‘मैले बनाएका सबै फिल्म हिट’

निर्माताभन्दा नायिका बन्न सजिलो लाग्छ झरना थापालाई । पहिलोपटक धर्मसंकट फिल्म निर्माण गरेर नायिकाका साथै निर्मात्रीकी रूपमा समेत स्थापित भएकी झरनाले अहिलेसम्म चारवटा फिल्म निर्माण गरिसकेकी छिन् । पति सुनीलकुमार थापा र झरनाले धर्मसंकटपछि गोर्खाली, ए मेरो हजुर र तक्दिर नामका फिल्म निर्माण गरिसकेका छन् । अभिनयका साथै फिल्म निर्माणमा समेत निरन्तर लागिरहेकी झरना अब अर्काे फिल्म निर्माण गर्ने तयारीमा जुटेको बताउँछिन् । नयाँ वर्षको अवसर पारेर सुटिङ थालिने उनको फिल्मको नाम रहेको छ- केटी हराएको सूचना ।
आफूले निर्माण गरेका चारवटै फिल्मले व्यावसायिक सफलता हासिल गरेको बताउँछिन् उनी । भन्छिन्, ‘चारवटै फिल्म हिट भए । अब बन्ने फिल्म पनि हिट हुन्छ भन्ने पूर्ण विश्वास छ ।’ झरनाले निर्माण गरेको धर्मसंकटमा पहिलोपटक नायकद्वय शिव श्रेष्ठ र राजेश हमालले एकसाथ अभिनय गरेका थिए । स्टारहरूको भीड रहेको सो फिल्ममा शिव र राजेशका साथै गौरी मल्ल, विपना थापा, रमेश उप्रेती, मुरलीधर अनि झरना स्वयं अभिनीत छन् । ‘स्टारयुक्त फिल्म भएकाले लगानी बढ्यो,’ धर्मसंकट बनाउन पचास लाख रुपैयाँ लागेको बताउँदै झरनाले भनिन्, ‘नयाँ निर्मात्री भएकाले कुनै कुराको आइडिया थिएन । त्यस कारण पनि लगानी बढ्यो ।’ आफ्ना चार फिल्ममध्ये यही फिल्मबाट कम रुपैयाँ मुनाफा भएको बताउँछिन् झरना । ‘तर, फिल्मका सबै पक्ष बबाल थिए,’ झरनाले भनिन्, ‘प्रदर्शनको बारेमा पनि राम्रो आइडिया नहुनाले सोचेजति नाफा हुन सकेन ।’
गोर्खाली झरनाले निर्माण गरेको दोस्रो फिल्म हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा श्रीकृष्ण श्रेष्ठ र झरना स्वयं प्रमुख भूमिकामा थिए । झरनाका अनुसार अहिलेसम्म आफूले निर्माण गरेका फिल्ममध्ये सबैभन्दा बढी रकम मुनाफा गर्न सफल फिल्म यही हो । गाउँले ठिटो सहर छिरेपछि कस्ता समस्या झेल्छ, सहरमा हुर्केका युवती कस्ता हुन्छन् भन्ने देखाइनुका साथै वीर नेपालीको प्रसंग समावेश गरिएको गोर्खाली मनोरञ्जनका साथै सन्देशयुक्त फिल्म भएको ठहर झरनाको छ ।
आफ्ना फिल्ममध्ये ए मेरो हजुरमा निभाएको अन्धीको भूमिका उनी आफैँलाई बुलन्द लागेको रहेछ । भनिन्, ‘पहिलोपटक अन्धी केटीको भूमिका निभाएँ । निकै चुनौतीपूर्ण रोल थियो । पछि फिल्म हेर्दा लाग्यो, मैले राम्रो काम गरेछु ।’ शिव रेग्मीको निर्देशनमा बनेको सो फिल्ममा श्रीकृष्ण श्रेष्ठ र झरना स्वयं प्रमुख भूमिकामा छन् ।
नारीले आफ्नो तक्दिर आफैँले लेख्नुपर्छ भन्ने थिममा झरनाले निर्माण गरेको तक्दिर फिल्मले व्यावसायिक सफलता मात्र पाएन । वर्षकै उत्कृष्ट फिल्मको अवार्ड पायो । विराज भट्ट, दिलीप रायमाझी र झरना स्वयं प्रमुख भूमिकामा अभिनीत सो फिल्म दीपक श्रेष्ठको निर्देशनमा बनेको हो । तक्दिरलाई
मनोरञ्जनका साथै नारी सशक्तीकरणयुक्त फिल्म भएको बताउँछिन् उनी । ‘मैले बनाउने फिल्म मनोरञ्जनात्मकका साथै केही न केही सन्देशयुक्त होस् भन्ने चाहन्छु,’ झरना भन्छिन्, ‘केटी हराएको सूचनामा पनि मनोरञ्जनका साथै समाजका लागि केही सन्देश दिने कोसिसमा छौँ ।’
आफूले निर्माण गर्ने फिल्ममा आफैँ नायिका खेल्नु कथाको माग भएको बताउँछिन् झरना । ‘स्त्रिmप्टमा फिट भएमात्र आफैँ खेल्छु,’ स्पष्टीकरण दिँदै उनले भनिन्, ‘जबर्जस्ती हिरोइन बन्ने भए त धर्मसंकटमै बन्थेँ नि ।’
झरनाले निर्माण गरेका फिल्मका गीत पनि हिट छन् । धर्मसंकटमा मलाई नेपाली माया चाहिन्छ त्यतिवेला निकै चर्चित भएको थियो । गोर्खाली फिल्मको काठमाडौंको बीचैमा घन्टाघर बोलको गीतले पनि बजार तताएको थियो । पछि ए मेरो हजुरको शीर्ष गीत त झन् चर्चित भएको थियो भने तक्दिरको मै मोरीलाई लिन परदेशी आउँछ रे अहिले पनि चर्चामा छ । आफूले बनाएको फिल्मको गीत जनजिब्रोमा झुन्डिने हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताउँदै झरनाले भनिन्, ‘हामी धेरै मिहिनेत गर्छाैँ । जसकारण अहिलेसम्म परिणाम पनि राम्रो आइरहेको छ ।’
तिहारपछि सुटिङ हुने बताएको केटी हराएको सूचना फिल्मको सुटिङ सुरु हुन नसक्नुको कारण खोल्दै उनले भनिन्, ‘स्त्रिmप्ट तथा गीत नै राम्रो बनाउने कोसिसमा छौँ । त्यसैले समय लागेको हो ।’

शौचालयमा अड्किन् प्रीति

एजेन्सी/ पछिल्ला दिनमा फिल्मी अभिनयभन्दा बढी शारीरिक सुगठन कायम गर्न जिम धाउन थालेकी हिरोइन प्रीति जिन्टा दिल्लीस्थित एयरपोर्टको शौचालयमा दस मिनेट थुनिएकी छिन् ।
२६ जनवरीमा दिल्ली एयरपोर्टमा थुनिएको रहस्य उनले आफ्नो टि्वटर एकाउन्टमार्फत् सार्वजनिक गरेकी हुन् । ‘शौचालयको ढोका जाम भएपछि म दस मिनेट थुनिएँ,’
टि्वटरमा उनले लेखेकी छिन्, ‘धन्न म पर्खाल उक्लेर बाहिर निस्कन सकेँ ।’
प्रीतिले आफू सानो छँदा टम ब्वाईको फ्यान भएको र उसको नक्कल गर्ने गरेकाले पर्खाल नाघ्न सहज भएकोसमेत बताएकी छिन् ।  Naya Patrika

One Response

  1. Jharana ko Phurti matra ho

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: