रंगअनुरूप व्यक्तित्व


रातोः रातो रंग दृढ जीवन शक्तिको परिचायक हो । रातो रंग रुचाउनेहरू जीवनका प्रत्येक क्षेत्रमा सफल हुन्छन् । रातो रंग रुचाउनेहरू प्रेरक, उत्साही एवं ऊर्जावान् हुन्छन् । आकर्षणको केन्द्र बनिरहने चाहना हुने भएकाले रातो रंग रुचाउनेहरू अरूको भावनाप्रति त्यति उत्साही हुँदैनन् । त्यसैले आफूलाई राम्रो श्रोता बनाउने प्रयास गर्नु उपयुक्त हुन्छ । यदि रातो रंग तपाईलाई मनपर्ने रंग हो भने तपाई यौवन तथा श्रृंगारका मामिलामा पनि उत्तिकै रुचि राख्नुहुन्छ । तपाईले आफ्नो ऊर्जालाई रचनात्मक कार्य, नेतृत्व एवं विकासमा प्रयोग गर्नु राम्रो हुन्छ । तपाई साहसी एवं बहिर्मुखी हुनुहुन्छ यद्यपि अनुकूल परिस्थिति भएन भने तपाईमा रिस हाबी हुन्छ । त्यसैले धैर्यता कायम राख्नुपर्छ ।


गुलाबीः यदि तपाईलाई मनपर्ने रंग गुलाबी हो भने तपाई स्नेही प्रवृत्तिको हुनुहुन्छ । तपाई उँदार एवं समझदार पनि हुनुहुन्छ । तपाईमा इच्छाशक्तिको कमी छैन तर भावनात्मक सम्बन्धमाथि नियन्त्रण राख्ने कुरामा भने तपाईकमजोर हुनुहुन्छ । तपाई स-साना कुरामा पनि कसै न कसैको सहयोगको अपेक्षा राख्नुहुन्छ । तपाईको व्यवहारमा केटाकेटीपन झल्कन्छ । तपाईले आफ्नो क्षमतामाथि विश्वास गर्न सिक्नुपर्छ र स्वयंलाई प्रेम एवं विश्वास गर्न पनि ।

पिच ः व्यावहारिकता एवं रचनात्मकताको परिचायक भएकाले यो रंग रुचाउनेहरू योग्य एवं क्रियाशील हुन्छन् । यद्यपि यिनमा धैर्यताको कमी भने पाइन्छ । त्यस्ता व्यक्ति स्वतन्त्र, संस्थापक एवं स्वप्रवृत्तिका हुन्छन् । अरूमाथि हाबी हुने उनीहरूको चाहना हुन्छ । गाढा पिच रंग रुचाउनेहरू भने कुण्ठित स्वभावका हुन्छन् ।

पहेंलोः यदि तपाईलाई मनपर्ने रंग पहेंलो हो भने तपाईको व्यक्तित्व रोचक एवं प्रेरक छ । तपाई क्रियाशील पनि हुनुहुन्छ । जीवनका प्रत्येक चुनौती सामना गर्न सक्ने क्षमता तपाईमा छ । गाढा पहेंलो रंगले सहजता तथा सञ्चारलाई प्रतिनिधित्व गर्छ । पहंेलो रंग मन पराउनेहरू क्रियाशील, प्रेरक एवं खोज प्रवृत्तिका हुन्छन् । अधिक खुसी पाउने आशा तथा इच्छा राख्ने भएकाले यिनीहरूमा समर्पणको आवश्यकता पर्छ ।

हरियोः हरियो रंग मन पराउनेहरू जीवनप्रति सचेत हुन्छन् र अरूमाथि चाँडै विश्वास पनि गर्दैनन् । जीवनको निरीक्षक भए पनि आफ्नो क्षमता र पहुँचभन्दा बाहिरका कुराको कल्पना यिनीहरू गर्दैनन् । परिस्थिति एवं समस्यामाथि काबु पाउन स्वयं दुःख झेल्ने प्रवृत्ति यिनमा पाइन्छ । भावुक हुने भएकाले कुनै पनि कुरालाई विस्तारपूर्वक हेर्न मन पराउँछन् । हरियोसँग पहेलो, कालो कुनै पनि कुरालाई विस्तारपूर्वक हेर्न मन पराउँछन् । हरियोसँगै अरू रंगको मिश्रणले आशावादी विचार उत्पन्न गर्न सहयोग गर्छ ।

हल्का नीलोः यदि तपाईलाई मनपर्ने रंग हल्का नीलो हो भने तपाई रचनात्मक, ग्रहणशील एवं भावुक प्रवृत्तिको हुनुहुन्छ । तपाई जीवनप्रति काल्पनिक एवं व्यावहारिक दुवै दृष्टिकोण राख्नुहुन्छ । तपाईको प्रयास विश्लेषणात्मक हुन्छ । यद्यपि कुनै पनि समस्या समाधानका लागि तपाईले तथ्य कुराको आधार लिंदा राम्रो हुन्छ । तपाई कुनै पनि कार्य समय मिलाएर बिनाहतार गर्न रुचाउनुहुन्छ । तपाईसुरक्षित, शान्त एवं प्राकृतिक वातावरण बढी रुचाउनुहुन्छ ।

गाढा नीलो ः यदि गाढा नीलो रंग मन पराउनुहुन्छ भने तपाई योग्य, आत्मनिर्भर एवं गहन विचारधारायुक्त हुनुहुन्छ । तपाई आत्मनिर्भर त हुनुहुन्छ नै साथै अरूको दायित्व पनि आफैं उठाउनुहुन्छ र निर्णय लिनमा पनि रुचि राख्नुहुन्छ । तपाई आफू वरपर शान्त वातावरण चाहनुहुन्छ जहाँ भय, सहृदय एवं आत्मीयता होस् । हल्ला गर्ने व्यक्तिहरू तपाईलाई मन पर्दैनन् । नीलो-हरियो मिश्रण तपाईको स्वास्थ्यका लागि अनुकूल हुन्छ ।

बैगनी ः बैगनी रंग रुचाउनेहरू संवेदनशील एवं दयालु प्रवृत्तिका हुन्छन् । अतः मित्रता गाँस्ने बेला समान प्रकृतिका व्यक्ति नछान्नु नै राम्रो हुन्छ । यदि तपाई खुसी रहन चाहनुहुन्छ भने तपाईको आवश्यकता र महत्त्व हुने ठाउँमै काम गर्नु उपयुक्त हुन्छ । मजेन्टा रंगले तपाईमा आत्मविश्वास बढाउने कार्य गर्छ ।

पर्पल ः यो रंग मन पराउने व्यक्ति अन्तदर््रष्टा, विचारवान् एवं ग्रहणशील हुन्छन् । कम महत्त्वको वस्तु वा कुराले तपाईलाई प्रभावित गर्दैनन्, अतः तपाई ती कुरालाई त्यति महत्त्व दिनुहुन्न । तपाई धैर्यतापूर्वक सुन्ने बानी बढाउन सके राम्रो हुन्छ । आफ्नो व्यक्तिगत एवं आध्यात्मिक आवश्यकताप्रति संवेदनशील हुनु पनि आवश्यक छ । योग एवं ध्यान यस्ता व्यक्तिलाई बढी लाभदायक हुन्छ ।

सेतो ः यदि सेतो रंगसित बढी लगाव छ भने तपाई सकारात्मक, सन्तुलित एवं आशावादी हुनुहुन्छ । तपाईलाई एकान्त मनपर्छ । तपाई साधारण जीवनशैली अपनाउनुहुन्छ । यद्यपि आफ्नो पहिचान बनाउन तपाई सफल हुनुहुन्छ । खुला विचार एवं स्पष्ट संवाद तपाईका लागि हितकर छ ।

खैरोः यो रंग मन पराउने व्यक्ति आत्मकेन्दि्रत एवं स्वनियन्त्रण प्रवृत्तिका हुन्छन् । तनाव एवं अतिसार महसुस गर्ने भएकाले यस्ता व्यक्ति निस्त्रिmय रहने सम्भावना हुन्छ । यिनले आराम र विश्रामलाई प्राथमिकता दिनु राम्रो हुन्छ । निणर्ायक हुने स्वभाव तथा आलोचनात्मक प्रवृत्ति यस्ता व्यक्तिमा हाबी हुन्छ ।

खाकी ः यो रंगप्रति लगाव हुनेहरू इमान्दार एवं व्यावहारिक हुन्छन् । यिनीहरू भोजनका सौखिन हुनुका साथै भावुक स्वभावका पनि हुन्छन् । यो रंगले व्यक्तिमा सुरक्षा एवं विश्वास सञ्चार गर्छ ।

कालोः यदि कालो रंग मन पराउनुहुन्छ भनेतपाईदृढ इच्छाशक्तियुक्त विचारवान् एवं आत्मनिर्भर हुनुहुन्छ । यस्ता व्यक्तिको आत्मा नियन्त्रित रहन्छ । जिम्मेवार व्यक्तिमा हुनुपर्ने गुण तपाईमा विद्यमान छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: