युवतीसँगै भेटिए तपस्वी

बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका छन। बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा भेटेको थियो ।

‘बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,’ प्रहरी निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी भएको बताएको रावलले सुनाए ।

बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको जानकारी पनि रावलले दिए ।

गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोण गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए ।

पवन यादव /kantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: