जाडोमा पनि हट देखिने होड

जाडोमा पनि न्यानो र स्टाइलिस्ट देखिने चाहना हरेक फेसनपारखीलाई हुन्छ । अहिलेको हल्का जाडोस“गै पोखराका युवायुवती ‘चुजी’ र स्टाइलिस्ट पहिरनमा देखिन थालेका छन् । आपmनो लुक्स र पहिरनलाई अरूभन्दा भिन्न देखाउने होडमा छिन्- मोडल कोमल हिराचन ।

स्टाइलिस्ट पहिरनमा भेटिएकी हीराचनले भनिन्, ‘न्यानो पनि होस्, स्टाइलिष्ट पनि देखियोस भनेर नि ।’ जाडोमा पनि उनी हट पहिरनमा ओहोदोहोर गरिरहेकी भेटिन्छन् । केही गीतको म्युजिक भिडियोमा समेत देखिएकी हिराचन आफूलाई समयअनुसार परिवर्तन गर्न सधैं अग्रसर हुन्छिन् । उनीस“गै भेटिइन् दिया तामाङ । केही ब्युटिकन्टेस्टमा सहभागी भैसकेकी दिया कालो स्कट र कालै टिर्सटमा थिइन् । ‘केही फेसनेबल त देखिनैपर्‍यो नि, जाडो भयो भनेर रफ पहिरन त लगाउन भएन नि,’ उनले बताइन् ।

छ्याङ्गै खुल्ने हिमालजस्तै पहिरनमा खुल्ने सहरका युवतीहरू जाडोमा पनि कम देखि“दैनन् । ‘जाडोमा युवतीहरूले लगाउने पहिरन गर्मीमा जतिकै हट र स्टाइलिस्ट हुन्छ, न्युरोडस्थित वर्ल्डटच फेसनका ज्ञानेन्द्र ठुकरी भन्छन्, ‘युवायुवतीको खुलेको पहिरनले जाडो र गर्मी छुट्याउनै मुस्किल पर्छ ।’

 जाडो भए पनि केही स्टाइलिस्ट र फेसनेबल देखियोस् भनेर युवतीहरू स्कटसहितको लेगिन्स, फर ज्याकेट, फलेट बुट, र फिटिङ जिन्स स“गै थरीथरीका हेयर स्टाइलमा प्रस्तुत हुने गरेका छन् । मौसमअनुरूपका फेसन रोज्नेहरू यहा“ फेसन हाउस, बुटिक तथा फेन्सी पसलमा धुइरिएको देखिन्छ । सामान्यतः ५ हजारदेखि २० हजार मूल्य पर्ने स्टाइलिस्ट पहिरन खरिद गर्न फेसनपारखीहरू आउने गरेको स्थानीय फेसन हाउसका संचालकहरू बताउ“छन् ।

 फेसन हाउसमै आकर्ष देखिने पहिरनको खोजीमा निस्किएकी सिमपानीकी जमुना गुरुङ आफू पनि निकै फेसनेबल छिन् । प्रायः स्कट र फिटिङ टिर्सटमा झुल्कने गुरुङ भन्दै थिइन्, ‘जाडो पनि भागोस्, फेसनेबल पनि देखियोस् भनेर स्टाइलिस्ट पहिरनको खोजीमा आएकी हु“ ।’ गुरुङ मात्र होइनन्, उनीजस्तै फेसनमा चाख राख्ने युवतीहरू आफूलाई सुहाउ“दो पहिरन गरेर हिंड्न होडमा होड मिलाउ“छन् । बेलायतबाट भर्खरै आएकी निशा रञ्जित पनि फेसनेबल लुकमा भेटिइन । बेलायतमा समेत मोडलिङ गरिसकेकी निशा पनि समयअनुसार आफूलाई परिवर्तन गर्न खप्पिस छिन् । निशाले भनिन्, ‘गर्मीमा मात्र होइन, जाडोमा पनि हट देखिनुपर्‍यो नि ।’

ग्ल्यामरस र सेक्सी देखिन कोही गर्मी मौसम पर्खेर बस्दैनन् । फेरि पातलो र छोटो मात्र फेसन होइन भन्नेहरू पनि नभएका होइनन् । जाडोमा फिटिङ जिन्स , फर ज्याकेट र घुडा सम्म आउने बुट लगाएर हिड्दा पनि युवतीहरू निकै स्टाइलिस्ट देखिन्छन् ।’ पहिरनअनुसार कलर म्याचिङ गर्न टोपी, मफलर र हातमा पञ्जा लगाउने फेसन पनि चलेको छ । यस्तो पहिरनमा हि“ड्नेहरूको जमात कम देखि“दैन । अधिंकाश भने छोटो स्कटमै आफूलाई फेसनेवल देखाइरहेका हुन्छन् । त्यही होडमा छिन्- अस्मिता केसी । प्रायः छोटो र ग्ल्यामरस पहिरनमा झुल्कने उनी न्युरोडमा अति नै सेक्सी पहिरनमा भेटिइन् । यस्तो जाडोमा पनि यति खुलेको पहिरन प्रश्न फुत्कन नपाउ“दै उनले जवाफ फर्काइन्- ‘जाडोले केही फरक पार्दैन ।’

 युवतीहरू मात्र होइनन्, महिलाहरू पनि समयानुकूल पहिरनमा देखिन्छन् । महिलाहरू उलनको कर्ुता-सलवार एम्ब्रोडरी गरिएको जस्मिना सलमा सजिएको पाइन्छ । जाडोमा उलनको कर्ुता-सलवार र जस्मिना सलमा एम्ब्रोडरी गरेको अहिले बढी चलेको छ, सेभी बुटिककी सञ्चालिका सविता शेरचनले भनिन्, ‘जाडोमा स्टाइलिस्ट देखियोस् भन्ने चाहना यहा“का हरेक फेसनपारखीमा छ ।’

 अफिस एवं विभिन्न कार्यालयमा काम गर्ने युवतीहरू कोट-पाइन्टमा चिरिच्या“ट्ट परेका देखिन्छन् । उता महिलाहरू उलनको कर्ुता-सलवार एम्ब्रोडरी गरिएको जस्मिना सलमा सजिएको पाइन्छ । उलनको टप्स, पाइन्ट र युवाहरूका लागि कोट स्टाइलको सेरवानी पनि चलेका छन् ।

पोखराको महेन्द्रपुलस्थित जिन्स अफ्येर फिटिङ सेन्टरमा जाडोका लागि फिटिङ स्टाइलका पाइन्ट र ज्याकेटको माग गर्नेहरू बढेका छन् । अहिले जिन्सका बाक्ला र्सट तथा पाइन्ट पनि चलेका छन् । जिन्स र्सटको भित्रपट्ट िकटराइज हाली वास गरेर लगाउने युवाजमात पनि उत्तिकै छ । बाक्लो कटनस“गै कटराइजका पाइन्टर्-र्सट पनि अहिले उत्तिकै चलेको छ, जिन्स सेन्टरका अमुल दास भन्छन््- ‘जिन्सको फेसन त जाडो वा गर्मी दुवै मौसममा उत्तिकै छ ।’

चिसो मौसमका लागि उपयुक्त थरीथरीका फेसन स्टाइल बजारमा पाइन्छन् । फेसनस“गै शरीरलाई न्यानो राख्न पनि हरेकले जानेका छन् । अहिले फिटिङ पाइन्टस“गै युवतीहरूमाझ ओभरकोटको फेसन पनि त्यत्तिकै चल्तीमा रहेको स्थानीय फेसन डिजाइनरहरू बताउ“छन् । जाडो सुहाउ“दो फेसन तयार पार्न फेसन डिजाइनरहरू यतिबेला निकै व्यस्त देखिन्छन् । आर्ईईसी फेसन सेन्टर, पोखरामा फेसनको अध्ययन मात्र हु“दैन, मौसमअनुसारका पहिरन तयार पार्ने सीप पनि सिकाइन्छ, सेन्टरकी सञ्चालिका तथा फेसन डिजाइनर सरस्वती गुरुङले भनिन्, ‘जाडोमा कटराइज र ऊनीको चलन पनि व्यापक छ ।’

 युवाहरू पनि मौसमअनुसार फेसनको दौडमा कम देखि“दैनन् । आकर्ष देखिन उनीहरू स्टाइलिस्ट कोट र पाइन्ट लगाउ“छन् । कोटले फिगरलाई पनि आकर्ष देखाउ“छ । जाडोमा फेसनेवल कोटका अतिरिक्त ‘फर ज्याकेट’, स्पोर्टर्ीीुज र प्यारेलल पाइन्ट युवाहरूको रोजाइ हुन्छ । गायक सोभित बस्याल स्टाइलिस्ट ज्याकेट र पाइन्टमा देखिए । ‘स्टाइलस“गै कम्र्फटेबल पनि हुन्छ,’ उनले भने, ‘जाडोमा पनि हट त देखिनैपर्‍यो नि ।’ Kantipur Saptahik

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: