‘मह मिसाएर रम पिउँछु’

आर्यन सिग्देल, अभिनेता

१. शरीरलाई न्यानो बनाउन के पिउनुहुन्छ?
धेरैजसो समय सुटिङमा बित्छ। त्यहाँ चिसोको अनुभूति नै हुँदैन। अलि अलि चिसो लागे तातो पानी पिउँछु। साह्रै नै चिसोले सताए मह मिसाएर रम पिउँछु।

२. पढ्नुपर्‍यो भने कुन लेखकको कृति रोज्नुहुन्छ?
पढाइतिर ध्यान नै गएको छैन। त्यसैले यो पढ्न पाए हुने भन्ने छैन मलाई। 

३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
आफै धेरै ठाउँमा पुगेको छैन। अरूलाई कसरी सल्लाह दिनु? तैपनि पुगेको ठाउँमध्ये मलाई साह्रै मन परेको पोखरा हो। त्यहाँ भएभरका चिज छन्। त्यसैले जस्तोसुकै मान्छे पोखरा पुगे पनि उनीहरूले मनोरञ्जन लिन सक्छन्।

४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
म खेलको पनि त्यस्तो क्रेजी होइन। टेबलटेनिसमा भने रुचि थियो। सायद धेरै खेलेको खेल पनि यही नै होला। हेर्न चाहिँ क्रिकेट र फुटबल मजा लाग्छ।

५. सबैभन्दा मन पर्ने परिकार?
नेवारी सेट मलाई एकदमै मनपर्छ। धेरै थरी परिकारको स्वाद एउटै प्लेटमा पाइने भएकाले हो मलाई मन परेको। यी परिकार निकै स्वादिला हुन्छन्। फुर्सदमा नेवारी खानाको खोजी गर्दै विभिन्न रेस्टुरेन्ट पुगिन्छ। 

६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
आफैंले खेलेको फिल्म ‘मेरो एउटा साथी छ’को ‘नौलो छ…’ भन्ने गीत अहिले पनि मेरो मुखमा झुन्डिरहेको छ। म यो गीत सुन्दा निकै आनन्द मान्छु। यो गीतको स्वर, शब्द र संगीत निकै उत्कृष्ट लाग्छ।

७. टिभी कार्यक्रम कुन मन पर्छ?
टिभी हेर्न धेरै भ्याइँदैन। टिभीको अगाडि पर्दा पनि फिल्म धेरै हेर्छु। मलाई गीत र नृत्य सम्बन्धी ‘रियालिटी शो’मनपर्छ ।

८. धेरैजसो कुन वेबसाइट हेर्नुहुन्छ?
नेटमा बस्ने बानी नै छैन। फुर्सद पनि हुँदैन।

९. प्रायः कुन रङको लुगा लगाउनुहुन्छ?
ग्रे कलरको लुगा धेरै लगाउँछु। यो रङका लुगा लगाउँदा आफूलाई स्मार्ट भएजस्तो लाग्छ। देख्नेले पनि सुहाएको प्रतिक्रिया दिन्छन्।

१०. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
यो त साह्रै कठिन कुरा हो। काठमाडौंमा बस्न लायक कुनै ठाउँ छ जस्तो मलाई लाग्दैन। म त जताततै गज्याङगुजुङ मात्र देख्छु। 

११. काठमाडौंमा कुन सवारी साधनमा यात्रा गर्नुहुन्छ?
स्थिति हेरेर गाडी र बाइकको प्रयोग गर्छु। बिहानै छ र हतार छैन भने गाडी। अरुबेला त बाइक नै ठीक लाग्छ। टोयोटा कम्पनीको गाडी र अपाचे बाइक चढ्दैछु।

१२. शनिबारको बिदा कसरी बिताउनुहुन्छ?
बिदामा त सिधै फिल्म हेर्न गइन्छ। साथीहरूसँग फिल्म हेर्न जाँदा छुट्टी राम्रोसँग बितेको जस्तो लाग्छ मलाई।

नागरिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: