दोहोरी गायिका सेक्सी आइटम डान्समा

चिसो बिहानीमा तालको किनारमा बसेर टेक लिइरहेका नृत्यनिर्देशक बिक निशाको आइटम दृश्यबाट तातिने प्रयास गर्दै थिए। शोभितले पक्क परेर हेरेकाले आफूलाई लाज लागेको भन्दै निशाले आपत्ति जनाएपछि शोभित ओझेलमा परे। त्यसपछि फेरि सुरु भयो निशाको आइटम पोज।

फिल्ममा खलनायक बनेका शिव श्रेष्ठले निशालाई देखेपछि ‘टेन्सन’ हुन थालेको कथावस्तुमा यो आइटम गीत राखिएको निर्देशक शोभितले बताए। कथाअनुसार फिल्ममा शिव श्रेष्ठ भाडामा चल्ने भयंकर बलिया र खुंखार खलपात्र हुन्। अत्यन्त शक्तिशाली हुनुपर्ने, हाउभाउमा नायकत्व देखिनुपर्ने र कमेडी गर्न पनि जान्नुपर्ने खलपात्रको भूमिका भएकाले शिवलाई लिइएको शोभितले बताए। ‘फिल्ममा खलपात्र शिवको ‘इन्ट्री’ यही गीतबाट हुन्छ,’ उनले भने।

गजेन्द्र रञ्जितको शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शम्भुजीत र राम श्रेष्ठको स्वर रहेको उक्त गीतलाई पुरै दुई दिन लगाएर फेवातालमा सुटिङ गरिएको छ।

लोकप्रिय लोकगायिका निशा फिल्ममा आफूले दिएको आइटम दृश्यले करियरमा कुनै असर नगर्ने बताउँछिन्। फेवातालको बीचमा डुंगामाथि आफ्नो वक्ष र नितम्ब हल्लाइरहेकी निशाले आफू आवश्यक परे अझै ‘एक्सपोज्ड’ हुन तयार रहेको समेत बताइन्।

‘यसअघि पनि विभिन्न गीतमा आइटम नृत्य गरिसकेकी छु,’ उनले भनिन्, ‘फिल्ममा यो पहिलो हो। अझ यहाँभन्दा पनि आइटम दृश्य दिन पनि मलाई आपत्ति छैन।’

उनले आफ्नै रिमिक्स एल्बम ‘निशा’को ‘तिम्रो मन त चक्कु छुरी’ बोलको गीतमा हिरो दिलिप रायमाझीसँग यस्तै आइटम नृत्य गरेको र त्यसैबाट प्रभावित भएर शोभितले आफूलाई ‘अफर’ गरेको बताइन्।

उनले यस्ता दृश्यका लागि नाच्दा आफ्ना पति पवनसँग अनुमति लिएको कुरा खुलाइन्। व्यापारी पति अहिले कतारमा गएका बेला आफू सुटिङ आएको बताउने निशाले यसपछि आफ्नो नियमित विधा लोकगीतमा फर्कने बताइन्।

‘पानमा पराग छ’, ‘यतै दिल गाँसे हुन्न र’, ‘नभन मायाले’ र रिमिक्स ‘निशा’ एल्बम बजारमा ल्याइसकेकी उनले आफू छिट्टै अर्को लोकगीतको एल्बम निकाल्ने तयारीमा रहेको बताइन्।

लोक गायिका निशा सुनार ‘आइटम गर्ल’का रूपमा फिल्ममा देखिने भएकी छिन्। शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘राज’मा निशाको ‘आइटम डान्स’मा दोब्बर उमेरका कलाकार शिव श्रेष्ठले साथ दिएका छन्।

‘घरमा हेर्‍यो घरमै टेन्सन बाहिर हेर्‍यो बाहिरै टेन्सन’ बोलको गीतमा निशाले फिल्मका मुख्य खलनायक शिव श्रेष्ठसँग आइटम नृत्य गरेकी हुन्। माघको ठन्डीमा बिहानै छोटा र पारदर्शी कपडा लगाएर आइटम नृत्यका लागि तयार भएकी निशाले चिसोको कुनै मतलब नगरी विभिन्न पोजमा दृश्य दिइन्।

उनलाई शरीरका अंग हल्लाउँदै अझै ‘सेक्सी पोज’ दिन नृत्यनिर्देशक शिव बिक उक्साउँदै थिए। हिरोइन रेजिना उप्रेती निशालाई शरीर बंग्याएर र मर्काएर कामुक हाउभाउमा उतार्न पछाडिबाट सघाइरहेकी थिइन्। ‘यो आइटम दृश्य भएकोले आज मैले निशालाई सघाइरहेकी छु,’ उनले भनिन्, ‘यो उनले फिल्ममा गरेको पहिलो आइटम नृत्य हो।’

पोखरामा ६० प्रतिशत सुटिङ सकेर ‘राज’ युनिट शनिबार राजधानी फर्किएको छ। सुटिङ बाँकी रहे पनि अनिश्चितकालिन बन्दको हल्लाका कारण युनिट फर्किएको हो। उनले बाँकी सुटिङ काठमाडौ र मनाङमा गर्ने बताए।

गजेन्द्र रञ्जित र मोहनकृष्ण श्रेष्ठ निर्माता रहेको ‘राज’ मा शिवका अतिरिक्त बिराज भट्ट र दोहोरो भूमिकामा रेजिना उप्रेती देखिने छन्।  

नागरिक

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: