टिनएजको यौन सम्बन्धले सर्भाइकल क्यान्सर

किशोरीहरू यौन सम्बन्धको मामिलामा सावधान हुनु आवश्यकता छ । एक नयाँ अनुसन्धानले  किशोरावस्थामा यौन सम्पर्क राख्दा गर्भासय मुखको क्यान्सर हुने जोखिम औंल्याएको छ । बि्रटिस अनुसन्धानकर्ताहरूले अध्ययनमा किशोर अवस्थामा यौन सम्पर्क राख्ने महिलामा ‘सर्वाइकल क्यान्सर’ को खतरा दुई गुणा बढी हुने पत्ता लगाएका छन् ।

बि्रटिस जर्नल अफ क्यान्सरको नयाँ अंकमा यो अनुसन्धान विवरण प्रकाशित छ । अध्ययन २० हजार महिलामा गरिएको थियो ।

अध्ययनअनुसार यसो हुनुमा महिलाहरूको पहिलोपटक आमा बन्ने उमेर पनि एउटा मुख्य कारक हो, तर धुम्रपान र यौन साथीको संख्याको भने योसँग कुनै सरोकार छैन । तर धेरै समयदेखि यो दुवैलाई समेत मुख्य कारण मानिँदै आएको थियो ।

अध्ययनअनुसार सर्वाइकल क्यान्सर ती महिलालाई हुने बढी जोखिम छ जसको पहिलो यौन सम्बन्ध २० वर्षको उमेरसम्म बनेको होस् । गरिब महिला औसत चार वर्षअघि नै यौनिक रूपमा बढी सक्रिय हुन्छन् । यसैकारण उनीहरूमा हृयुमेन पापिलोमा (एचपीवी) नामक भाइरस संक्रमण हुन्छ ।

यो भाइरस सर्वाइकल क्यान्सरका लागि जिम्मेवार मानिन्छ । अध्ययनले एचपीवी खोप लगाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

Kantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: