सञ्चार माध्यममा बाल विबाहका कुरा

सुर्खेतल जिल्लालाई सन २०१० भित्र बाल विबाहमूक्त जिल्ला बनाउने घोषणा गरिएको छ । सोही अनुसार सुर्खेतमा बाल विबाहको क्षेत्रमा क्रियाशिल आधादर्जनबढी संघ संस्थाहरु अभियान सफलता र नारालाई पूर्ण कार्यान्वयन गर्ने बाटोमा लागि परेका छन् । बाल विबाहमूक्त जिल्ला घोषणा गर्ने भनि बाल विबाह विरुद्धको अभियानको थालनी गरेपछि सुर्खेत जिल्लाका सम्पूर्ण सञ्चार माध्यामले आफ्नै समस्याको रुपमा लगाडि बढाईरहेका छन् ।
सञ्चार माध्याम भन्नुपर्दा जिल्लामा खरोविचार, दीगो विज्ञापन साप्ताहिक, दैनिक पत्रिकामा लोकमञ्च दैनिक, काँक्रेविहार दैनिक, नयाँ नेपाल दैनिक पत्रिका र एफ.एम. रेडियोहरु भेरी एफ.एम.,जागरण एफ.एम, सुर्खेत एफ.एम, बुलबुले एफ.एफ, हिमाल एफ.एम. र रेडियो नेपाल क्ष्ाेत्रीय प्रशारण केन्द्र सुर्खेतका सञ्चारमाध्याम हुन् ।
स्थानीय सञ्चार माध्याम देखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यामहरुले सुर्खेतको बाल बिबाह विरुद्धको अभियानमा सहयोग गरिरहेकै छन् । पहिलेको तुलनामा बाल विबाह विरुद्धको अभियानपछि यस विषयले सञ्चार माध्यामामा राम्रो उपस्थिती ल्याएको छ । बाल विबाह विरुद्धका अभियानमा सञ्चालित गतिविधी देखि जनचेतनामूलक शन्देस प्रबाहमा सञ्चार माध्यामले राम्रो प्रस्तुति गरिरहेको मैले पाएको छु । बाल विबाहलाई कानुनि रुपमा अमान्य भएपनि अभियान सञ्चालन भएपछि बाल विबाह केहि रोकिएका त छन्. र तथ्याड्ढ हेर्दा लाग्छ बाल विबाह घटेको होईन बढी रहेको अवस्था छ , बाल बिबाह विरुद्धको अभियान सञ्चालन गरेर जिल्लामा चर्चामा रहेका सामाजिक संघ संंस्थाको निरन्तरता कति हुने हो त्यो भने हेर्न बाँकि नै छ । सस्तो लोकपि्रयताका लागि कतै सामाजिक संघ संस्थाले सञ्चार माध्यामलाई बढी प्रयोग त गरिरहेका छैनन् । सम्पूर्ण सञ्चार माध्यामले विचारपुर्‍याउन जरुरी रहेको छ । अनि के सामाजिक संघ संस्थाका भनिएका क्रियाकला ग्रामिण स्तरमा कार्यान्वयन भएका छन् कि छैननन् यस विषयमा पनि सञ्चारकर्मीले विषेश ध्यानपुर्‍याउन जरुरी रहेको छ ।
केहि समय अघि जिल्ला बाल कल्याण समितिले एक हप्ते बाल विवाह विरुद्धको अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा सरकारी देखि गैरसरकारी संघ संस्थाका डोकमा बाल विबाह विरुद्धको सस्तो र लोकपि्रय नारा लेखिएको छ । के त्यो ठोकामा टाँसीएको नारालाई कार्यान्वयन भएको छ ? सरकारी तथा  गैरसरकारी संघ संस्थाका प्रमुख, कर्मचारी बाल बिबाह विरुद्धको अभियानमा जुटेकै हुन त ? कि त बजेट सिद्धाउनका लागि त्यो गरिएको हो ?
बाल विबाह विरुद्धको अभियानमा जुटेका संघ संस्थाले निकालेको तथ्याड्ढ अप्रयाप्त रहेको छ, ३० गाविसमा गरिएको सर्वेक्षण अनुसार अभियान सञ्चालन भएपछि १६ सय बढी बाल विबाह भएको तथ्याड्ढ रहेको छ । त्यसैगरी लेखफर्सा, गर्पन र छाप्रे गाविसलाई बालविबाह मुक्त गाविस त घोषणा गरिएको छ । घोषणा पछिको अवस्था हेर्न बाँकि नै रहेको छ । यदी संघ संस्थाको उत्प्रेरणामा गरिएको घोषणालाई स्थानीयबासीले आफ्नो समस्या र आफ्नै जिम्मेवारीका रुपमा लिएका छन् वा छैनन । त्यो स्वयं संस्थाको जिम्मेवारी हो ।
सञ्चारकर्मी पनि समाज परिर्वत र विकासको नयाँ अयाम अगाडि बढाउनका लागि संधै लागि परेका छन् । उनीहरुलाई न त  घाम न त प्यास  जुनसुकै समयमा पनि आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रहेका छन् । बाल विवाह मूक्त जिल्लाको अन्तिम बर्ष यहि हो सन २०१० अब हाल सम्मको नतिजा हेर्ने बेला भएको छ । यस अवस्थामा समाजिक संघ संस्थाले कसरी काम गर्ने त्यो यहि समायमा राम्रो योजना बन्न जरुरी रहेको छ । यदि सञ्चारमाध्यामलाई बढी भन्दाबढी प्रयोग गरेर काम गर्न सकेमा अझं राम्राे हुन्थ्यो । बाल विबाहविरुद्धमा आएका कुरामाथि अब अनुगमन हुन जरुरी रहेको छ । त्यसैगरी बाल विबाहका सम्बन्धमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यामको प्रोत्साहनका लागि सम्मान गर्ने अझ हौसला बढाउने क्रियाकलाप सञ्चालन गर्न मैेले जरुरी देखेको छु । सञ्चारकर्मीलाई प्रोत्साहन गर्न सकेमा अझ बाल विबाह विरुद्धका काम गर्न प्ररण होसला हुने मैले विश्वास लिएको छु ।
चाँहिदाको भाँडो नचाहिदाको ठाँडो सञ्चार माध्याम र सञ्चारकर्मीलाई नगराउन म संम्बन्धीत समाजिक संघ संस्थालाइर्ं यो सुझाव दिन चाहन्छु । बाल विबाह विरुद्धको अभियानको स्थलगत अनुगमन, सञ्चारकर्मीलाई स्थलगत भ्रमणको व्यवस्था समेत गर्न सकेमा वास्तविक र स्थानीय समस्याको उजागर हुन जरुरी रहेको छ । त्यसैगरी फिचर न्युजमा प्रंोत्साह सहयोग गर्न सकेमा  सञ्चारकर्मीले अझ दुःख गरेर वास्तविक समस्या र समाधानको निकास खोज्ने थिए मलाई लाग्छ ।
सामाजिक संघ संस्थाले जनचेतना पं्रबाहका लागि एफ.एम. रेडियो र आफ्ना दाता,  डोनरलाई खुशि पार्नका लागि पत्रिकाको प्रयोग गर्ने गरेको हामिले पाएका छौ । पत्रिकामा निश्किएका सकारात्मक कुरालाई काटि आफ.्नो अफीसमा राख्ने, दातालाई खुसि बनाउन पठाउने गरिन्छ । तर तीनै पत्रपत्रिकालाई कहिले काहि विज्ञापन दिने सवालमा होस वा अन्य सुविधान दिने सवालमा आफ्ना निकटका सञ्चार माध्यामलाई मात्रै दिने गरिएको छ । यो पक्ष सकारात्मक हो जस्तो मलाई लाग्दैन । दातालाई खुसि बनाउन, आफ्नो प्रचार प्रसार गर्नका लागि अधिक मात्रामा सम्पूर्ण सञ्चार माध्यामलाई प्रयोग गर्ने तर विज्ञापन दिने बेलामा तेरो र मेरो भनेर छेट्याउनु राम्रो पक्ष होईन, यदी इमान्दारीताका साथ सञ्चार माध्यामलाई सहि प्रयोग गर्ने हो भने बजेट भएको बेला सवैलाई बाँडेर दिउँन त भन्ने संस्कारको किन विकास नगर्ने ? आफ्नो जात किन देखाई हाल्ने यो मेरो तमाम सामाजिक संघ संस्थालाई खुल्ला प्रश्न ?
दीपक बुढा(पत्रकार ) लोकमञ्च दैनिक सुर्खेत, दृष्टि साप्ताहिक काठमाण्डौ, श्रम साप्ताहिक काठमाण्डौ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: