‘श्रीमतीलाई किस गरेर मात्र बाहिर निस्कन्छु’

हास्य कलाकारका रुपमा दर्शकमाझ अमिट छाप छोड्न सफल हरिवंश आचार्यसित यस पटक दसमा दस।

१. सबभन्दा मनपर्ने सेलिब्रेटी?
करिस्मा मानन्धर।

// //

२. साथमा कहिल्यै नछुट्ने दुई चिज?
श्रीमतीको फोटो।
कलम।

३. तपाईका तीन रहस्य?
राति बाथरुममा पनि निदाउँछु।
दही कहिल्यै खान्न।
श्रीमतीलाई किस गरेर मात्र बाहिर निस्कन्छु।

४. फुर्सद बिताउने चार तरिका?
सुत्ने।
कथा लेख्ने।
ससुराली जाने।
मःम पकाएर खाने।

५. कलाकार बन्न आवश्यक ५ गुण?
अनुहारमा सरस्वतीको बास।
नर्भस हुनुहुन्न।
पुरस्कार पाइनँ भनेर रुनु हुन्न।
जिस्क्याए भनेर रिसाउनु हुन्न।
पत्रिकामा जे लेखे पनि सहनुपर्छ।

६. मन परेका ६ नेता?
डा.रामवरण यादव।
प्रदिप ज्ञवाली।
डा.बाबुराम भट्टराई।
सुवास नेम्वाङ।
माधव नेपाल।
गगन थापा।

७. फिल्म क्षेत्रका सात विकृति?
विदेशी कथा चोर्ने।
करोडौंमा बनाको फिल्म बुढो हुँदासम्म चल्न नपाउने।
थोरै पारिश्रमिक पाए पनि फेसन धेरै गर्नुपर्ने।
वौद्धिक जमातको कमी।
एक अर्काको रिस।
सानो ठाउँमा ठुलो गुटवन्दी।
अल्कोहलको बढी खपत।

८. काठमाडौंका राम्रा लाग्ने आठ कुरा?
ठिक्क जाडो, ठिक्क गर्मी।
हिमाल देखिने।
मीठो पानी।
मठ-मन्दिर।
सहनसिल मान्छे।
गाउँ र शहरको मिश्रण।
आफ्नो घर।
संसार भरको मान्छे भेटिने।

९. केटीको मनपर्ने नौ गुण?
शिक्षित।
परिश्रमी।
सहनशील।
मीठो बोली
घर व्यवहार चलाउन सक्ने।
ममतामयी।
सन्तान जन्माउने।
कमाइ गर्ने।
आफन्तको ख्याल गर्ने।

१०. पैसा खर्च गर्ने दस तरिका?
क्यासिनो गएर हार्दै हिंड्ने।
जग्गा किन्ने।
गाडी फेरी फेरी चढ्ने।
फाइभ स्टार होटलमा पार्टी गरिरहने।
श्रीमतीलाई पार्टी पिच्छे दश हजार जाने साडी किनिदिने।
पाँच हजार जाने लिपस्टिक किनिदिने।
महँगो क्रिम पाउडर लगाउन प्रेरित गर्ने।
ब्लु लेबल, गोल्ड लेबल जस्ता महंगो रक्सी खाने।
औषधी गर्न बैंकक जाने।
एक किलो सुन लाएर हिंड्ने।
                                  नागरिक दैनिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: