ढुङ्गा हान्न खप्पिस भए


दक्ष प्राविधिज्ञ बन्न प्राविद्यालय गएँ
तर संगत राजनीतिको भयो राजनीतिज्ञ भएँ
पदको सपथ मैले जिन्स पाइन्टमा खाएँ
कक्षामा म गइन तर बैठक र सेमिनारमा गएँ

कक्षामा विद्यार्थी हुन्थे तर सडकमा नारा सिकाउने शिक्षक बन्थे
फिल्म हलमा म दर्शक हुन्थे तर सडकमा द्वन्द्व सिकाउने निर्देशक बन्थे
क्याम्पसमा भन्दा बढी म प्राक्टिकल सडकमा गर्थे
टाएर बाल्थे अनि यसको भौतिक र  रासायनिक प्रतिक्रिया लेख्थे

प्लवनको सिद्धान्त हैन आन्दोलनको नियम मान्थे
हातमा कलककापी हैन सिसीको बोतल र इटा बोक्थे
ल्याटरलसिफ्ट र प्रकाश परावर्तनको एंगल नाप्न जान्दैन थे
तर टाउकोमा बजारिने लाठीको एंगल नाप्थे

क्याम्पसमा भन्दाबढी प्रविधि सडकमा चल्दथे
अशुल ग्यासको प्रहारले कक्षामा प्राक्टिकल सम्झन्थे
आन्दोलनकारीहरु विनाश र विधोसात्मक क्रिया गर्दथे
सुरक्षाकर्मीहरु न्युटनको चालसम्बन्धि तेस्रो नियमा लाउथे

क्रिया र प्रतिक्रियाले धेरै घटना स्थलमा हुन्थे घाइते
किन भने सुरक्षाकर्मीको लाठी बज्रन्थ्यो काइते काइते
दिनानुदिन प्राक्टिकल सडकमा खालिछैन एक दिन पनि
सोचिबस्दा रहेछन नेता भोलि आन्दोलन कुन ठाउँमा गर्ने

कक्षामा पढाउँदा गाडीको गति र प्रवेग थाहा पाउँदैन थे
तर आन्दोलनमा प्रहरीको गाडीको गति चालपाई कुलेलाम ठोक्थे
जन विद्रोह र चक्काजाम गर्न नेता विद्यार्थीलाई फकाईफुलाई लान्थे
संघर्ष चर्कन थालेपछि भुडी दुख्यो भनि ट्वाइलेटतिर पस्थे

अशुल ग्यासको अब्जरभेशन र प्रोपर्टिज थाहा पाउन गएछु सडकमा
मेरा पनि टाउको फुटेछ यसपालीको आन्दोलनमा
तीनचार ठाउँ सिलाई अनि केमिकल रियाक्सन टाउकोमा
एकैछिन फिजिकल अब्जेटमा सुताई पुर्‍याएछन वीर अस्पतालमा

देशको स्थिति यस्तै छ कहाँ राम्रो
पढ्नेभन्दा बढी चक्काजाम गर्ने बानीपरिसक्यो हाम्रो
देशको विकास गर्छु भनेको  विनाशकारी भए
प्राविधिज्ञ बन्न शहर छिँरे तर ढुंगा हान्न खप्पिस भएँ
दिपक बस्नेत

3 Responses

  1. Ramro ,chha, Dherai, Dherai, Bange Gareko

  2. very good poem . But it isn’t telling anything where does the leaders pushing the country to . thank you

  3. It’s So Nice

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: