अब तीन हजार ३३ वर्षपछि मात्र

सन २०१० १५ जनवरी, १ माघ २०६६ शुक्रबार खण्डग्रास सूर्यग्रहण नेपालमा १२:२४ बजे महेन्द्रनगरबाट प्रारम्भ भई ३:४२ बजे समाप्त भएको छ। चन्द्रमाले पृथ्वीलाई दीर्घवृताकार कक्षमा नियमितरूपले परिक्रमा गर्दै जाने क्रममा शुक्रबार सो समयमा सूर्य, चन्द्रमा र पृथ्वी एउटै सिधा रेखामा परी सूर्यको केही भाग चन्द्रमाले छेकिदिने अवस्थालाई सूर्य ग्रहण भन्ने गरिएको हो ।
सूर्यग्रहणको समयमा पराबैजनीनामक विकिरण सक्रिय रहने भएकाले नाङ्गो आँखाले  ग्रहण हेर्न नहुने बैज्ञानिकहरूको धारणा छ ।
ग्रहणको समयमा सक्रिय रहने बिकिरणको असरबाट बच्न त्यस सयम खानपानसमेत बार्ने परम्परा रही आएको छ ।
ग्रहण लाग्ने र छोड्ने समयमा नदी, तलाउ, खोला, धारा तथा कुवामा गई नुहाउने पनि धार्मिक मान्यता छ ।
मेष, सिंह, वृश्चिक र मीन राशि भएका व्यक्तिहरूका लागि सो ग्रहण फलदायी हुने पञ्चाङ्गमा उल्लेख छ ।

सूर्य ग्रहणबारे जानकारी
शुक्रबार मध्यान्हदेखि हातको बालाजस्तो आकारमा देखिने खण्डग्रास सूर्य ग्रहण तेस्रो सहस्राब्दीकै सबैभन्दा लामो भएको बताइएको छ। तीनघण्टा १७ मिनेटसम्म लागेको सो ग्रहण अव तीन हजार ३३ वर्षपछि मात्र देख्न सकिने बाल्मीकि विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले जानकारी दिएको छ।
अफ्रीकाबाट सुरु भई कङ्गो, युगाण्डा, केन्या, सोमालिया र दक्षिण भारतमा बलय अर्थात बालाजस्तो आकारमा करिव ११ मिनेट आठ सेकेण्डसम्म ग्रहण देखिने उक्त विद्यापीठका उपप्राध्यापक जयन्त आचार्यले जानकारी दिनुभयो ।
नेपालमा भने १२:२४ बजे महेन्द्रनगरबाट प्रारम्भ भई ३:४२ बजे इलाममा पुगी समाप्त हुने सो ग्रहणले काठमाडौबाट ५९ प्रतिशत र इलामबाट ६४ प्रतिशतसम्म सूर्यलाई  ढाकेको देखिएको थियो।
सोही विद्यापीठका अर्का उप्राध्यापक शिवराज सुवेदीले एकै महिनामा दुईबटा ग्रहण लाग्नु राष्ट्रका लागि लाभदायी नहुने तर्क गर्दै यसले शासक वर्गमा आन्तरिक द्वन्द्व बढन सक्ने आशङ्का व्यक्त गर्नुुभयो ।
एकै महिनामा दुई वटा ग्रहण परेको अवस्थामा खग्रास ग्रहणले छ महिना अघि-पछि र खण्डग्रास ग्रहण परेको अवस्थामा भने तीन महिना अघि-पछिसम्म यस्तो असर रहने उहाँले जोड दिनुभयो ।
यस अघि यही पुस १५ गते खण्डग्रास चन्द्र ग्रहण लागेको थियो भने गत साउन ७ गते खग्रास सूर्यग्रहण लागेको थियो ।
उक्त विद्यापीठले आफ्नो प्राङ्गणमा सर्वसाधारणलाइ आज सूर्यग्रहण अवलोकन गर्नका लागि दुईबटा टेलिस्कोपको साथै विशेष प्रकारको चस्माको पनि व्यवस्था गरेको छ ।

विश्वका विभिन्न देशहरुबाट देखिएको खण्डग्रास सूर्यग्रहण ।

Leave a comment