टिक्नैका लागि अंग प्रदर्शन

चलचित्र क्षेत्रमा टिक्न छ भने नायिकाहरू ग्ल्यामर्स हुनुपर्छ । उत्तेजक हाउभाउ र कामुक छवि भएन भने नायिकाहरू पलायन हुनु पर्ने स्थिति छ । अभिनय क्षमताले मात्र चलचित्र क्षेत्रमा स्थापित हुन निकै गाह्रो छ । त्यसैले परम्परागत अवधारणालाई बदल्दै बदलिँदो परिवेश र दर्शकको चाहनाबमोजिम नायिकाहरुले आफुलाई ‘नङ्गयाउँदै’ आएका छन् ।

चाहे हलिउड होस या बलिउड अंगप्रदर्शन पहिलो सर्त बनिसकेको छ । हलिउडका स्टार एन्जेलिना जोली होस या जुलिया रोवटर्स सबैले आफ्नो कामुकता दर्शकसामु पस्कि सकेका छन । बलिउडका स्थापित नायिकाहरू प्रियंका चोपडा, करिना कपुर, कैटरिना कैफ सबै नायिकाहरूलाई चुम्बन र उत्तेजक दृश्य दिनु सामान्य भईसकेको छ । यी सबै नायिकाहरू बीच को बढी कामुक भन्ने प्रतिस्पर्धा नै चलेको छ । कुनै समय यस्तो थियो, जब नायिकाको शरीरको कुनै पनि भाग देखिँदैन थियो । उनीहरूको सम्पूर्ण भाग पहिरनले छोपिएको हुन्थ्यो । चुम्बन र ‘वेडसिन’ दिने कुरा त कल्पना समेत गरिन्थ्यो । बदलिँदो परिवेशसँगै नायिकाहरू ‘टु पीस’, ‘टंङ्ग किस’ र ‘वेडसीन’ दिन समेत तयार भई सकेका छन् । निर्माता, निर्देशकलाई रिझाएर जति सक्दो छोटो पहिरनमा देखिन उनीहरू सदैव आतुर देखिन्छन् । नेपालको पहिलो चलचित्र ‘हरिशचन्द्र’मा नायिकाको भूमिकामा कुनै पनि महिलाले अभिनय गर्न नमाने पछि अझ पुरुषले नै त्यस्तो भूमिका निर्वाह गरेका थिए ।

यो स्थितिबाट गुज्रिएको नेपाली सिने क्षेत्र अहिले ‘ग्ल्यामर्स’ बनिसकेको छ । ‘मिनीस्कर्ट’ र अंगप्रदर्शन नायिकाहरूको चाहना र चर्चाको माध्यम बनेको छ । कोही निर्माता, निर्देशकको आदेशअनुसार नाङ्गिन्छन् भने कोही चर्चा पाउन स्वयं नाङ्गिन्छन् । कोही भने चलचित्र असफल बन्दै गएपछि आफूलाई नङ्ग्याउँछन् ।

करिब चार वर्षअघि प्रदर्शित चलचित्र ‘हंगामा’मा नायिका रेजिना उप्रेतीले नदी किनारा बसेर शरीरको पछाडिको सम्पूर्ण भाग देखाएकी थिइन । चलचित्रहरू लगातार असफल बन्दै गएपछि चेतना टेलिश्रृंखलाकी यी कुर्ता सुरुवाल नायिकाले आफू चर्चामा आउनकै लागि नाङ्गएको बताएकी थिइन । अंगप्रर्दशनको मामिलामा निकै उदार मानिने रेजिना ‘कानुन’, ‘राजुराजाराम’मा मात्र होइन उपत्यकाबाहिर अहिले प्रदर्शन भइरहेको चलचित्र ‘अर्जुनदेव’मा पनि निकै कामुक रूपमा प्रस्तुत भएकी छन् । उनी निकटका एक निर्देशक भन्छन, रेजिना पर्दामा जति कामुक छन्, वास्तविक जीवन त्यो भन्दा बढी नै । उनी चलचित्र चिनोमा पनि निकै कामुक रूपमा देखिँदै छिन् ।

Rejina
एक नव नायिकाले अन्य नायिकाहरूलाई चुनौती दिदै भनिन्, निर्देशकहरुले नाङ्गो होऊ भनेर कसैलाई भन्दैनन्, तर नायिकाहरू नै निर्माता, निर्देशकलाई रिझाउन आफै नाङ्गिन्छन् । नायिकाहरू जति छोटा पहिरन लगाउँछन्, उनीहरूको कामुकताको पारो उति नै बढी हुन्छ । मिस नेपालको सहभागी भएर चलचित्र हिरोबाट सिने क्षेत्रमा प्रवेश गरेकी नायिका रेखा थापाको कामुकताको पारो अहिले उचाइमा छ ।

चलचित्र हिरो मार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला हालेकी रेखाले त्यस यता कहिले पछि फर्कनु परेको छैन । छोटो पहिरन, उत्तेजक दृश्य र निर्देशकको चाहनाबमोजिम बोल्ड दृश्य दिने रेखाले अहिले आफूलाई नम्बर वान कामुक नायिकाको रूपमा उभ्याएकी छन् । निर्माता श्रीमान छवि ओझाको सहयोगले मात्र होइन, आफ्नै कामुक छविका कारण उनले छोटो समयमा धेरै चलचित्रमा अभिनय गर्ने अवसर पनि पाइन् । यही छविका कारण उनको पारिश्रमिक पनि अलि बेसी नै छ । उनले आफ्नै लगानीमा ‘हिम्मत’, ‘किस्मत’ र ‘कसले चोर्यो मन’ निर्माण गरी सकेकी छन् भने ‘हिफाजत’ छायांकनको क्रममा छ । उनी प्राय चलचित्रमा छोटा पहिरनमा नै देखिन्छिन् । उनी भन्छिन्, छोटा पहिरन लगाउँदैमा अश्लील के छ र, म त ५० वर्षकी हुँदासम्म मिनीस्कर्टस् नै लगाउँछु ।

नायिका ऋचा घिमिरे र अरुणीमा लम्साल पनि रेखालाई पछ्याउने क्रममा छन् । काली बर्णकी ऋचा नायिकाको रुपमा पर्दामा आएको धेरै भएको छैन, तर चलचित्रमा अभिनयको अवसर भने धमाधम पाइरहेकी छन् । निर्देशकको मागभन्दा बढी अङ्ग प्रदर्शन गरि दिने ऋचा कथाले मागे जस्तोसुकै दृश्य दिन पछि नपर्ने बताउँछिन् । त्यसैले होला उनी हरेक निर्माता, निर्देशकको आँखाको नानी बनेकी छिन । चलचित्र ‘र्फज’, ‘आँधी तुफान’, ‘विष’मा निकै कामुक रूपमा देखिएकी ऋचाले आफ्नै लगानीमा चलचित्र ‘तुलसी’ पनि निर्माण गर्दै छिन । अङ्ग प्रदर्शन गर्न जति सिपालु भइयो, त्यति नै बढी चलचित्रको ओइरो लाग्ने कुरालाई ऋचाले सही साबित गरेकी छन् ।
नायक निखिल उप्रेतीसँग साप्ताहिक पत्रिकाका लागि कामोतेजक तस्विर खिचाएर विवादास्पद बनेकी अरुणिमा चलचित्र धड्कनमा निकै ‘बोल्ड’ रुपमा प्रस्तुत भएकी थिइन् । उनलाई यस्ता दृश्य दिन कुनै आपत्ति छैन रे ।
ग्ल्यामर्स क्षेत्र भएकोले छोटो पहिरनमा देखिनु सामान्य ठान्छिन् अरुणिमा । चलचित्र ‘दीपशिखा’मा पनि उनी कामुक रूपमा नै देखिँदै छन् ।
हालै प्रदर्शन भएको चलचित्र ‘द युगदेखि युग’सम्म ‘टंङ्ग किस’का कारण विशेष चर्चामा रह्यो । नेपाली चलचित्रका महा नायक राजेश हमाल फरक गेटअपमा देखिएको यो चलचित्रमा हमाल र नायिका नन्दिता के.सी.बीचका ‘टंङ्ग किस’ दृश्यले सनसनी मच्चाएको थियो । सो चलचित्रले हमाललाई त केही गरेन तर खासै चर्चा नपाएकी नन्दिताको सफलताको बाटो भने खोली दियो । पूर्व मिस नेपाल तथा नायिका झरना वज्राचार्यलाई चलचित्र ‘लव इन नेपाल’मा हेरेका दर्शकले ओठ नै टोकेका थिए । भारतीय गायक सोनु निगम नायक रहेको त्यो चलचित्रमा झरना ‘कतरा कतरा..’ गीतमा निक्कै खतरा देखिएकी थिइन् । उनी अहिले चलचित्रभन्दा म्युजिक भिडियोमा बढी देखिने गरेकी छन् ।

यसैगरी चलचित्र ‘विजय पराजय’मा सरोज खनालसँग ‘बेड सिन’ दिएकी रूपा रानालाई पनि धेरैले कामुक नायिकाको रूपमा चिन्छन् । आर्थिक अवस्था सुर्धान जापान भासिएकी रूपा अहिले नेपालमै छन् । कामुकता पस्कने मामिलामा सारङ्गा श्रेष्ठ, सीता गुरुङ्ग, पूजा चन्द पनि अगाडि थिए । यसैगरी करिश्मा मानन्धर, कृष्टी मैनाली र विना बुढाथोकीले पनि आफूलाई अभिनय र कामुकता दुवैमा सबल बनाएका थिए ।

अहिले स्थापित नायिकाको तुलनामा नवनायिकाहरु अंगप्रर्दशनको मामिला अलि खुला छन । नायिका सोनिया के.सी, जानु के.सी, युना उप्रेती, रञ्जना शर्मा, पूजा लामा जस्ता नायिकाहरू चलचित्रमा जस्तोसुकै दृश्य दिन पनि तयार भएर बसेका छन् । समय अनुसार चल्न नसक्दा निरुता सिंह पाखा लागिन भने संचिता लुइँटेलले आफूलाई ग्ल्यामर्स भूमिकामा ढाल्न थालेकी छन् ।

Rekha Thapa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: