द. कोरिया र अर्जेन्टिनाले जिते, अमेरिका-इङ्ग्ल्याण्ड बराबरी


विश्वकप फुटबल अन्तर्गतको दोस्रो दिन शनिबार तीन प्रतिस्पर्धा भयो । जसमा अर्जेन्टिना र दक्षिण कोरियाले जीत हासिल गरेका छन् भने इङ्ग्ल्याण्ड र अमेरिकाबीचको खेल बराबरीमा समाप्त भएको छ।

दोस्रो दिनको तेस्रो तथा अन्तिम प्रतिस्पर्धा इङ्ग्ल्याण्ड र अमेरिकाबीच दक्षिण अफ्रीकी सहर रस्टेनबर्गमा खेलाइएको थियो । जहाँ दुवै टीमले एक एक गोल गरेर खेललाई बराबरीमा राखे ।
यसअघि शनिबार नै दुई प्रतिस्पर्धा भएको थियो । जसमा अर्जेन्टिनाले नाइजेरियालाई १-० ले पराजित गरेको थियो भने दक्षिण कोरियाले ग्रीसलाई २-० मा हराएको थियो ।

शनिबारको तेस्रो तथा अन्तिम खेलमा इङ्ग्ल्याण्डले सुरुको चौथो मिनेटमै हेस्कीको पासमा स्टीवन जेरार्डले गोल गरेका थिए । यसपछि वेन रुनी, फ्रैंक लैम्पार्ड र जेरार्डले अमेरिकामाथि लगातार प्रहार गरे पनि गोल गर्न भने सकेनन् । अमेरिकी गोलकिपर टिम हावर्डको शानदार प्रदर्शनका कारण अमेरिका थप गोल खानबाट बचेको थियो । हावर्डको शानदार प्रदर्शनका कारण उनलाई म्यान अफ द म्याचनको उपाधिसमेत प्रदान गरियो ।
इङ्ग्ल्याण्डले पहिलो गोल गरेर हाफ टाइमपछिको खेल सुरु मात्र भएको थियो अमेरिकाका के डेप्सीले जवाफी गोल गरे । यसपछि अन्त्यसम्म गोल बराबरी रह्यो । प्रतियोगिताका क्रममा इङ्ग्ल्याण्डले ९ पटक गोल गर्ने प्रयास गरेको थियो । जबकि अमेरिकाले यस्तो प्रयास ५ पटक मात्र गर्न सक्यो ।
यता विश्वकप फुटबलको दोस्रो दिन दोस्रो खेलका रुपमा मैदानमा उत्रिएका अर्जेन्टिनाले प्रतिद्वन्द्वी नाइजेरियालाई १-० ले पराजित गरेको छ। नाइजेरियाले अर्जेन्टिनालाई जबरजस्त टक्कर दिए पनि मैदानमा अर्जेन्टिना नै हावी रह्यो । यस क्रममा संसारभरका खेलप्रेमीहरुको आँखा भने यस टिमका प्रशिक्षक फुटबलका महानायक डिएगो म्याराडोनामाथि थियो । उनको नेतृत्वमा कयौ प्रश्न उठाइएको थियो तर जीतका साथै उनले आफ्नो नेतृत्व सफल रहेको प्रमाणित गरेका छन् ।
आशा गरेअनुसार नै अर्जेन्टिनाले राम्रो खेल प्रदर्शन गरेको थियो । खेल सुरु भएको छैठौ मिनेटमै ग्रबिएलले गोल गरेका थिए । यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन ।
यसअघि खेलिएको खेलमा दक्षिण कोरियाले ग्रीसलाई ० का विरुद्ध दुई गोल गर्‍यो । यद्यपि विश्वकममा दक्षिण कोरियालाई ठुलो दावेदार मानिएको छैन । तर सन् २००२ को विश्वकपमा दक्षिण कोरियाली टिम सेमी फाइनलसम्म पुगेको थियो । ग्रीसले भने युरो २००४ को उपाधिसमेत जितिसकेको थियो ।
विश्वकप अनुभवको कुरा गर्ने हो भने दक्षिण कोरियाको यो आठौ विश्वकप हो । तर, ग्रीस भने दोस्रो पटक मात्र विश्वकपमा भाग लिइरहेको छ। mr.deepakbasnet@ymail.com/12 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: