जिगर -आँट) पनि छ । पुजनाको यो फड्कोले भलिउडमा के हुन्छ थाहा छैन, कलिउडमा  भने भलिउड -भोजपुरी चलचित्र उद्योग ) को सपना देख्नेहरूचाहिँ ईष्र्याले मर्ने भए । कान्तिपुर साप्ताहिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: