स्लोभानिया, घाना र जर्मनी विजयी, अष्ट्रेलियाले खायो चार गोल


अल्जेरियाले खायो स्लोभानियाको गोल/ गोल गर्ने नै भए म्यान अफ दी म्याच
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको अल्जेरिया र स्लोभानियाबीचको खेल स्लोभानियाले जितेको छ। दक्षिण अफ्रीकाको जारी विश्वकप फुटबलको तेस्रो दिन भएको उक्त प्रतियोगिताको दोस्रो हाल्फमा अल्जेरियाविरुद्ध १ गोल गर्दै स्लोभानियाले आफ्नो जित सुनिश्चित गरेको हो।

स्सोभानियालाई अग्रता दिनका लागि स्लोभानियन खेलाडी जर्सी नं.८ कोरेनले ७९ औं मिनेटमा गोल गरेका थिए। उनी स्सोभानियाका मिड फिल्डर हुन्।
खेलभरिनै उनको उत्कृष्ट प्रदशेन रह्यो । म्यान अफ दी म्याच समेत उनी नै भए । खेल अवधिभरी तीन पटक पोष्टमा प्रहार गरेका उनले खेल भरिनै फल गरेनन्।
पहिलो हाल्फसम्म दुवैको तर्फबाट राम्रो पर्दशन गरेका थिए। दोस्रो हाल्फको सुरुदेखि नै स्लोभानियाले अल्जेरियालाई केही दबाबमा राख्यो।

५८ औं मिनेटमा डिजेब्बोउरलाई रिप्लेस गरी मैदान प्रवेश गरेका गेज्जलले ५९ औं मिनेटमै पहेँलो कार्डको सामना गर्नुपर्‍यो। त्यसपछि खेलको ७३ औं मिनेटमा उसले स्लोभानियाका खेलाडीको जर्सी तानेका कारण उनले रातो कार्डको सामना गर्नुपर्‍यो। उनी उन्नाइसौं विश्वकप फुटबलमा रातो कार्ड पाउने दोस्रो खेलाडी हुन्। पहेँलो र रातो कार्डको सामना गरेका उनी ७३ औं मिनेटमा खेलबाट बाहिरिए । त्यसको ६ मिनेट पछाडि ७९ औं मिनेटमा कोरेनले स्लोभानियाले गोल हाने। त्यसपछि अग्रता पाएको स्लोभानिया नै खेलको विजयी भयो। त्यसपछि दुवैतर्फबाट कुनै गोल भएनन्।
अन्ततःखेल स्लोभानियाले जित्यो। खेल निर्धारित समय भन्दा ५ मिनेट बढी खेलाइएको थियो।
अल्जेरियाले बढी गोलपोष्टमा प्रहार गरे पनि गोल गर्न सकेन। खेल अवधिभरी अल्जेरियाले १७ पटक फल गर्‍यो भने स्लोभानियाले १० पटक । दुवै देशले दुई/दुई वटा पहँलो कार्ड पाएका थिए भने अल्जेरियाले थप एउटा रातो कार्ड पाएको थियो। खेल जितेपछि स्लोभानियाले समुह ‘सी’मा तीन अंक बटुलेको छ।

पेनाल्टीमा गोल गरेर घाना हिरो

विश्वकप फुटबल अन्तर्गत सर्विया र घानाबीच भएको फुटबल घानाले जितेको छ। घानाले पेनाल्टीको मौकालाई सदुपयोग गरी सर्वियालाई हराएको हो।
खेलको ८३ औं मिनेटमा सर्वियाका खेलाडी खुज्मानोभिकको डि बक्सभित्र ह्यान्ड भएपछि घानाले पेनाल्टीको मौका पाएको थियो। सो मौकालाई घानाले खेर जान दिएन। खेलको ८५ औं मिनेटमा घानाका ३ नं.जर्सीका खेलाडी आसामो ज्ञानले पेनाल्टीमा गोल गरे । उनको गोल नै खेलको अन्तिम निर्णय बन्न सफल भयो। घानाको पक्षमा जित बनाउन सफल आसामो ज्ञानले फल खेलेनन्। उनी नै म्यान अफदी म्याच घोषित भए । निर्धारित समयभन्दा ४ मिनेट बढी खेलाइएको थियो। उनी नै म्यान अफ दी म्याच घोषित भए ।

पहिलो हाल्फमा खेल प्रतिस्पर्धात्मक भए पनि दोस्रो हाल्फमा घानाले सर्वियामाथि कडा दबाब दिइरहेको थियो। समग्रमा सर्वियाको भन्दा बढी फल घानाले खेले पनि घानाले मात्र दुई वटा पहँेलो कार्ड पायो भने सर्वियका तीन खेलाडीले पहेलो र एक खेलाडीले रातो कार्ड पाए । ्। सर्वियाका १३ नं.जर्सीका खेलाडी लुकोभिकले ७४ औं मिनेटमा रातो कार्ड पाएका थिए । १९ औं विश्वकप फुटबलमा रातो कार्ड पाउने खेलाडीमा उनी तेस्रो हुन । उनले रातो कार्ड पाउनुअघि पहेलो कार्डपाएका थिए । त्यसपछि सर्विया १० खेलाडीमा सिमीत भएको थियो। सर्वियाले घानामाथि केही राम्रा प्रहार गरे पनि घानाका गोलरक्षक किंगसनको उत्कृष्ट कलाको कारण त्यो असफल बनेको थियो। खेल जितेपछि घानाले समुह ‘डि’मा तीन अंक बटुलेको छ।

सर्वाधिक गोल गर्ने राष्ट्र जर्मनी

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल अन्तर्गत जर्मनी र अष्ट्रेलियाबीच भएको फुटबलमा जर्मनीले अष्ट्रेलियालाई चार गोल हानेको छ। खेलको ८ औं, २६ औ, ६८ औंं र ७० औं मिनेटमा जर्मनीले गोल गरेको हो।

विश्वकपको दाबेदार राष्ट्रको रुपमा रहेको जर्मनी पटक-पटक विश्वकप फुटबलको फाइनलमा पुगिसकेको छ। खेलको आठौं मिनेटमा जर्मनीका १० नं.जर्सीका खेलाडी लुकास पोडोल्स्कीले गोल गरे भने २६ औं मिनेटमा ११ नं.जर्सीका खेलाडी क्लोजले गोल गरेका थिए। त्यस्तै खेलको ६८ औं मिनेटमा १३ नं.जर्सीका जर्मनी खेलाडी मुलरले तेस्रो गोल गरे। त्यसको २ मिनेटपछि नै जर्मनीका १९ नं.जर्सीका खेलाडी काकाउले चौथो गोल गरे ।
१९ औं विश्वकपमा सर्वादिक गोल गर्ने राष्ट्र जर्मनी भएको छ। खेलमा तीन मिनेट थपिएको थियो।

खेल अवधिभरी जर्मनीका दुई खेलाडीले पहेलो कार्ड पाए भने अष्ट्रेलियाका तीन खेलाडीले पहेला र एक खेलाडीले रातो कार्ड पाए । जर्मनीबाट पहेलो कार्ड पाउने खेलाडीहरुमा १९ नं.जर्सीका काकाउ र ८ नं.जर्सीका ओजिल रहेका छन् । यस्तै अष्ट्रेलियाबाट २ नं.जर्सीका कप्तान नेइल, ३ नं.जर्सीका मुरे र १६ नं.जर्सीका भ्यालेरी र रातो कार्ड पाउने ४ नं.जर्सीका कहिल रहेका छन्।
म्यान अफ दी म्याच जर्मनीबाट पहिलो गोल गर्ने १० नं.जर्सीका खेलाडी लुकास पोडोल्स्की भए। mr.deepakbasnet@ymail.com/13 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: