विस्केट जात्रा सुरु भएकै दिन बेताल भाँचियो


२०६६ सालको बिस्केटजात्राको प्रारम्भसँगै भैरवनाथ र भद्रकालीको रथ तान्न थालिएको छ । आठ रात नौ दिनसम्म मनाइने जात्राको पहिलो दिन चैत २८ गते शनिबार भैरबनाथको पूजाअर्चना पछि सुरु भएको हो । विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिन अघिदेखि प्रारम्भ गर्ने परम्परा छ । त्यसैअनुरुप पाँचतले मन्दिर प्राङ्गणमा रहेको भैरवको मुल मूर्तिमा नाइकेहरुले तान्त्रिक विधिअनुरुप पूजार्चना गर्नुभयो । रथमा भैरवलाई राखेपछि पाँचतले र भैरव मन्दिर प्राङ्गण तौमढीबाट रथ तान्न सुरु भएको थियो । तौमढीबाट तल र माथिका बासिन्दाले रथ तान्न सुरुगरेको एकघण्टापछि रथलाई माथिका बासिन्दाले तानेर सुकुलढोका पुर्‍याएका छन् । तल र माथिका बासिन्दाले रथ तान्दा जतातिर तान्न सक्यो त्यही टोलले विजय हासिल गर्ने र त्यो टोलका बासिन्दाको उन्नति हुने जनविश्वास छ । रथ तान्नेक्रममा हरेक वर्ष ढुङ्गा हानाहान गर्ने प्रचलन रहेको छ । रथ तान्नेक्रममा शनिबार पहिलो दिन रथको बेताल भाँचिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: