त्रासदिय बैदेशिक रोजगार

देशमा बड्दै गई रहेको स्वार्थ पूर्ण राजनितीको फोहोरि खेलले गर्दा विदेशिनु बाध्य भएका बेरोजगारि नेपाली युवाहरुको रोजगारको सपना साकार पार्ने अन्तिम थलो विदेश पलाएन हो भनेर नकार्न सकिदैन । जिवनको अनगिन्ति सपनाहरु सजाएर अगि बढेका युवाहरुको जमातमा आफ्नो गन्तव्यको कुनै टुङ्गो नहुने भएकोले गर्दा आफ्नो मातृभुमीलाई चटक्क छाडेर विदेशिको गुलाम बन्न बाध्य हुनु सिवाय कुनै अर्को उपाय छैन । देशमा नेता भनाउदाहरुले युवा वर्गलाई आफ्नो सुरक्षा कवजको रुपमा मात्र प्रयोग गर्दै आई रहेका छन् । विभिन्न आशा र भरोसालाई साथमा लिएर कयौ युवाहरु नेताहरुको लहै लहैमा लागेर आफ्नो जिउ ज्यानको बाजि लगाएर एकले अर्कालाई निसाना बनाउन पछि परेका छैनन् । अवसरवादिहरुको अगाडि कस्को के लाग्छ र आफनो पहरेदार बनेर काम गरुन्जेल मेरो भनेर काखि चेप्ने गर्छन जव आफनो स्व्ाार्थ पुर्तिबाट तृप्त हुन्छन् अनि ति युवाहरु घाडो भएर आउछ । अनि आफनो छत्रछायाबाट पन्छाउने तरखरमा लाग्दछन् । यस्ता अवसरबादको दाउमा नाच्न जान्नेहरुको लागी निमुखा बेरोजगारि युवाको मनमा प्रतिकार गर्ने न त कुनै आट र सार्मथ्य हुन्छ । आखिर नेपाली हु भन्ने आत्मग्लानी आफैमा पलाउन थाल्दछ र निरास भएर पलायन हुने सोचमा लाग्न बाध्य हुन जान्छ । हिजो आफैले भन्ने गरेको के हामीले देशमा केहि उव्जाउन सकिदैन भनेर चर्को आवाजमा निस्कने ति स्वारहरु पछि गएर बाध्यता र आफुमा आएको गहन जिम्मेवारिताको अगाडि झुक्नु पर्ने परिस्थितीले गाज्न थाल्दछ । अनि ति जिम्मेवारि पुरा गर्नको लागी केवल भाषणको खेतिले मात्र हुने वाला छैन भन्ने सोचले गर्दा आफुमा आत्मग्लानीको बोज थाम्दै विवस भएर बैदेशिक रोजगारको खोजिमा भौतारिन थाल्दछ । दलालको परिपञ्जामा पर्न बाध्य हुनु सिवाय अरु उपाए केहि हुदैन । आफु माथि थपिदै आएको जिम्मेवारिको भारि दिना दिन थपिदै आई रहन्छ तर समाधानको कुनै उपायको बाटो पहिल्याउन असमर्थ भए पछि जिवनमा निरासै निरासाको भारि बोकेर विदेशिको गुलामी बन्न तयार भएर विदेश पलाएन हुन्छन् ।
 मोटो आम्दानीको भण्डारन गर्न सकिन्छ भन्ने सम्झेर पलायन भएका युवाहरुमा केहि हदसम्म त नगन्य मात्राले आफनो जिवनलाई खुशियाली छाउन सफल भएका छन् । तर नगन्ने मात्राले गरेको प्रगतिलाई हेरेर सबै बैदेशिक रोजगारमा पलायन भएकाहरुलाई सफल भएको भन्न पनि कथा सरह हुन जान्छ । विदेशि भुमीमा आफुलाई असुरक्षित बनाएर आफनो पसिना बगाउदा पनि परिश्रमको फल पाउन नसकेकाहरुको हामीसँग प्रसस्त उदाहरणहरु छन् । बेरोजगारको चपेटामा चेप्टिएर थिलो भएका मनहरु अन्तिम गन्तव्यको अन्तरालमा पनि असईय भएर आत्माग्लानीमा समय विताउनु पर्दा जिवनमा सजिब प्राणिको सँज्ञा दिएर वाच्नु व्यार्थ सम्झी विभिन्न किसिमको हावादारि अन्तरघातका तिता आश्वासनमा चुर्लुम्व डुबेर बस्नु सिमाय अरु उपाय केहि पाएका छैन । त्यस पछि त कुबाटोको सँगततिर लम्किन थाल्दछन ति ईमान्दार मनहरुबाट असोचनिय कदमहरुको उत्पति हुन थाल्दछन् । एकले अर्कालाई डाहा र ईष्र्याको भावनाले हेर्न थाल्ने, सँगैको सहपाठिलाई आफनो निसानाबाजिमा गन्ने गर्दछन् त भने कोहिले आफु भित्र भएको आत्मग्लानीलाई सिरोधार्य गर्न नसकेर आफुले आफुलाई विर्सजन गर्नसम्म पछि परेका छैन् । विदेशि भुमीमा आएर पनि असहय दुखहरुको झमेलामा फस्दाखेरि आफुले आफुलाई नै विर्सने परिस्थितीहरुको सृजना हुन जादो रहेछ । असोचनिय कल्पनाहरुमा डुबेर विदेशि भुमीमा रमाउन सफल भएको मन एका एक प्रलयविहिन दुर्घटनाहरुको सामना गर्नु पर्दा कस्ालाई त्रासदिय समयले धकेल्दैन होला । हामी नेपालीहरुमा एउटै कुराको कमी भएको महसुस गर्दछु त्यो हो अहम्ताको पर्खाल । एकले अर्कालाई नमान्नु र एकले अर्काको कुरालाई ध्यानमा नलिनु नै हामीमा भएको बÝयौली पनको पहिलो परिचय हो कि भनेर भन्दछु । कि न की हामी मध्यबाट नै केहि बाटा टाठा साथि भाईहरुबाट नै एकले अर्कालाई मिचाहा र हेपाहा प्रवृद्धिको व्याबहार सृर्जना गरि रहेको हुन्छ । प्रदेशि भुमीमा कसरि सुखमय दिनहरु बिताउउने उपाएको खोजी तिर नलागी कसरि एकले अर्कालाई तल झार्ने र आफनो अन्डरमा हैकम चलाउन पाउने भन्ने अग्घोरि प्रबृद्धिको भावनाले गाजेको हुन्छ । धेरै साथि भाईको जमात बटुलेर नेता प्रबृद्धिको भावनामा साथि भाई समक्ष बानवटि भावना साटेर आफनै साथि भाईबाट आफुले मोज गर्न पल्केका जमातको पनि कमि भएको पाईदैन । भाषणको खेति गर्न तिर लागेर एक अर्कामा फुट र लुटको बहुलठ्ठपिनको हावी सृर्जना गरेर सँघ सस्थाको गठन गरि एकले अर्कालाई ठग्ने कामहरु हामीले छर्लङ्ग देखि रहेका छौ । अनि भन्ने गर्दछन् पलाना दिन हाम्रा नेता आउदैछ जसरि भए पनि सामेल हुनु पर्छ भनेर आफनो कार्यलाई बन्द गरि नेताको स्वागत् गर्न तिर व्यास्त भएर रमाउन थाल्दछन् । हुन त एक भएर गोलबन्दमा लाग्नुलाई त कुबाटो भनेर भनिदैन तर पनि आजसम्म विदेशी भुमीमा आफ्नो पसिना बगाएर पठाएको रेमिटान्सको सहि ठाउँमा सदुपयोग हुन नसक्नु, गैर नागरिकको नाताले राज्यले कहिले पनि सम्मान नगर्नु, परदेशमा भई परि आएको बेला राज्यबाट कुनै किसिमको सहयोग नपाउनु अनि के को लागी पार्टिको नाममा तिलान्जलि लगाएर म फलानो पार्टि त फलानो पार्टि भनेर कुर्लनु अर्थ के हो त ? के सधै भरि नेता भनाउदाहरुको पछाडि लागेर हिड्ने प्रबृद्धि नत्याग्नु नै हामीमा भएको नेपाली पन हो त ? प्रदेशमा विभिन्न तौर तरिकाबाट नेपालीले नेपालीलाई लुट्ने प्रवृद्धि झन झन बढ्दै आई रहेको छ र विदेशिबाट दिन डाहाडै नेपालीहरुको हत्या भई राखेको छ । त्यति सम्म नभएर हिजो आज बिदेशमा नेपालीलाई झुÝो मुद्दामा फसाएर मृत्युदण्डसम्मको सजाय दिने गर्न थाली सकेको छ खै त्यो कुरामा सरकारबाट कहिले खोज भएको छ । देशका नेता भनाउदाहरुले किन , कसरि हुन गई रहेको छ त्यस्ता कृयाकलाप भनेर नेपाल सरकारको मातहतमा कहिले बुझने गरेका छन् । दिन दुखीको समस्यालाई लिएर राजदुताबासमा जाँदा हामीलाई तिमीहरुको गुनासो सुन्ने फुर्सद छैन भनेर पन्छिन खोज्नु जनताको सेवाको लागी भनेर सरकारी नून खाएर बसेकाहरुले आफु खुशि राज गर्ने प्रबृद्धिको हैकमी शासन लादेर हप्कि खानु यस्ता धेरै गुनासाहरु अझै पनि आफु भित्रै गुम्स्याएर बस्न बाध्य भएर विदेशिएका नेपालीले भोग्नु परि राखेको छ । तर पनि हामीलाई कहिले पनि गोलबन्द भएर आफनो हक हितको नारालाइ अगाडि बढाउन सकि रहेका छैनौ । हामीबाट गएको रेमिटान्सको ५ प्रतिशत मात्र भए पनि बिदेशिएकाको नाममा विमा भनेर छुट्याई दिए मात्र विदेशमा विभिन्न किसिमबाट दुर्घटनामा परेर विच्चली भएकाहरुको केहि हदसम्म नैसर्गिक अधिकारको रक्षा हुने थियो भन्ने लाग्दछ । त्यसैको लागी अब बन्ने नयाँ सविधानमा बैदेसिक नितीमा विषेस कानुनको तर्जमा गर्नको लागी हामी सबैको एक मतको जरुरत छ भन्ने मेरो अनुरोध हो ।
लेखक विजयकुमार श्रेष्ठ, धादिङ्ग हाल बलाद,ईराक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: