ठ्यासकुमारीको यो रुप

हास्य टेलिशृखला मेरी बास्सैमा निभाएको धुर्मुुसेको दिदी -निर्मली) को भूमिकाबाट चर्चामा आएकी निरू खड्का दर्शकमाझ आफ्नो नामले भन्दा बढी ‘ठ्यासकुमारी’ का रूपमा चिनिन्छिन् । मेरी बास्सैमा उनले जतिवेला पनि ठेंगा देखाउने भएकाले उनलाई ठ्यासकुमारी भन्ने गरिएको छ । तर, अब भने उनी आफ्नो फरक परिचय स्थापना गर्ने धुनमा छिन् । भन्छिन्, ‘नौवटै रसमा अभिनय गर्न चाहन्छु ।’
मेरी बास्सैमा निभाएको कमेडी चरित्रले गर्दा दर्शकले उनलाई कमेडी कलाकारकै रूपमा चिन्छन् । तर, उनी आफू सबै प्रकारको अभिनय गर्न खप्पिस भएको दाबी गर्छिन् । भन्छिन्, ‘मेरी बास्सैबाट कमेडी कलाकारका रूपमा चिनिए पनि म हरेक प्रकारका भूमिका गर्न सक्छु । गरेकी पनि छु ।’ थोरै भए पुगिसरी, तीतो सत्य, चाहना मनकोलगायतका दुई दर्जन टेलिशंृखलामा अभिनय गरिसकेकी निरू आफूले थुप्रै टेलिशंृखलामा सिरियस भूमिका निभाएको बताउँछिन् । भन्छिन्, ‘मैले रंगमञ्चबाट अभिनय-यात्रा सुरु गरेकी हुँ । पहिला स्टेजमा नाटकका साथै नृत्यसमेत गर्थें । सिरियलतिर लागे पनि त्यो रहर मरेको भने छैन ।’
कला सृजनाको क्षेत्र भएकाले यसका माध्यमबाट मान्छेमा मनोरञ्जनका साथै चेतनासमेत जागृत गराउन पाइने भएकाले ०५९ बाट अभिनय-यात्रा सुरु गरेको बताउँदै निरूले भनिन्, ‘जीवनपर्यन्त कलाकारिता गर्ने प्रण गरेकी छु । कुनै न कुनै रूपमा यही क्षेत्रमा संलग्न भइरहनेछु ।’ पत्रकारितामा डिप्लोमा अध्ययनरत निरू भविष्यमा चेतनामूलक टेलिशंृखला उत्पादन तथा निर्देशन गरी समाजमा जागरण ल्याउन पहल गर्ने बताउँछिन् । ‘नेपाली समाज अझसम्म पनि रूढिवादी परम्परामा अडिग छ । त्यसमा परिवर्तन ल्याउने खालका नाटक, टेलिफिल्म तथा फिल्म निर्माण गर्ने योजना बनाएकी छु,’ अभिनयसँगै समाजसेवामा समेत लागेको बताउँदै उनी भन्छिन्, ‘कलाकारिता र समाजसेवालाई समानान्तर रूपमा अघि बढाइरहेकी छु ।’
निरू आफूलाई नृत्यमा पारंगत ठान्छिन् । जस्तोसुकै नृत्यसमेत सहजताका साथ गर्नसक्ने जिकिर उनको छ । आफ्नो ‘पारंगत’ नृत्य प्रस्तुत गर्न थुप्रैपटक विदेश पुगिसकेकी उनी आफ्नै देश प्यारो मान्छिन् । भन्छिन्, ‘मलाई जहाँ गए पनि आफ्नै देश प्यारो छ । जे गर्छु, यहीँ गर्छु ।’ उनी बीचमा दुई वर्ष मेरी बास्सैमा देखिइनन् । कामका सिलसिलामा विदेश गएकी उनी सो शंृखलामा केही अघिदेखि पुनः देखापरेकी छिन् । ‘विदेश गए पनि दर्शकले मलाई भुलेका रहेनछन्,’ उनले भनिन्, ‘मेरी बास्सैमा पुनः र्फकंदा पनि दर्शकबाट उत्तिकै माया पाएकी छु ।’ दर्शकबाट पाएको मायाका कारण अब भने उनी लामो समय विदेश पलायन हुन सक्दिनन् रे । भन्छिन्, ‘कलाकारिताबाट कमाएको नाम र माया मेटाउन चाहन्नँ ।’
कलाकार ‘भर्सटाइल’ हुनुपर्ने मान्यता उनको पनि रहेछ । हालै खिचाएका ग्ल्यामरस पोजका आफ्ना फोटा देखाउँदै उनले भनिन्, ‘सधैँ एकै प्रकारको डे्रसअप, अभिनयले मोनोटोनस हुने भएकाले ग्ल्यामरस डे्रसमा फोटोसेसन गरेकी छु ।’ अब आफू अभिनयमा जमेर लाग्न चाहेको बताउँदै उनले भनिन्, ‘ग्ल्यामरस, गाउँले, कमेडी सबै चरित्रमा अभिनय गर्न चाहन्छु । त्यसका लागि आफूलाई तयार पनि गरेकी छु ।’
नेपाली फिल्म क्षेत्रमा विकृति हाबी हुँदै गइरहनुले कला क्षेत्रमा लाग्नेलाई हेर्ने नजर अझ नकारात्मक बन्दै गएकामा भने उनमा चिन्ता थपिएको रहेछ । भनिन्, ‘यस क्षेत्रमा लाग्नेलाई अझै पनि पूर्ण रूपले सकारात्मक दृष्टिले हेरिँदैन । फिल्मकर्मीका बारेमा दिनुहुँजसो नयाँ-नयाँ स्क्यान्डल सार्वजनिक भइरहेका छन् । यसले गर्दा सही ढंगमा काम गर्नेहरू पनि एउटै घानमा परेका छन् । यो ठीक होइन ।’ फिल्म क्षेत्र ओरालो लाग्नुमा यी पनि कारक तत्त्व भएको ठम्याइ उनको छ । नयाँ पत्रिका

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: