शब्दचित्रमा सभापति कोइराला

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहवसान भएको छ। वि.सं. १९८१ असार २ गते जन्मनु भएका सभापति स्व. कोइराला २०६६ साल चैत ७ गते शनिबार दिउँसो १२ बजेर ११ मिनेट जाँदा कोइरालाको देहवसान भएको हो।

राणा प्रधानमन्त्री चन्द्र शम्सेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित देश निकाला गरेपछि ४५ जनाको परिवारसहित भारतको बनारस निर्वासनमा पुगेको कोइराला परिवार वि.सं. १९७५ मा बिहार, सहरसा, टेडी, भारत पुगेको थियो। त्यहीँ जन्मनु भएको थियो नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ।

गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला मातापिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो। र उहाँहरुको सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो।

कोइराला परिवारको आयस्रोत खेतीपाती थियो। चन्दशम्सेरको मृत्युपछि पिता कृष्णप्रसाद कोइराला वि.सं. १९८६ मा विराटनगर फर्कनु भयो। त्यतिबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो। पछि वि.सं. १९०३ साल असोज २ पिता कृष्णप्रसाद कोइरालाले राणा शासन विरुद्ध विराटनगरबाट जनताका थोत्रा कपडा हुलाकमार्फत पठाएपछि राजविद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित पूर्ण देश निकाला गरेको थियो।

पिता कै प्रेरणाबाट राणा शासन विरोधी भावना जन्मिएको थियो सभापति गिरिजाप्रसाद कोइारालामा । त्यसैले उहाँ २३ वर्षको उमेरदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो। २३ वर्षको उमेरमा नै विराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो। गिरिजाप्रसाद कोइरालाले । सन् १९४८ मा त उहाँ नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्न भयो। सन् १९५२ देखि १९६० सम्म नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति बन्नु भएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी ७ वर्ष सम्म जेल हालियो। उहाँले त्यतिबेला जेलमा नै २१ दिने भोकहड्तालसमेत गर्नुभयो।

जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि विपीसँगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो। सन् १९७५ देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते विपी कोइरालाको निधनपछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो।

२०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो। त्यसपछि २०५३ साल बैषाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको ९ औं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो। २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो। सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुनः पार्टी सभापतिमा निर्वाचित हुनभयो। २०६२ साल भदौ १४ गतेदेखि १७ सम्म ललितपुरमा भएको ११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुनः निर्वाचित हुनुभयो।

जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। दिल्लीमा भएको बाह्र बुँदे समझदारीदेखि शान्ति सम्झौता हुँदै नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको छ ८७ वर्षीय कोइरालाको। नेपाली प्रजातान्त्रिक आन्दोलनमा अग्रज तथा पहिलो विराटनगर मजदुर आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले निरंकुश राणा शासन विरुद्ध पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभयो कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० वर्ष लामो युद्ध गरेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो। संसँरमै शाम्यवादी आन्दोलन शंकटमा रहेको चर्चाकाबीच पनि कोइरालाले शसस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ।

२०४६ को जनआन्दोलपछि नेपालमा कम्युनिष्टप्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिष्ट विरोधीको रुपमासमेत चर्चामा थियो। २०४६ सालको जनआन्दोलनपछि दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो।

माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चिनुनुभयो। तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो। युद्धकालमै माओवादीसँग राजतन्त्र विरुद्ध सहमति गरेपछि नेपाली कांग्रेसभित्रैसमेत कोइरालाको कडा आलोचना भयो। तर कोइरालाको व्यक्तित्व अगाडी त्यो विरोध गौढ बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाई गर्नुभएको थियो। राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइरालाले नेपाली राजनीतिको केन्द्र भागमा हुनुहुन्छ।

८६ वर्षीय कोइराला विगत लामो समयदेखि अस्वस्थ हुँदै आए पनि नेपाली राजनीतिप्रति उहाँ अत्यन्तै चिन्तित हुनुहुन्थ्यो। उहाँ पटक-पटक भावुक बन्ने गर्नुहुन्थ्यो। वर्तमान राजनीतिक परिस्थिति देखेर उहाँ चिन्तित हुनुहुन्थ्यो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: