सर्वाधिक आकर्षक पुरुष र महिला

वर्षका आकर्षक १० पुरुष तथा महिला व्यक्तित्व को-को हुन् ? भनेर नेपाली पत्रकारितामा अहिलेसम्म सम्भवतः कसैले रिपोर्टिङ गरेको छैन । साप्ताहिकले पहिलो पटक भ्यालेन्टाइन डेलाई लक्षित गरेर १० आकर्षक पुरुष र महिला खोज्ने जमर्को गरेको छ । सानो समूहमा गरिएको सर्वेक्षणका आधारमा हामीले आकर्षक २२ नाम सार्वजनिक गरेका छौं । सर्वेक्षणमा पुरुषतर्फ एक नम्बरमा दुई जना पर्न सफल भए भने महिलातर्फ १० नम्बरमा दुई जना छनौट भए ।

साप्ताहिकको सर्वेक्षणमा परेका यी नामहरू नेपाली समाजमा आकर्षक छविका कारण चर्चित छन् । रूप, आकर्षक व्यक्तित्व एवं पेसागत प्रतिनिधित्वका आधारमा सर्वेक्षणमा सहभागीहरूले उत्कृष्ट १० व्यक्तिको नाम सिफारिश गरेका थिए । जसमा सबैभन्दा धेरै मत पाउने १० जना आकर्षक १० मा समेटिए ।

सर्वेक्षणका क्रममा महिलाहरूलाई १० आकर्षक पुरुषको नाम दिन आग्रह गरिएको थियो भने पुरुषहरूसँग १० आकर्षक महिलाको नाम मागिएको थियो । सर्वेक्षणका क्रममा आकर्षक पुरुष व्यक्तित्वका रूपमा पहिलो नम्बरमा नायक राजेश हमाल र गगन थापा पर्न सफल भए । दुवैले बराबर मत हासिल गरेका थिए । यस्तै दोस्रो स्थानमा भुषण दाहाल र तेस्रो स्थानमा सुवास नेम्वाङ परेका थिए । आकर्षक व्यक्तित्वको सूचीमा गिरिजाप्रसाद कोइरालालाई पनि राम्रो मत प्राप्त भएको थियो ।

त्यस्तै महिलातर्फ सबैभन्दा धेरै मत सभासद तथा अधिवक्ता सपना मल्ल प्रधानले पाइन् । दोस्रो स्थानमा नायिका झरना बज्राचार्य र तेस्रो स्थानमा स्नेहा राणा पर्न सफल भए । महिला तर्फ अनुराधा कोइरालालाई धेरैले छुटाएनन् । साप्ताहिकले प्रेमदिवसमा आकर्षक छविका पुरुष-महिला अनुहार खोज्नुको अर्को उद्देश्य नेपाली समाजमा पनि आकर्षक व्यक्तित्वका बारेमा खुला बहस छेड्नु हो । प्रारम्भिक चरणको यो सानो सर्वेक्षणलाई आगामी वर्षहरूमा हामीले ठूलो स्वरूपमा विकास गर्दा अझ परिष्कृत परिणाम आउने निश्चित छ । सर्वेक्षणका क्रममा मिडियामा देखिएका धेरै अनुहार आकर्षक १० मा परे । मिडियामा नआएका तर आकर्षक इमेज भएका अन्य व्यक्तित्वहरू पनि छन्, जसलाई बृहत् सर्वेक्षणका क्रममा मात्र समेट्न सकिन्छ ।

आकर्षक पुरुष

राजेश हमाल

पाल्पा, तानसेनमा सन् १९६४ जुन ९ तारिखमा जन्मिएका राजेश हमालको आकर्षक व्यक्तित्वले उनको उचाइलाई बढाएको हो, त्यतिमात्र होइन उनको तर्कसंगत संवादले उनलाई बौद्धिक व्यक्तिको परिचय पनि दिएको छ । युगदेखि युगसम्म देखि हालसम्म हमालले २ सय ५० भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् ।

नेपाली रजतपटमा सर्वाधिक लोकपि्रय छवि बनाउन सफल राजेश साप्ताहिकको सर्वेक्षणमा पनि सर्वाधिक आकर्षक पुरुषमा पर्न सफल भए । ‘मैले आजसम्म राजेश हमाल अभिनीत चलचित्र हेरेकी छैन’ सर्वेक्षणमा सहभागी समाचारवाचिका सिमि्रका शर्माले भनिन्-‘तर उहाँको व्यक्तित्वबाट म प्रभावित छु ।’

गगन थापा

धाराप्रवाह बोल्न सक्ने गगन थापा हाल नेपाली कांग्रेसका तर्फबाट सभासद छन् । गगन जनआन्दोलन भाग-२ मा युवा नेतृत्वका रूपमा सक्रिय थिए । त्यतिमात्र होइन राजा ज्ञानेन्द्रले राजनैतिक सत्ता लिने क्रममा आन्दोलनमा उत्रिएबापत उनलाई राजद्रोहको आरोपमा जेल चलान गरिएको थियो, यसले उनको अझ लोकपि्रयता बढायो । सादा जीवन उच्च विचार राख्ने गगनलाई नेपाली युवा नेतृत्वमा सक्षम व्यक्तिका रूपमा हेरिएको छ । पूर्व मिस नेपाल सुन्दरी माल्भिका सुब्बाले भनिन्- ‘सबल युवा नेतृत्वको रूपमा गगनको उपस्थितिले मलाई आकषिर्त गरेको हो ।’

समाजशास्त्रमा स्नातकोत्तर गरेका गगनले भने राजनैतिक क्यारियरमा आफ्नो भविष्य खोजे । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा काठमाडौं क्षेत्र नम्बर- ४ का सभापति गगनले कांग्रेसको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने आवाज बुलन्द गर्दै आएका छन् । साप्ताहिकको सर्वेक्षणको क्रममा सर्वाधिक आकर्षक नेपालीमा पर्न सफल गगनले आफनो विवाह खर्च एक संस्थालाई सहयोग गरेपछि उनको चर्चा अझ बढेको थियो । संविधानसभाबाट आउने पारिश्रमिक पनि उनले विभिन्न सहयोगमूलक कार्यमा खर्चिंदै आएका छन् ।

भूषण दाहाल

हाल कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माताको पदमा कार्यरत दाहालको परिचय टेलिभिजनकर्मीका रूपमा मात्र सीमित छैन । म्युजिक भिडियो, डकुमेन्ट्री, फिल्म र टक-सो सबै विधामा उनको प्रस्तुति अब्बल मानिन्छ । पछिल्ला वर्षहरूमा सबैभन्दा लोकपि्रय टक सो ‘फायर साइड’ का प्रस्तोता दाहाल म्युजिक भिडियो निर्देशनका लागि बादशाह मानिन्छन् । बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा सर्वेक्षणमा दोस्रो स्थानमा परेका भूषणले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा एमए गरेका छन् ।

‘भूषण दाहालको सुहाउँदो पहिरनले सबैको मनलाई आकषिर्त गर्छ’ फेसन डिजाइनिङ इन्स्िटच्युट आइइसीकी प्रमुख कार्यकारी शैलजा अधिकारीले भनिन्-‘आकर्षक व्यक्तित्वका अतिरिक्त सानो कुरामा पनि गहिराइमा पुगेर पर्याप्त गृहकार्यका साथ कार्यक्रम सञ्चालन गर्ने उहाँको शैली मलाई अत्यन्तै मनपर्छ ।’

सुवासचन्द्र नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ आकर्षक पुरुष व्यक्तित्वको सूचीमा तेस्रो स्थानमा पर्न सफल भए । मीठो बोल्ने शैली उनको आकर्षक पक्ष मानिन्छ, त्यस्तै सुहाउँदो पहिरनमा चिटिक्क परेको बाटुले अनुहारप्रति मोहित भएर उनको व्यक्तित्वको प्रशंसक भएको सर्वेक्षणका सहभागीहरूले बताए ।

कलेज-जीवनदेखि नै धेरै युवतीको आकर्षणमा परेका नेम्वाङ पाँच दशक लामो जीवनयात्रापछि पनि उत्तिकै आकर्षक देखिन्छन् । राजनीतिलाई पेसा बनाएका नेम्वाङ विद्यार्थीकालमा पनि मेधावी छात्र थिए । उनले कानुनमा स्नातकोत्तर गरेका छन् । पछिल्ला दिनमा असन्तुलित राजनैतिक घटनाक्रममा मध्यस्थकर्ताका रूपमा सन्तुलित भूमिकामा रहेर काम गरेबापत पनि उनको प्रशंसा गरिएको छ । ‘उहाँको शान्त स्वभावले हरेक प्रतिकुल परिस्थितिमा पनि सहज निकास खोज्छ’, कोरियोग्राफर तथा सञ्चारकर्मी कला सुब्बा भन्छिन्- ‘हेर्दा पनि त्यत्तिकै राम्रो हुनुहुन्छ ।’

सरल मिजासका उनी सानो विषयलाई पनि उत्तिकै महत्व दिने नेता भएकाले आफ्नो रोजाइमा परेको नम्रता श्रेष्ठले बताइन् । प्रस्ट वक्ता नेम्वाङ संविधानसभाका ६ सय १ जनाको जम्बो टोलीलाई लिएर मुलुकको नयाँ संविधान कोर्ने बाटोमा अग्रसर छन् ।

निमा रुम्बा

निमा रुम्बालाई नेपाली पपसंगीतमा सर्वाधिक आकर्षक गायक मानिन्छ । उनको वेस्टर्न शैलीको गेटअप र रक-पप प्याटर्नका म्युजिकले पनि उनी नेपाली युवामनका ढुकढुकी बन्न पुगे । ‘मिस क्याटवाक’ गीतबाट जमेका निमाले केही समय हङकङमा बिताएर नेपाल फर्किएपछि निरन्तर सफलताको यात्रा तय गरिरहेका छन् । पर्सा सुवर्णपुरमा जन्मिएका निमा सानैदेखि गीत-संगीतमा अभिरुचि राख्थे ।

निमाको सबैभन्दा आकर्षक पक्ष भनेकै उनको गीत परफर्मेन्सको छुट्टै शैली हो । ‘जतिबेला निमा स्टेजमा चकलेटी शैलीमा उत्रिएर मर्किंदै गीत प्रस्तुत गर्न थाल्छन्, त्यसबेला युवतीहरू भुतुक्कै हुन्छन् ।’ फेसन डिजाइनर शैलजा अधिकारीले भनिन्- ‘उनीसँग सबैलाई आकषिर्त गर्ने क्षमता छ, व्यक्तित्व पनि त्यत्तिकै आकर्षक छ ।’ ‘निमाले क्राउडअनुसार परफर्मेन्स गर्न जानेका छन्, उनको गीत गाउने शैलीले मेरो मन जितेको छ,’ नम्रताले भनिन् ।

हरिवंश आचार्य

हास्यअभिनेता मात्र होइन बहुप्रतिभाशाली कलाकारका रूपमा हरिवंश आचार्यको परिचय छ । नेपाली कलाजगतमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई सम्मानित व्यक्तिका रूपमा लिइन्छ । साप्ताहिकको सर्वेक्षणको क्रममा हरिवंश आचार्यलाई छुट्टै भोटिङ आएको हुनाले यसमा मदनकृष्ण श्रेष्ठलाई सामेल नगरिएको भए पनि महजोडीका रूपमा दुवैलाई नेपाली जनताले स्नेह गर्दै आएका छन् । हरिवंश आचार्यलाई व्यक्तित्व र बहुभूमिकामा स्मरणयोग्य अभिनय गरेको भनेर सर्वेक्षणमा सहभागीहरूले बताएका थिए । चलचित्रको नायक, खलनायक, संवाद लेखन, निर्देशन, गायन सबै विधामा उत्तिकै अब्बल दरिएका हरिवंश विगत तीन दशकदेखि निरन्तर कलाकारिता क्षेत्रमा छाइरहेका छन् ।

वि.सं. २०१४ साल कात्तिक १७ गते काठमाडौंको टंगाल, गैह्रीधारामा जन्मिएका हरिवंशले सानो उमेरमै आमाबुबाको मायाबाट वञ्चित हुनुपरेको थियो । वि.सं. २०३५ सालमा एसएलसी उत्तीर्ण गरेका आचार्यले जीविकोपार्जनका लागि कलिलै उमेरमा कामको खोजीमा भौंतारिनुपरेको थियो ।

आकर्षक शारीरिक बनावटका आचार्यको शारीरिक सौन्दर्य अहिले पनि धेरैका निम्ति लोभलाग्दो छ । ‘उहाँको आकर्षक शारीरिक व्यक्तित्वले अभिनय कलालाई साथ दिएको छ’ हास्यकलाकार दीपाश्री निरौलाले भनिन्- ‘त्यसैले सबैप्रकारको गेटअपमा उहाँ आकर्षक देखिनुहुन्छ ।’

सुरजसिंह ठकुरी

सुरजसिंह ठकुरीको नाम लिदा पनि भुतुक्क भैहाल्ने युवतीहरू थुप्रै होलान् । ‘कल कान्तिपुर’ का यी हिरोका फ्यानको संख्या धेरै भएकाले नै हुनसक्छ, पाँचौं वर्षपछि पनि कलकान्तिपुर र सुरजको आकर्षण बढ्दो क्रममै छ । ‘मेरो विचारमा सुरज प्रत्येक नेपाली युवतीले मन पराएको ह्यान्डसम पुरुष हो’, हास्यकलाकार दीपाश्री निरौलाले भनिन्- ‘कार्यक्रम चलाउने उनको पृथक् तर उत्कृष्ट शैलीका कारण पनि उनीप्रतिको क्रेज कायमै छ ।’

गत वर्ष विवाह गरे पनि अहिले पनि सुरजसँग एकपटक गफ गर्न र भेट्न हत्ते हाल्ने युवतीको संख्या हजारौं भएको सर्वेक्षणमा सहभागी नायिका ऋचासिंह ठकुरीले बताइन् । ३० वषर्ीय सुरज जस्तोसुकै गेटअपमा पनि आकर्षक देखिने भएकाले उनीप्रति युवतीहरू मोहित हुने गरेको उनको तर्क थियो ।

हजारौं नेपाली मनमा बस्न सफल सुरजकी मनकी रानी भने एन्जेलिना जोली हुन् । सुरज आफूलाई हेन्डसम मान्न तयार छैनन्, उनी भन्छन्- ‘म त्यति राम्रो छैन, तर दर्शकले मलाई मन पराइदिनुभएको छ, त्यसमा म आभारी छु ।’ सर्वेक्षणका क्रममा कतिपयले सुरजको आँखा राम्रो भने, कतिले दाह्री, ओठ र आकर्षक फिगरको चर्चा गरे ।

सुरज त आफुलाई राम्रो छैन भन्छन् नि ? भन्ने प्रश्नमा गायिका मल्लिका कार्कीले भनिन्- ‘कस्तूरीलाई विना -सुगन्ध) थाहा हँुदैन भन्छन् भनेजस्तै हो ।’

अनिल शाह

आकर्षक व्यक्तित्वका अनिल शाह सर्वाधिक सफल नेपाली बैंकर्सका रूपमा परिचित छन् । नेपालका विभिन्न वित्तीय संस्थामा सफल अनुभव सँगालेका शाहलाई ग्राउन्डबाट उठेको व्यक्तिका रूपमा चिनिन्छ । बैंकर्स अफ दि इयरको पुरस्कार प्राप्त गरिसकेका अनिल अत्यधिक तलब लिने नेपाली बैंकर्समा पर्नुले पनि उनको चर्चा चुलिएको थियो ।

साप्ताहिकको सवर्ेेक्षणका क्रममा फिट एन्ड फाइन ड्रेसमा प्रस्तुत हुने अनिलको हिस्सी परेको अनुहारको प्रशंसा धेरैले गरे । हाल मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलको व्यक्तित्वले धेरैलाई प्रभावित तुल्याउँछ, सञ्चारकर्मी बन्दना राणाले भनिन्- ‘उत्कृष्ट व्यवस्थापकीय नेतृत्वको राम्रो उदाहरण हुन् उनी ।’ अनिल साहसी व्यक्ति भएको उनीसँगै कार्यरत रविना जोशीले बताइन् ।

डा. बाबुराम भट्टराई

संविधानसभामा सबैभन्दा बढी मत र मतअन्तरले जित्ने माओवादी सभासद हुन्- डा. बाबुराम भट्टराई । विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययनका क्रममा कहिल्यै दोस्रो नभएका डा. बाबुराम राजनैतिक जीवनमा भने पहिलो हुन सकेका छैनन् । १० वर्षे माओवादी जनयुद्धको समयमा डा. बाबुराम भट्टराई पनि सहभागी हुनुले जनयुद्धको महत्त्व बढेको विश्लेषकहरू बताउाछन् । उच्च तार्किक क्षमता भएका भट्टराई नेपाली राजनीतिका ‘सादा र बौद्धिक’ नेताका रूपमा परिचित छन् ।

पछिल्लो समयमा अर्थमन्त्री रहादा उनको लोकपि्रयता अझ बढेको थियो । इतिहासमै रेकर्ड कायम हुने गरी राजश्व संकलन गर्न सफल डा. भट्टराई देश विकासका निम्ति सही व्यक्ति भएको सर्वेक्षणका सहभागीहरूको ठहर थियो । ५ दशकको जीवनयात्रापछि पनि उनको शारीरिक फिटनेस अर्को आकर्षक पक्ष हो । साधारण तर सफा पहिरनमा देखिने बाबुराम अक्सर देश विकास निम्ति चिन्तित हुने गरेको निकटस्थ स्रोतहरू बताउँछन् । उनको शारीरिक व्यक्तित्वमा बौद्धिकताको ट्यागले पनि साथ दिएको छ ।

‘डा. बाबुराम भट्टराई यो देशलाई चाहिएको व्यक्ति जस्तो लाग्छ,’ साप्ताहिकसँगको कुराकानीको क्रममा कलाकार रागिनी उपाध्यायले भनिन्- उहाँको पर्सनालिटी राम्रो त छादैछ, उहाँको ठिक्क बोल्ने शैली मलाई राम्रो लाग्छ ।

विनोद चौधरी

पायोनियर उद्योगपतिको परिचय बनाइसकेपछि विनोद चौधरीमा यतिखेर राजनीतिको रस बसेको छ । एमालेको कोटाबाट सभासद बनेका विनोद छोरा निर्वाणलाई व्यवसाय जिम्मा लगाएर संविधान कोर्ने बाटोमा छन् । राजनीतिको यो रसले उनलाई २०२९ सालमै छोएको हो, स्ववियु निर्वाचनमा सभापति पदमा प्रत्याशी बनेका उनी त्यसबेला हारेका थिए ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी सफल उद्यमीका रूपमा परिचित छन् । उमेर छँदा डिस्कोबारसमेत सञ्चालन गर्न भ्याएका विनोद रोमान्टिक स्वभावका छन् । जीवनलाई मस्तीका रूपमा लिनुपर्छ भन्ने मान्यता राख्ने चौधरीको स्वभावलाई चिन्नेहरू उनलाई सरल व्यक्तिका रूपमा पनि व्याख्या गर्छन् । उनी ‘एकै नजरमा माया बस्यो है, लुकिछिपि हेरिदिनाले’ गीतका गायक पनि हुन् ।

अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ को कभरपृष्ठमा छापिएका विनोदको व्यापार सञ्जाल अहिले सिंगापुर, दुबई र अमेरिकामा सम्म फैलिएको छ । फोब्र्सले ३५ अर्ब सम्पत्ति भएको समूह भनेर विनोदको परिचय दिएको थियो । चौधरी ग्रुप नेपालकै अग्रणी व्यापारिक घरानाका रूपमा परिचित छ ।

बिजनेस टाइकुनको परिचय बनाएका विनोदका सम्बन्धमा नायिका सञ्चिता लुइँटेलले भनिन्- ‘उहाँ पोलाइट हुनुहुन्छ, साधारण रूपमा कुरा गर्न रुचाउनुहुन्छ, उहाँको व्यक्तित्वबाट म प्रभावित छु । यस्तै फेसन डिजाइनर शैलजा अधिकारीले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई निर्यात गरेर नेपालको प्रतिनिधित्व गरेकाले तथा सिर्जनशील उद्यमी भएकाले विनोद चौधरी आफूलाई मन पर्ने बताइन् ।

सुगम पोखरेल

‘फेरि त्यो दिन सम्झन चाहन्न’- गायक सुगम पोखरेलको पहिलो गीतिसंग्रह ‘वानएमबी’ मा समावेश यो गीतले चकलेटी अनुहारका सुगम पोखरेललाई एकाएक सेलिब्रेटी बनाइसकेको थियो । अर्को कुरा एल्बममा समावेश मेरो संसारदेखि प्रायः सबै गीत श्रोताले गुनगुनाउन थालेपछि उनी अझ लोकपि्रय भए ।

बान्की परेको अनुहार सुगम नेपाली युवतीहरूका लागि हिरो बनेर सांगीतिक फाँटमा उत्रिएका थिए । हँसिलो अनुहारका सुगमका सबै रोमान्टिक र ट्रयाजिक सङ्गले उनलाई युवा मन जित्न सहज बनाइदिएको थियो । ‘मलाई सुगमका सबै गीत राम्रा लाग्छन्, उहाँ एकदमै उत्कृष्ट संगीतकर्मी हो जस्तो लाग्छ’, सुगमको प्रशंसा गर्दै समाचारवाचिका सिमि्रका शर्माले भनिन्- ‘उहाँ राम्रो त हुँदै हुनुहुन्छ, स्वर पनि त्यत्तिकै मीठो छ ।’

‘सुगम मृदुभाषी हुनुहुन्छ, उहाँमा आकर्षण गर्ने शक्ति छ,’ हास्यकलाकार दिपाश्री निरौलाले भनिन् । त्यस्तै नायिका ऋचासिंह ठकुरीले गुड लुकिङ र हेन्डसम भएकाले सुगम असाध्यै मनपर्ने बताइन् । सुगम रेडियो सगरमाथामा आरजेका रूपमा कार्यरत छन् ।

आकर्षक महिला

सपना मल्ल प्रधान

सन् १९९० मा भारतबाट कानुनमा स्नातकोत्तर गरेर फर्किएकी सपना मल्ल प्रधानको आकर्षक व्यक्तित्वको प्रशंसा गर्ने पनि प्रशस्त छन् । साप्ताहिकले गरेको सर्वेक्षणमा सबैलाई पछाडि छोड्दै अत्यधिक मत पाउन सफल सपना ४७ वर्षे उमेरमा पनि सर्वाधिक आकर्षक महिलामा छनौट हुनुले उनका प्रशंसक धेरै छन् भन्ने देखाउँछ । ‘सपना मल्ल प्रधान कानुनका क्षेत्रमा रोल मोडल हुन्’ डाइरेक्सन नेपालका निर्देशक दीपक थापाले भने- ‘उनको हल्का ब्लाक जाइन्ट स्ट्रक्चरले सफल व्यक्तित्वलाई अझ आकर्षक बनाएको छ । सपना बोल्ड त छादैछिन्, ब्युटिफुल पनि छिन्, दीपकले थपे । साडीमा सेक्सी देखिने सपना साडीमा आफूलाई सुहाउादो देखिने कुरा स्वीकार गर्छिन् ।

गर्भपतनलाई कानुनी मान्यता दिलाएबापत अमेरिकाको मार्गेट सेनार पुरस्कारबाट सम्मानित सपनाले सन् २००८ मा लैंगिक समानताका लागि योगदान गरेबापत बहुचर्चित ग्रुबर अन्तर्राष्ट्रिय महिला पुरस्कार पनि पाइन् । बौद्धिक क्षमताका साथै सुन्दर शारीरिक बनावटकी धनी सपना आफ्नो शारीरिक व्यक्तित्वलाई आकर्षक राख्न सुहाउादो गेटअपमा देखिन्छिन् । उनको शारीरिक सुन्दरताको राज खोल्ने क्रममा सपनाले साप्ताहिकसँग भनिन्- आफ्नो शरीरलाई स्वस्थ राख्न दैनिक जिम गर्छु, सातामा एकपटक स्वीमिङ गर्छु, फिट एन्ड फाइन बस्छु, सकारात्मक विचारलाई महत्त्व दिन्छु यसले अनुहारमा कान्ति दिन्छ र राम्रो काम गर्ने जाँगर पनि मिल्छ ।

झरना बज्राचार्य

सन् १९९७ मा मिस वल्र्ड नेपालको उपाधि हात पारे पछि झरना बज्राचार्य एकाएक चर्चित सेलिब्रेटीमा दरिइन् । सुहाउँदो डस्की छाला, आकर्षक शारीरिक बनावट, नसालु आँखा र ओंठकी झरनाको व्यक्तित्वको प्रशंसा गर्नेहरू प्रसस्त हुन थाले । भिन्न किसिमको नेपाली अनुहारका रूपमा झरनाको पदार्पण भएको थियो । उत्कृष्ट ढंगले आफ्नो कुरा व्यक्त गर्ने झरना बोल्दा पनि एक किसिमको अपिलिङ देखिन्छ । झरनाको यो मादकता अझै पनि उस्तै छ । मोडलिङको संसारबाट नेपाली रजतपट हुादै बलिउडसम्मको यात्रा तय गरेकी झरना साप्ताहिक सर्वेक्षणका क्रममा आकर्षक महिलाको दोस्रो स्थानमा पर्न सफल भइन् ।

एकाएक ग्लामरको दुनियाँमा आएकी झरना मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली थिइन् । नेपाली चलचित्रका अतिरिक्त दर्जनौं म्युजिक भिडियो तथा विज्ञापनमा उनको अनुहार छाउने गरेको छ ।

‘झरनामा म भिन्नै प्रकारको व्यक्तित्व पाउँछु’ निर्देशक आलोक नेम्बाङले पहिलो नम्बरमा झरनाको नाम लिंदै भने- ‘उनको जीवन जिउने आफ्नै शैली छ ।’ क्यामेरामा उनी जस्तो सेक्सी कोही नदेखिने आलोकको तर्क थियो । यस्तै गायक राजेश पायल राईले भने-‘उनी हट एन्ड सेक्सी छिन् ।’

स्नेहा राणा

वास्तविक उमेरको तुलनामा जवान देखिएकाले पनि स्नेहा राणाको सौन्दर्यमा लठ्ठिनेहरू प्रसस्त छन् । केही समयअघिको नारी मासिकको कभर पृष्ठमा उनको तस्बिर प्रकाशित भएपछि उनी एकाएक सेलिब्रेटीको सूचीमा थपिएकी थिइन् । फोटोजेनिक स्नेहाको छालाको रंग र सुहाउादो शारीरिक बनौटले पनि उनीप्रति धेरै मानिस आकषिर्त छन् । एक सन्तानकी आमा स्नेहाको सौन्दर्यमा अझै निखार आइरहेको उनी निकटहरू बताउँछन् । साप्ताहिकको सर्वेक्षणमा आधाजसोले आकर्षक महिलाको सूचीमा स्नेहालाई सम्भिmएका थिए । ‘उनको सुन्दरताप्रति नलोभिनेहरू कमै भेटिएलान्, सुन्दरता के हो भन्ने कुरा उनमा झल्कन्छ’ नायक राजवल्लभ कोइराला भन्छन्-‘ स्नेहाको जस्तो व्यक्तित्व छ, त्यो सुहाउादो पेसा पनि छ ।’

केही अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनमा विज्ञापन गरेकी स्नेहा अभिनय तथा कला क्षेत्रमा पनि उत्तिकै रुचि राख्छिन् । पियानो बजाउन र नाटकमा अभिनय गर्न रुचाउने स्नेहाले गीत रेकर्ड समेत गरेकी छिन् । सर्वेक्षणको क्रममा शारीरिक सुन्दरतालाई मेन्टेन गरिराख्न सफल भएकाले पनि उनको प्रशंसा गरिएको थियो ।

रामकुमारी झाँक्री

नेकपा एमाले निकटस्थ विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झााक्री पनि आकर्षक महिलाको सूचीमा पर्न सफल भइन् । अनेरास्ववियुको इतिहासमै उनी पहिलो महिला अध्यक्ष हुन् । २०३५ जेठ १० गते गुल्मी म्यालपोखरी-१ पुर्कोटमा जन्मिएकी रामकुमारी प्रतिगमन विरुद्धको जनआन्दोलनमा सक्रिय हुने क्रममा प्रहरीको कुटाइका कारण अस्पताल पुगेपछि अझ चर्चामा आएकी थिइन् । ‘रामकुमारी झाँक्री एउटा गजबको फिजिकल अपिरियन्स हो’ वरिष्ठ पत्रकार किशोर नेपालले झाँक्रीको खुलेर प्रशंसा गर्दै भने- ‘नेतृत्वका निम्ति मात्र होइन् एग्रेसिभ नेचरका लागि पनि उनको फिजिकल अपिरियन्स सुहाउादो छ ।’ वरिष्ठ पत्रकार नेपालले झाँक्रीको शारीरिक बनावट पनि उत्तिकै आकर्षक भएको बताए । एसएलसीपछि उनी नर्स बन्न काठमाडौं आए पनि राजधानीको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि उनले राजनैतिक जीवनमै क्यारियर विकास गर्ने निर्णय लिइन् । वरिष्ठ पत्रकार नेपालले राजनैतिक नेतृत्वका निम्ति उनलाई बलियो आत्मविश्वासले साथ दिएको बताए ।

नम्रता श्रेष्ठ

फरक धारका नेपाली चलचित्रका लागि नयाँ अनुहार चाहिरहेको बेला नम्रता श्रेष्ठ उदाएकी थिइन् । आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ तथा सुदर्शन थापा निर्देशित ‘मेरो एउटा साथी छ’- दुवै चलचित्रमा नम्रताको सुन्दरतालाई नेपाली दर्शकले औधी मन पराए ।

सानो कद भए पनि उनको लोभलाग्दो सौन्दर्य सबैका निम्ति चर्चायोग्य रह्््््यो । त्यसो त नम्रता मोडलिङबाटै सबैको आकर्षणमा परिसकेकी थिइन् ।

सफा अनुहार, आकर्षक शारीरिक बनौट एवं मीठो मुस्कान नम्रताको सौन्दर्यका प्रमुख पक्ष हुन् । ‘उनी राम्री भएकीले जस्तो पहिरनमा पनि आकर्षक देखिन्छिन्,’ कोरियोग्राफर एवं मोडल प्रशान्त ताम्राकार भन्छन्- ‘चलचित्रमा उनको उपस्थितिले भिन्न पहिचान दिएको छ, उनको अभिनय शैली पनि उत्कृष्ट छ ।’ फेसन डिजाइनर राजेश धाख्वाले नम्रतामा ग्लामरस लुक्स भएकाले उनी नेपाली चलचित्र उद्योगका निम्ति सधैं आवश्यक कलाकार भएको बताए ।

सौन्दर्यका दृष्टिकोणले नम्रताको बयान गरेर साध्य नभएको सर्वेक्षणका सहभागीहरूले बताएका थिए । नम्रतामा कुनै पनि कुरा छिटो टिप्न सक्ने खुबी छ, जुन अन्य कलाकारमा छैन, निर्देशक आलोक नेम्वाङ भन्छन्- ‘उनी ब्युटि मात्र होइन, ट्यालेन्ट पनि छिन् ।’

पेसाले आरजे नम्रता हाल रेष्टुरेन्ट व्यवसायमा पनि संलग्न छिन् । उनी चाँडै नै लागूपदार्थ दुव्र्यसनीका विरुद्ध निर्माण हुन लागिरहेको एक चलचित्रमार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् । विवादास्पद अश्लील भिडियो भने नम्रताको जीवनको अँध्यारो पाटोका रूपमा देखा पर्‍यो ।

माल्भिका सुब्बा

सन् २००२ को मिस नेपाल उपाधि जित्न सफल माल्भिका सुब्बा नेपाली मिडिया पर्सनालिटिहरूमध्ये सबैभन्दा रुचाइएकी व्यक्तित्व हुन् । मिस नेपालको उपाधि हात पारे पनि अन्य सुन्दरीहरू झैं अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुन नपाएकी माल्भिकाको सौन्दर्यको प्रशंसा भने धेरैले गर्छन् । माल्भिका ‘मिस नेपाल भनेर घमण्डसाथ चिनाउन सकिने व्यक्तित्व हुन्’ निर्देशक आलोक नेम्बाङले भने- ‘उनी शारीरिक रूपमा सुन्दर त छँदैछन्, उनको तेज दिमागले उनलाई बौद्धिक व्यक्तिको ट्याग पनि लगाइदिएको छ ।’

लामो समय कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा कार्यरत रहेकी माल्भिकालाई त्यसबेला पनि दर्शकले अत्यधिक मनपराएका थिए । उनको मिलेको शारीरिक बनावटमा लोभलाग्दो वाकपटुताको संयोग सबैभन्दा आकर्षक पक्ष मानिन्छ । विभिन्न विज्ञापन तथा प्रोमोमा प्रस्तुत हुने क्रममा दर्शक उनीप्रति अझ आकषिर्त भए । माल्भिकामा एक प्रकारको अपिलिङ छ जुन अन्य सुन्दरीमा पाइँदैन । उनको पर्सनालिटी बोल्ड भएकाले कतिपय मानिसहरू टाढैबाट उनको सौन्दर्यको परख गर्छन् ।

गायक राजेशपायल राई भन्छन्- ‘उनी शारीरिक रूपमा मात्र सुन्दर छैनन् बौद्धिक रूपमा पनि उत्तिकै सुन्दर छिन् ।’

मञ्जुश्री थापा

नेपाली परिवेशलाई अंग्रेजी साहित्य मार्फत अन्तराष्ट्रिय जगतमा परिचित गराउन मञ्जुश्री थापाको ठूलो योगदान छ । कुशल लेखिका मञ्जुश्री थापाका द ट्युटर अफ हिस्ट्री, फर्गेट काठमाडौं र टिल्ड अर्थ जस्ता लोकपि्रय पुस्तक प्रकाशित छन् । आकर्षक शारीरिक बनावटकी मञ्जुश्री थापाको मीठो मुस्कान सबैभन्दा आकर्षक पक्ष मानिन्छ । जीवनमा कहिल्यै लेखक बन्ने सपना नदेखेकी मञ्जुश्री काठमाडौंमा जन्मिएर क्यानाडामा हुर्किएकी थिइन् । राजा ज्ञानेन्द्रले राजसत्ता हातमा लिएको समयमा मन्त्री बनेका राजाका पि्रयपात्र बुबा भेषबहादुर थापाभन्दा पृथक विचार राखेर प्रतिगमनका विरुद्ध लोकतन्त्रको पक्षमा उत्रनु पनि मन्जुश्रीको लोकपि्रयता बढ्ने अर्को कारण थियो । प्रतिगमन विरुद्धको आन्दोलनमा उत्रने क्रममा प्रहरीले उनको गोरो शरीरमा नीलडाम बस्ने गरी लाठो बर्साएको थियो । त्यसपछि फर्गेट काठमाडौंकी सर्जक इस्केप काठमाडौं भन्दै निर्वासन हुने निर्णयमा समेत पुगेकी थिइन् । ठूला आँखा र गोलो अनुहारकी मञ्जुश्री धेरैका निम्ति आकर्षक व्यक्तित्व हुन् । ‘उनलाई देख्नेहरू उनको प्राकृतिक सुन्दरताबाट मोहित हुन्छन्’ गीतकार एवं सञ्चारकर्मी रमण घिमिरे भन्छन्- महिलाहरू श्रृंगारभन्दा सिर्जनाले बढी आकर्षक हुन्छन् भन्ने राम्रो उदाहरण हुन् मञ्जुश्री थापा ।’

करिश्मा मानन्धर

‘पर्दामा देखिने करिश्माटिक छवि कलाकारको गहना हो । एउटी नायिकाले लामो समयसम्म यो छवि धान्न्ा सक्छिन् भने उनी महान् कलाकार हुन् ।’ अंग्रेजी चलचित्रकी नायिकाको प्रसङ्गमा हलिउड निर्देशक स्टेफन स्टिलवर्गको यो भनाइ नेपाली नायिका करिश्मा मानन्धरमा पनि लागू हुन्छ । २५ वर्षअघि ‘सन्तान’ चलचित्रमा करिश्मा जुन सौन्दर्यका कारण छानिएकी थिइन्, आज पनि उनको सौन्दर्यमा त्यही मोहनी छ ।

राजनीतिका प्रख्यात नेतादेखि आमव्यक्तिले एउटा नेपाली अभिनेत्री सम्झनुपर्‍यो भने करिश्मालाई नै सम्झन्छन् । ‘मायालु’ चलचित्र सफल भएपछि लगातार पहिलो नम्बरकी कलाकार मानिइएकी करिश्माले २ सय चलचित्रमा काम गर्दा अभिनयमा जुन प्रौढता प्राप्त गरेकी छन्, त्यो प्रौढता अरू कलाकारमा पाउन कठिन छ ।

केही अघि कान्तिपुर पब्लिकेसन्सको नारी मासिकसँग करिश्माले भनेकी थिइन्, ‘मेरो बाह्य सौन्दर्यको तुलनामा आत्मसम्मानको सौन्दर्य त्योभन्दा माथि छ ।’ करिश्मा श्रीमान् विनोद मानन्धर र छोरी कवितासँग हात्तीवनस्थित चलचित्रको स्टुडियोझैं लाग्ने निवासमा बसोबास गर्छिन् । साप्ताहिकको सर्वेक्षणमा मत दिने अधिकांश व्यक्तिले करिश्माको सौन्दर्य र आत्मसम्मानको प्रशंसा गरे । वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘करिश्माको पर्सनालिटी डिग्निफाइड छ, त्यो अन्य अभिनेत्रीमा पाउन मुस्किल छ ।’

रविना जोशी

बैंकिङक क्षेत्रमा माथिल्लो पदमा पुग्ने थोरै महिलामध्येकी एक हुन्- रविना जोशी । हाल मेघा बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत रविनाले बैंकिङ क्यारियरमा लामो अनुभव हासिल गरिसकेकी छिन् । बैंकको तल्लो तहदेखि माथिल्लो तहसम्मको यात्रा तय गर्ने रविनाले पुरुष सरह महिलाले पनि बैंकिङ नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गरेकी छिन् ।

उत्कृष्ट शारीरिक सौन्दर्य उनको अर्को आकर्षक पक्ष हो । फेसन डिजाइनर राजेश धाख्वा, ग्लामर फोटोग्राफर राजीव श्रेष्ठ तथा नायक राजवल्लभ कोइरालाले उनको आकर्षक सौन्दर्यको खुलेर प्रशंसा गरे । साप्ताहिकको सर्वेक्षणका क्रममा राम्रो मत पाएकी रविना सबै दृष्टिकोणले पर्फ]{ट भएको सबैको प्रतिक्रिया थियो ।

खासमा रविना अल्टरनेटिभ हिलिङ प्राक्टिसेजकी ज्ञाता हुन् तर नेपालमा यस क्षेत्रमा अवसर नपाएपछि उनी बैंकिङ क्षेत्रमा तानिएकी थिइन् । ‘रविना महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने बलियो उदाहरण हुन्’ नायक राजवल्लभ कोइरालाले भने- ‘उनी बैंकिङ प्रोमोसनका लागि उत्कृष्ट पोलिसीका लागि पनि पर्फ]{ट छिन् ।’ व्यावसायिक रूपमा उनलाई निकै सफल मान्नेहरू पनि छन् । प्रभात रिमाल भन्छन्- ‘उनी सफल बैंकर्स, ब्युटिफुल वुमन र राम्रो सिंगर समेत हुन् ।’

उनी गायन र नृत्यकलामा पनि पोख्त रविनाले यसलाई सौखका रूपमा लिएकी छिन् । सरल व्यवहारमा प्रस्तुत हुने भएकाले पनि उनी सबैमाझ पि्रय छिन् । १७ वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी रविना दुई सन्तानकी आमा हुन् । सौन्दर्य र व्यासायिक जीवनलाई सन्तुलित ढंगले डोर्‍याउन सफल रविना अहिले पनि उत्तिकै आकर्षक देखिन्छिन् ।

रेखा थापा

नायिका रेखा थापा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । नेपालकी नम्बर वान नायिकाको छवि बनाएकी रेखाको सामान्य क्रियाकलाप पनि चर्चायोग्य बन्छन् । नायिकाका रूपमा जम्ने क्रममा पुरानो पुस्ता सहजै किनारा लागेपछि रेखाको चर्चा बढ्दै गएको थियो । चलचित्रमा साडी लगाएका नायिकाको विकल्पमा रेखा थापा सुहाउँदो छोटो पहिरनमा बोल्ड-रोमान्टिक नायिकाका रूपमा भित्रिएकी थिइन् । ‘सेक्सि देखिन नांगिनु पर्दैन भन्ने उदाहरण रेखा थापाले प्रस्तुत गरिन्’, एक चलचित्रकर्मीले भने- ‘समय सुहाउँदो ग्लामर दिएकै कारण उनी नम्बर वान नायिका भइन् ।’

८ वर्षअघि चलचित्र ‘हिरो’बाट नेपाली रजतपटमा भित्रिएकी रेखाले अहिलेसम्म ६० भन्दा बढी चलचित्रमा नायिकाका रूपमा अभिनय गरिसकेकी छिन् । ‘रेखा थापा आकर्षक त छँदैछिन्, उनले चलचित्रमा काम गरेर बाँच्न सकिन्छ भन्ने समेत पुष्टि गरिन्,’ सर्वेक्षणका क्रममा गायक राजेश पायल राइले भने- ‘नेपाली चलचित्र उद्योगमा हिम्मतिली नायिकाका रूपमा पनि उनको परिचय छ ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: