भियाग्रा र घाम उस्तै

कुनै पनि व्यक्तिको ‘सेक्स ड्राइभ’ राम्रो बनाउन भियाग्रा र धाम दुवै बराबरी क्षमताका हुन्छन् । एक नयाँ अध्ययनअनुसार सेक्स पावर बढाउन भियाग्राले जति महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ घामका किरणमा सेकिँदा त्यति नै शक्ति प्राप्त हुन्छ ।

अस्टि्रयाको ग्रेजमास्थित मेडिकल युनिभर्सिटीमा हालै गरिएको अनुसन्धानअनुसार भिटामिन डीको मात्रा बढीभन्दा बढी लिइयो भने महिलामा सेक्स ड्राइभका लागि जिम्मेवार मानिने टेस्टोस्टेरोन हार्मोन बहाव वृद्घि हुन्छ । भिटामिन डी घामका किरणबाट प्राप्त हुन्छ । माछा, मासुमा समेत यो पाइन्छ । अध्ययनमा के पाइयो भने, जो व्यक्तिको रगतमा प्रतिमिलिलिटर भिटामिन ‘डी’ को मात्रा बढी हुन्छ, त्यसमा पुरुष सेक्सुअल हार्मोनको स्तर पनि माथि पाइयो । अक्टुबरदेखि मार्च महिनासम्म चिसो रहन्छ र यस अवधिमा रगतमा भिटामिन डीको मात्रालगायत हार्मोनको स्तरसमेत अपेक्षाकृत कम थियो । अध्ययनअनुसार रगतमा भिटामिन डीको मात्रा पूर्ण रहने पुरुषको हार्मोनको स्तरसमेत अन्यको तुलनामा राम्रो पाइयो । एक घन्टा घाममा सेकिँदा टेस्टोरोनको स्तरमा ६९ प्रतिशतसम्म वृद्घि हुन्छ, जसले सेक्स ड्राइभ स्वतः बढ्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: