अर्जेन्टिनाले रच्यो इतिहास, गोन्जालोको ह्याट्रीक/हारको स्वाद चाखेको ग्रीस विजयी/ फ्रान्सलाई झट्का


दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को जुन १७ मा भएको खेलमा केही किर्तिमान रचिएको छ। अर्जेन्टिनाका खेलाडीले एकै खेलमा ३ गोल गरेर इतिहास रचे । २००२ को वल्र्डकप भन्दापछि कसैले पनि एकै खेलमा तीन गोल गरेका छैनन्। यस्तै ग्रीस र मेक्सिकोले पनि जित हासिल गरेका छन्।
अर्जेन्टिनाले रच्यो इतिहास, गोन्जालोको ह्याट्रीक/कोरियाले दियो एक गोल उपहार

विश्वकपको प्रबल दाबेदार राष्ट्र अर्जेन्टिना र एसियाबाट विश्वकप फुटबल २०१० मा पहिलो विजेता राष्ट्र दक्षिण कोरियाबीच भएको खेलमा अर्जेन्टिनाका खेलाडीले इतिहास रचेका छन्। उनले एकै खेलमा तीन गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी बने । यसअघि विश्वकप फुटबल प्रतियोगिता २०१० मा कसैले पनि तीन गोल गरेका छैनन्। गोल गर्ने सबैले एक/एक गोल मात्र गरेका छन्।

एक-एक खेल जितेर महत्वपूर्ण तीन-तीन अंक जोडेका ग्रुप ‘बी’का राष्ट्र अर्जेन्टिना र दक्षिण कोरियाबीच भएको खेलमा अर्जेन्टिनाले दक्षिण कोरियाको विरुद्ध चार गोल गर्‍यो भने दक्षिण कोरियोले एक गोल गर्‍यो। तीन गोल अर्जेन्टिनाका जर्सी नं.९ का खेलाडी गोन्जालो हिगुइनले खेलको ३३ औं, ७६ औं र ८० औं मिनेटमा गोल गरेका हुन्।

उनले गरेको तीन गोल र दक्षिण कोरियाली खेलाडीले गरेको आत्मघाती गोलसहित अर्जेन्टिनाले ४-१ को अन्तरले खेल जित्यो ।
निकै दबाबमा राखेको अर्जेन्टिनाले खेलको १७ औं मिनेटमा पाएको कर्नक किकमा निकै चर्चित खेलाडी लियोनल मेसीको कर्नर किकलाई बचाउने क्रममा १० नं.जर्सीका दक्षिण कोरियाली खेलाडी चु योङ्गले आफ्नै पोष्टमा गोल गर्न पुगे ।
तीन गोल गरेर हिरो बनेका अर्जेन्टिनाका खेलाडी गोन्जालोको सफलताको श्रेय विश्व चर्चित खेलाडी मेसीलाई पनि जान्छ । उनको उत्कृष्ट प्रदर्शनकै कारण उक्त गोल गर्न उनलाई सजिलो भएको हो। मेसीको प्रहार पोलमा लागेर फर्किएपछि उक्त बललाई गोन्जालोले ७६ औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि ८० औं मिनेटमा उनले तेस्रो गोल गरे । उनी विश्व कप फुटबल २०१० मा तीन गोल गर्ने पहिलो खेलाडी हुन्। अर्जेन्टिनाका १६ नं.जर्सीका खेलाडी अगुइरोका पासलाई हेडमार्फत उनले तेस्रो गोल गरेका थिए ।

दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित सकर सिटीमा स्टेडियममा भएको खेलको हाल्फ टाइमको निर्धारित समयभन्दा थपिएको एक मिनेटमा कोरियाली खेलाडीले एक गोल गरे। दक्षिण कोरियाली १७ नं.जर्सीका मिडफिल्डर चुङ्गयोङ्गले गोल गरेका हुन्। उनले खेलको ३४ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । त्यसपछि कोरियाले कुनै गोल गर्न सकेन। खेल अर्जेन्टिनाकै पक्षमा गयो।

खेलमा अर्जेन्टिनाले तीन र दक्षिण कोरियाले २ वटा पहेलो कार्ड पाएका थिए ।
यसभन्दा अघिको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई एक गोल र दक्षिण कोरियाले ग्रीसलाई दुई गोल हानेर हराएको थियो। फिफा बरियताको सातौं स्थानमा रहेको अर्जेन्टिना र ४७ औं स्थानमा रहेको दक्षिण कोरियाबीचको खेलमा सुरुदेखि नै अर्जेन्टिनाले निकै दबाबमा राख्यो ।
जुन १७ को खेलमा दक्षिण कोरियाको कोर्टमा मात्र करिब ६ मिनेट बल खेलाएर राखेको अर्जेन्टिनालाई विश्वकप फुटबलको प्रबल दाबेदार राष्ट्रको रुपमा लिइन्छ। अर्जेन्टिनाले महत्वपूर्ण ६ अंक जोडेको छ। यो जितसँगै अर्जेन्टिना प्री क्वाटर फाइनलमा पुग्ने निश्चित भएको छ ।

हारको स्वाद चाखेको ग्रीस विजयी/नाइजेरियन किपर म्यान आफ दी म्याच

दक्षिण कोरियासँग दुई गोल खाएर पराजित भएको ग्रीसले जुन १७ मा भएको खेलमा नाइजेरियालाई दुई गोल गर्दै जित हासिल गरेको छ। यसअघि नाइजेरिया अर्जेन्टिनासँग पराजित भएको थियो।

पहिलो हाल्फ राम्रो प्रदर्शन गरेको नाइजेरियाले पहिलो हाल्फमै एक गोल गरेर आफ्नो अग्रता कायम गरेको थियो । नाइजेरियाले खेलको १६ औं मिनेटमै ग्रीसको विरुद्ध गोल गरेको थियो। ग्रीसका जर्सी नं. १२ का खेलाडी उचेले गोल गरेर नाइजेरियालाई अग्रता दिएका थिए । उनले फ्री किकमा गोल गरेका हुन्।
त्यसपछि खेल केही प्रतिस्पर्धात्मक बन्यो । दुवै पक्षबाट उत्कृष्ट प्रदर्शन भए । खेलको ४४ औं मिनेटमा ग्रीसले पैचो तिर्‍यो । जर्सी नं.१४ का खेलाडी सल्पिन्गिडीसले गोल गरेका थिए । पहिलो हाल्फमा एक मिनेट थपिए पनि कुनै तर्फबाट गोल भएन । पहिलो हाल्फसम्म खेल बराबरी नै रहृयो । खेलको दोस्रो हाल्फको सुरु देखि नै नाइजेरिया केही दबाबमा रहृयो । ग्रीसले लगातार आक्रमण गर्न लाग्यो । त्यसपछि ग्रीसका १५ नं.जर्सीका खेलाडी टोरोसिडिसले अर्को गोल गरी ग्रीसलाई २-१ का अग्रता दिलाए । त्यसपछि दुवै राष्ट्रको तर्फबाट कुनै गोल हुन सकेन । खेल ग्रीसले नै जित्यो ।

दक्षिण अफ्रीकाको फ्री स्टेट स्टेडियममा भएको प्रतियोगितामा ग्रीसका तीन खेलाडीले पहेलो कार्ड पाए । पहेलो कार्ड पाउने ग्रीसका खेलाडीहरुमा जर्सी नं.१९ का खेलाडी सोक्रटिसले १५ औं मिनेटमा, जर्सी नं.६ का खेलाडी जियोलिसले ५९ औं मिनेट र जर्सी नं.७ का खेलाडी समरासले ८८ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । त्यस्तै नाइजेरियाले भने एक रातो कार्ड र एउटा पहेलो कार्ड पाएको थियो। खेलको ३३ औं मिनेटमा नाइजेरियाका जर्सी नं.१४ का खेलाडी केइटाले रातो कार्ड पाएका थिए भने खेलको ८९ औं मिनेटमा १९ नं.जर्सीका ओबासीले पहेलो कार्ड पाएका थिए ।
ग्रीस र नाइजेरियाबीच भएको खेलमा म्यान अफ दी म्याच भने नाइजेरियाका गोल किपर इनियमा भएका थिए । उनले ८ पटक गोल रक्षा गरेका थिए ।

फ्रान्सलाई मेक्सिकोको २ गोलको झट्का

विश्वक फुटबल २०१० को समुह ‘ए’ मा रहेका राष्ट्र मेक्सिको र फ्रान्सबीच भएको खेल मेक्सिकोले आफ्नो कब्जामा लिएको छ। मेक्सिकाले फ्रान्सलाई २-० ले पराजित गरेको हो।
सुरुवाती खेल दक्षिण अफ्रीकासँग बराबरी खेलेको मेक्सिकाले फ्रान्सलाई एक गोल पेनाल्टीमा गरेको थियो । यसअघि फ्रान्सले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।

पहिलो हाल्फ बराबरी खेलेका मेक्सिकोले दोस्रो हाल्फमा फ्रान्सको विरुद्ध ६४ र ७९ औं मिनेटमा गोल गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाल्फमा फ्रान्स मेक्सिकोको केही दबाबमा पर्‍यो । अन्ततःदुई गोल खायो र खेल मेक्सिकोको पोल्टामा गयो।
खेलको ६४ औं मिनेटमा मेक्सिकोका १४ नं.जर्सीका खेलाडी जेभियर हेर्नन्डेजले पहिलो गोल गरे । त्यसपछि मेक्सिकन खेलाडीहरुले फ्रान्सलाई दबाबमा राखे । खेलको ७९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मेक्सिकोले सदुपयोग गर्दै दोस्रो गोल गर्‍यो । १० नं.जर्सीका मेक्सिकन खेलाडी ब्लान्कोले पेनाल्टीमा गोल गरेका हुन्।

खेलमा मेक्सिकोले चार वटा पहेलो कार्ड र फ्रान्सले दुई वटा पहेलो कार्ड पाए । यसअघि बराबर खेलेको मेक्सिकोले ४ अंक जोडेको छ। खेल दक्षिण अफ्रीकाको पोलोक्वानेस्थित पिटर मोकाबा स्टेडियममा भएको थियो। mr.deepakbasnet@ymail.com/17 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: