पहिलोपटक सोलो हिरोइन

आठ वर्ष लामो फिल्मी करिअरमा पहिलोपटक पापी मान्छे-२ मा एकल नायिकाका रूपमा देखा परेकी पूजना प्रधान आफ्नो पर्फमेन्स दर्शकले मन पराएकोमा पुलकित भएकी छिन् । हाल उपत्यकाका डेढ दर्जन बढी हलमा प्रदर्शन भइरहेको पापी मान्छे-२ हेर्न दर्शकको भीड दिनानुदिन बढ्दै गएकोमा आफू निकै हषिर्त भएको बताउँदै उनले भनिन्, ‘थुप्रै फिल्ममा दुई-तीनजना हिरोइनको प्रतिस्पर्धामा आफूलाई स्थापित गर्न खोज्थेँ । तर, यो फिल्ममा भने सिंगल छु । पहिलोपटक एकल हिरोइनका रूपमा फिल्म बोक्नुपर्दा सुरुमा कस्तो होला भन्ने त्रास थियो । तर, अहिले फिल्मको रिपोर्ट हेर्दा आत्मविश्वास बढेको छ ।’
अब भने सोलो हिरोइनको रोल मात्र ताक्ने सुर कसेकी छिन् पूजनाले । ‘अबदेखि एउटा मात्रै हिरोइन भएको फिल्म मेरो प्राथमिकतामा पर्छ । दुई-तीनवटी हिरोइन भएको फिल्ममा पनि मेरो रोल बुलन्द छ भने मात्रै गर्छु,’ उनले भनिन्, ‘पापी मान्छे-२ ले पूजना एक्लैले पनि फिल्म बोक्न सक्छे भन्ने प्रमाणित गरिदिएको छ । त्यसकारण ‘चुजी’ भएकी छु ।’
ग्ल्यामरस् हिरोइनकी रूपमा परिचित पूजना पापी मान्छे-२ मा ग्ल्यामरस रोल नभएको बताउँछिन् । भन्छिन्, ‘यो फिल्ममा मेरो निकै लभ्ली रोल छ । कतै पनि एक्स्पोज गर्नुपरेको छैन ।’ सुटिङ सुरु हुनुअघि नै फिल्मका निर्देशक दीपक श्रेष्ठ र निर्माता राजकुमार राईले आफ्नो फिल्ममा पटक्कै पनि अंगप्रदर्शन गर्नु नपर्ने बताएको स्मरण गर्दै उनले भनिन्, ‘निर्माता र निर्देशकले मलाई पहिला नै अंग प्रदर्शनविहीन फिल्म हो, यसले तिम्रो ग्ल्यामरस इमेज कायम राख्ने छैन भनेका थिए ।’
पापी मान्छे-२ मा ग्ल्यामरस रोलमा नदेखिए पनि आफ्नो ग्ल्यामरस् इमेज पूर्ण रूपले सुधार्ने पक्षमा भने उनी अझै पनि छैनन् । ‘मलाई ग्ल्यामरस नायिकाको रूपमा चिन्छन् । म यो इमेज सधैँ कायम राखिरहन चाहन्छु,’ उनी भन्छिन्, ‘म अध्यात्म मार्गमा लागेकी छु । तर, फिल्म मेरो कर्म हो । त्यसकारण यो क्षेत्रमा मेरो जस्तो इमेज छ, त्यो जोगाइरहन चाहन्छु ।’ कथाको मागअनुसार एक्स्पोज गर्न आफू पटक्कै नहिच्किचाउने बताउँदै उनले थपिन्, ‘स्त्रिmप्टअनुसार मैले एक्स्पोज गर्नुपर्छ भने म तयार छु । तर, यस फिल्मले साबित गरेको छ कि विनाएक्स्पोज पनि फिल्म चल्छ । त्यस कारण सकभर मलाई अंग प्रदर्शनविहीन रोलमा अफर गरून् भन्ने चाहना छ ।’
पूजना हिरो फिल्मबाट हिरोइन बनेकी हुन् । फिल्म करिअर सुरु गरेको आठ वर्ष बिते पनि बीचमा चार वर्ष उनी फिल्मबाट हराइन् । पुनः प्रवेशको पछिल्लो चार वर्षमा उनले २१ वटा फिल्ममा अभिनय गरेकी छिन् । बीचमा भिडियो फिल्म तथा केही म्युजिक भिडियोमा समेत देखिएकी उनी आफूलाई सधैँ एकल हिरोइन खेल्ने चाहना भएको बताउँछिन् । ‘सधैँ सोलो हिरोइन बन्ने चाहना हुन्थ्यो,’ पापी मान्छे-२ कै चर्चा गर्दै उनले भनिन्, ‘यो फिल्ममा भने सिंगल हिरोइन बन्ने मौका पाएँ । दर्शकको प्रतिक्रिया र फिल्मको व्यापार हेर्दा आफूले आफूलाई प्रमाणित गरेको ठानेकी छु ।’


नयाँ पत्रिका

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: