कोलको अनौठो यौनचाहना

इंग्लिस क्लब चेल्सीका फुटबलर एस्ले कोलले टपलेस मोडल सोनिया वाइल्डलाई अनौठो रूपमा यौनचाहनाले भरिपूर्ण झन्डै तीन सय टेक्स म्याजेस पठाउँदै आफ्नो नग्न तस्बिरको बदलामा ती मोडलको पनि केही नग्न तस्बिरका लागि आग्रह गरेको खुलासा भएको छ ।

कोलले म्यासेजमार्फत ती मोडललाई नग्न भएर ओछ्यानमा सुतेको तथा आफूले अन्डरवेयर लगाएर ऐनाअगाडि उभिएको साथै आफ्नो लिंगको तस्बिर पठाएका हुन् । तस्बिर पठाएपछि कोलले टेक्स म्यासेजको सुरुवातमै लेखेका छन्, ‘यो त्यति ठूलो छैन । तिमीले मलाई हँसायौ भन्न सक्छौ । तैपनि मैले तिमीलाई उपहारमा यो तस्बिर पठाएको छु ।’

यस्तै अर्को म्यासेजमा उनले मोडल सोनियाका नग्न तस्बिर हेर्ने चाहना व्यक्त गरेका थिए । ‘मलाई तिम्रो थप एक नग्न तस्बिर हेर्नु छ । धेरै व्यक्तिहरू हैटीमा थप खाद्यान्न पुर्‍याउन म्यासेज पठाइरहेका छन् । यो निग्रो भने धेरै मात्रामा ब्रेस्ट मन पराउँछ । तर, मैले चिकेन ब्रेस्टको कुरा गरेको होइन ।’

साथै कोलले रकम लिएर उनी आफूसँग सुतेको स्मरण पनि गराएका छन् । ती मोडलले भने रकम लिएर कोलसँग सुतेको कुराकै खण्डन गरेकी छिन् । आफ्ना एक मित्रमार्फत परिचय भएर रात बिताएको व्यक्ति कोल नभएको तथा कोलले म्यासेजमार्फत तस्बिर पठाएको व्यक्ति अरू कोही भएको दाबी पनि तिनको छ ।

सार्वजनिक जीवनमा जुन व्यक्ति जस्तो देखिन्छ, त्यो व्यक्ति निजी जीवनमा पनि त्यस्तै हुँदैन भन्ने उदाहरण कोलसँग मिल्ने गर्छ । धनाढ्य दम्पतीमा गनिने कोलको परिवारमा कुनै कुराको कमी छैन । आफूले चाहेको कुरा गर्न सक्ने कोलले सस्तो र अनौठो तरिकाले आफ्नो लिंगको समेत तस्बिर पठाएको खबरले सबैलाई आश्चर्यमा पारेको छ । कोलकी पत्नी गायिका चेरिल कोलसमेत कुनै मोडलभन्दा कम छैनन् । सार्वजनिक जीवनमा एस्ले र चेरिलले आफ्नो आम्दानीको केही हिस्सा बिरामीहरूका लागि पनि खर्च गर्ने गरेका छन् ।

सोनिया वाइल्डका अनुसार भ्यालेन्टाइन डेकै दिन एस्ले कोलले चारपटक आफ्नो मोबाइलमा फोन गरेपछि नग्न तस्बिर पठाएका थिए ।

२८ वर्षीया सोनियाले कोलले टेक्स म्यासेजमा वास्तविकभन्दा टाढाका कुराहरू सम्प्रेषण गरेको आरोप मात्र लगाइनन्, कोलले पठाएका तस्बिरहरू आफ्नो नभएर अरू कसैको भएको दाबी पनि गरिन् । साथै, उनले कोलले कुनै वेला आफूसँग भेट्ने चाहना व्यक्त गरेको तथा गोप्य रूपमा अमेरिकाको भ्रमण गर्ने प्रस्ताव दिएको खुलासा पनि गरिन् ।

उता एस्लेले भने गत जुनमा विश्वकप छनोटको खेलका क्रममा सोनियाले आफूलाई तस्बिरहरू पठाएर हैरान गरेको दाबी गरेका छन् ।

साथै उनले आफ्नो मोबाइल फोन अन्य मित्रलाई दिएको तथा ती मित्रले पनि अर्कैलाई त्यो मोबाइल दिएको दाबी गरेका छन् । साथै त्यही व्यक्तिले ती म्यासेजहरू पठाएको हुनसक्ने दाबी पनि कोलको छ ।

तर, सोनियाले ती तस्बिरहरू इंग्लिस फुटबलस्टारले नै पठाएको तथा अन्य कसैले उनको नाममा खेलवाड नगरेको दाबी पनि गरिन् । साथै उनले टेलिफोनमा कुरा गर्दा आफूले कोलको आवाज चिनेको पनि बताइन् ।

उनले भनिन्, ‘त्यो व्यक्ति एस्ले कोल होइन भने म पनि म होइन । मलाई फोन गर्ने, म्यासेज र तस्बिर पठाउने व्यक्ति कोल नै हुन् ।’

‘टिभीमा उनको अन्तर्वार्ता हेर्दाहेर्दै मैले एस्लेको मिठासपूर्ण आवाज चिन्ने गरेको छु,’ उनले थपिन्, ‘एस्लेले मसँग तस्बिर पठाउने व्यक्ति म होइन भनेर भनेका छन् । तर, उनले यो कुरा पनि बताउनुपर्छ कि कुनै व्यक्तिलाई एस्लेको निजी जीवनको तस्बिर पठाउनुको पछाडि के स्वार्थ हुनसक्छ ?’

कोलको यो नै पहिलो सेक्स-स्क्यान्डल भने होइन । कहिले आफ्नै नग्न तस्बिर खिचाएर त कहिले महिला सहयोगीसँग यौनसम्बन्ध राखेर पनि उनले नकारात्मक चर्चा कमाएका छन् । साथै नजिकबाट चिन्नेहरू उनलाई स्वार्थी तथा मतलबी भन्न पनि पछि पर्दैनन् ।

उता एस्लेको व्यवहारबाट आजित भएर चेरिलले उनीसँग सम्बन्धविच्छेद गर्ने तयारी समेत गरिरहेकी छन् ।

एक अन्तर्वार्तामा उनले भनेकी पनि थिइन्, ‘मलाई चेरिल टि्वडी भनेर बोलाउनू, कोल होइन ।’

समाचारका अनुसार आफ्नी आमा जोन कोलाघन तथा पपगुरु सिमोन कावेलको सल्लाहमा उनले सो निर्णय गरेकी हुन् । वकिलहरूसँग सम्बन्धविच्छेदका बारेमा राय लिनुपूर्व उनी फेरि एकपटक आमालाई भेट्न गएकी छन् ।

‘उन (चेरिल) ले एक हदसम्म आफूलाई तयार गरिसकेकी छिन् । एस्लेका खराब बानीलाई अब उनी माफ गर्न सक्दिनन्,’ चेरिलका एक गायक-साथीले बताए, ‘चेरिलका लागि त्यो निर्णय हालसम्मकै कठीन निर्णय हुनेछ, किनभने उनी एस्लेलाई माया गर्छिन्, तर अब उनी एस्लेबाट टाढा हुन चाहन्छिन् ।’

हालैमात्र एक संस्थाले चेरिललाई खराब सेलिब्रेटिकी पत्नीको अवार्ड दिने निर्णय गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: