पहिलो दिनको दुवै खेल बराबरी


विश्वकपको पहिलो दिनको दुवै प्रतिस्पर्धा बराबरीमा सकिएको छ। दक्षिण अफ्रीका र म्याक्सिकोबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो खेल फ्रान्स र उरुग्वेबीचको खेल पनि गोलरहीत बराबरीमा सकियो । पहिलो प्रतिस्पर्धा जोहानेसबर्गमा भएको थियो भने दोस्रो खेल केपटाउन सहरमा भएको थियो ।

फ्रान्स-उरुग्वेबीचको प्रतिस्पर्धा

विश्वकपको पहिलो दिनको दोस्रो प्रतिस्पर्धा शुक्रबार दक्षिण अफ्रीकी सहर केपटाउनमा भएको थियो । जसमा करिब ६४ हजार दर्शक निराश बनेर घर फर्के । किनकी दुवै टिमले कुनै गोल गर्न सकेनन् । यद्यपि फ्रान्सले स्पर्धाको पुरा समय आक्रामकता प्रदर्शन गरेको थियो । र गोल गर्ने कयौ अवसर पनि पाएको थियो । तर बल गोलपोष्टभित्र जान सकेन ।
यता उरुग्वेले पनि निकै राम्रो खेल प्रदर्शन गरेको थियो । कयौ पटक निशाना सांधेको पनि थियो तर सफलता हात पार्न सकेन । उरुग्वेले तीन पटक गोलपोष्टमा आक्रमण गरेको थियो तर तीनै पटक असफलता हात लाग्यो ।
सामान्यतः फ्रान्सले उरुग्वेभन्दा राम्रो खेल प्रदर्शन गरेको थियो । दुवै टीम कडा संघर्षबाट विश्वकपका लागि छनोट भएका थिए । मैदानमा पनि शुक्रबार त्यही देखियो ।
दक्षिण अफ्रीका-म्याक्सिकोबीचको स्पर्धा
विश्वकपको पहिलो खेल दक्षिण अफ्रीका र म्याक्सिकोबीच जबरजस्त टक्करका बीच १-१ गोलको बराबरीमा सकियो । एक गोलको अग्रतामा दक्षिण अफ्रीकाले जित हासिल गर्ने आशालाई निराशामा परिणत गर्दै रफैल मारकेसले खेल सकिनु १२ मिनेटअघि गोल गरेर दक्षिण अफ्रीकालाई बराबरीमा रोकेका थिए ।र, यसरी निर्धारित डेढ घण्टाको समयमा दुवै टीम १-१ गोलमा सीमित भए । यद्यपि पुरै खेलमा म्याक्सिको हावी भएको थियो ।
यसअघि दक्षिण अफ्रीकाका सिफीवे त्शाबलाला विश्वकप २०१० मा पहिलो गोल गर्ने खेलाडी बनेका छन् ।
पहिलो गोल
पहिलो हाफमा दुवैमध्ये कुनै पनि टीमले गोल गर्न सकेको थिएन । हाफपछि जसै खेल सुरु भयो दक्षिण अफ्रीकाले पहिलो गोल गरेर बाजी मार्‍यो । दोस्रो हाफको खेल सुरु भएको ९ मिनेट मात्र भएको थियो । कि ५४औ मिनेटमा दक्षिण अफ्रीकाका खेलाडीको हौसला बढ्यो । र, दोसो हाफपछिको खेलमा खेलमा सुधार ल्याउंदै बलमा आफ्नो पकड जमाए ।
तर दक्षिण अफ्रीकालाई त्यतिबेला निराशा हात लाग्यो जब ७८औं मिनेटमा म्याक्सिकोका मारकेसले गोल गरेर खेललाई बराबरीमा ल्याए । दक्षिण अफ्रीकाका लागि अन्तिम समयमा जीत्ने मौका थियो र एमफेलाले एक शानदार सट हाने तर त्यो गोलपोष्टमा ठोक्किएर बाहिर गयो । पुरा स्पर्धामा बल म्याक्सिकोसंग ५७ प्रतिशत समय रह्यो भने दक्षिण अफ्रीकासंग ४३ प्रतिशत समय । फलमा दक्षिण अफ्रीका १५ र म्याक्सिको ११ रहे । म्याक्सिकोले गोल गर्ने ९ पटक कोशिस गर्‍यो भने दक्षिण अफ्रीकाले तीन पटक मात्र गोल गर्ने प्रयास गर्‍यो । mr.deepakbasnet@ymail.com/11 june

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: