आफूलाई बलात्कारको दोषी ठान्छन् महिला

टेनका ५० प्रतिशतभन्दा बढी महिला बलात्कारको दोषी महिलाई नै ठान्छन् । एक सर्वेक्षणअनुसार बि्रटेनका आधाभन्दा बढी महिला बलात्कारीभन्दा बलात्कृतलाई दोषी ठान्छन् ।
सो सर्वेक्षणमा १८ देखि २४ वर्ष उमेर समूहका एक हजार वयस्कलाई प्रश्न सोधिएको थियो

 । ५० प्रतिशतभन्दा बढी महिलाले बलात्कारको कारक महिला नै रहेको सर्वेक्षणमा उल्लेख छ  । २४ प्रतिशत बलात्कृत महिलाले छोटो स्कर्ट लगाउनु, पुरुषले आग्रह गरेअनुुसार रक्सी पिउनु र ऊसँग गफ गर्दा समेत महिला बलात्कृत हुनुपरेको सर्वेक्षणमा सहभागीले बताएका छन् ।
सम्भावित बलात्कारीको घरमा महिला आफैँ जानु पनि उनीहरूको दोष रहेको सर्वेक्षणमा सहभागी २० प्रतिशत महिलाले बताएका छन्

 । उत्तेजक हिसाबले नाचेर वा केटासँग अनावश्यक मस्किनु पनि पीडितको दोष भएको १३ प्रतिशत महिलाले बताए ।
सेक्सुयल एसल्ट क्लिनिकले यो सर्वेक्ष्ाण गरेको हो

 । महिलालाई नै दोषी देखाउने संस्कृतिका कारण कैयौँ बलात्कारका घटना बाहिर नआउने क्लिनिकले बताएको छ । यस सर्वेक्ष्ाणलाई ‘वेक अप टु रेप’ नाम दिइएको छ । बलात्कारको घटनासम्बन्धमा चेतना जगाउन यो सर्वेक्षण गरिएको हो ।
सर्वेक्ष्ाणअनुसार १४ प्रतिशत महिला बलात्कारको आरोप बनावटी भएको ठान्छन्

 । यसैगरी, सर्वेक्ष्ाणअनुसार महिलाले सहमतिविना भएको यौनसम्पर्कलाई एकतिहाइ पुरुषले बलात्कार ठान्दैनन् । बलात्कृत पाँचमध्ये एकजना महिला यस घटनाबारे प्रहरीकोमा रिपोर्ट गर्न चाहँदैनन् । तीमध्ये ५० प्रतिशत महिलाले लाजका कारण यस्तो रिर्पोट गर्न नचाहेको बताएका छन् ।

बलात्कार सम्बन्धको डरलाग्दो धारणा परिवर्तन हुनुपर्ने सेक्सुअल एसल्ट क्लिनिकले माग राखेको छ

 । स्कुल तथा कलेजमा यौन हिंसासम्बन्धी अभियान चलाउनुपर्ने सल्लाह क्लिनिकले दिएको छ ।
ह्वाइट च्यापल हेभेनकी म्यानेजर इलिजावेथ हयारिसन भन्छिन्, ‘महिला कोर्ट मामलामा आएका बलात्कार घटना हेरेर पीडित रक्सीले मातेकी थिई, पीडितले छोटो स्कर्ट लगाएकी थिई

 । म रक्सी पनि खान्नँ, पारदर्शी लुगा पनि लगाउदिनँ । ममाथि यस्तो हँुदैन भन्ने ठान्छन् । तर, बलात्कारको घटना जस्तोसुकै परिस्थितिमा पनि हुन सक्छ ।’

हेभेनले बलात्कृत महिलालाई सहयोग गर्छ

 । बलात्कार घटनाका लागि भर्खरका युवतीले आफूलाई नै दोषी ठान्ने प्रवृत्ति चिन्ताजनक रहेको उनी बताउँछिन् । १८ देखि २४ वर्ष उमेर समूहका महिलाले बारमा केटासाथी वा अन्य पुरुषले दिएको डि्रंक पिएमा वा ऊसँग गफिएमा महिला बलात्कृत हुनुको कारक मानेका छन् एलिजावेथले । एलिजावेथले यस्ता प्रवृत्तिलाई भयानक मानेकी छिन् । ‘किनभने यो उमेर समूह नै सबैभन्दा क्रियाशील रूपमा बार वा डान्स पार्टीमा जाने गर्छन् । हामीले बलात्कार घटनाका लागि महिलाको दोष नभएको जानकारी स्कुल, कलेजमा दिनु जरुरी भइसक्यो,’ उनी भन्छिन् ।
सर्वेक्षणअनुसार बलात्कारका लागि आफूले नै वातावरण बनाएको ठानेको कारण एकचौथाइ महिला दमन सहेर मौन बस्छन्

 । न्याय पाउन अदालत जानुपर्ने भयले ४२ प्रतिशत महिला बलात्कार घटनाबारेमा प्रहरीमा उजुरी गर्दैनन् ।

युरोपेली देशमध्ये बि्रटेनमा सबैभन्दा कम संख्यामा बलात्कारका अपराधीले सजाय पाउने गरेका छन्

 । बि्रटेन सरकारले धेरैभन्दा धेरै यौन अपराधीलाई न्यायको कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेको छ । तर, भर्खरै सार्वजनिक तथ्यांकअनुसार प्रहरीलाई रिपोर्ट गरिएका १४ बलत्कार अपराधीमध्ये एकजनाले मात्र सजाय पाएका छन् ।
‘सर्वेक्ष्ाणमा बहुसंख्यक महिलाले आफूमाथि यस्तो अपराध भएमा प्रहरीलाई सम्पर्क गर्ने बताए

 । तर, धेरै महिलाले पहिलोपटकमै प्रहरीलाई सम्पर्क गर्न असहज महसुस गर्छन्,’ गुप्तचरप्रमुख इन्सपेक्टर मार्क यक्सली भन्छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: