दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल अन्तर्गत जुन १८ मा भएको खेल निकै रोमाञ्चक रहे । जर्मनी र सर्बियाबीच भएको खेलमा कार्डको वर्षा नै भयो। यस्तै अमेरिकालाई हराउने सपना बुनेको स्लोभानियाले बराबरीमै चित्त बुझाए भने विश्वकप जित्ने आशामा रहेको इंगल्याण्ड फेरी पनि बराबरी खेल्नुपर्यो।
जर्मनी-सर्वियाबीचको खेलामा कार्डको वर्षा/खेल सर्वियाको पोल्टामा
पहिलो खेल निकै सशक्त खेलेको जर्मनी र पेनाल्टीमा गोल खाएर पराजित भएको सर्वियाबीच भएको खेलमा सर्वियाले एक गोल गरेको छ। खेलको ३८ औं मिनेटमा सर्वियाले गोल गरेका हो। सर्वियाका १४ नं.जर्सीका मिडफिल्डर मिलन जोभानोभिकले गोल गरेका हुन्। त्यसपछि कुनै गोल हुनसकेन । खेल सर्वियाले जित्यो । यसअघि घानासँग पराजित सर्वियाले महत्वपूर्ण तीन अंक बटुलेको छ।
सर्बिया र जर्मनीबीच भएको खेलमा पहेलो कार्डको वर्षा नै भयो । पहिलो हाल्फमै ६ वटा खेलाडीहरुले ६ वटा पहेलो कार्ड पाएका थिए भने एउटा रातो कार्ड ।
खेलेको १२ औं मिनेटमै जर्मनीका ११ नं.जर्सीका खेलाडी मिरोस्लाभ क्लोजले पहिलो पहेलो कार्ड पाए । त्यसपछि फेरी उनले ३७ औं मिनेटमा पहेलो र रातो कार्ड पाए । दुई पहेलो र एक रातो कार्ड पाएका क्लोज खेलबाट बाहिरिए । त्यसपछि जर्मनी १० खेलाडीमा सिमीत हुनुपुग्यो । क्लोज बाहिरिएको एकै मिनेटपछि सर्बियाका खेलाडीले जर्मनीमाथि गोल गर्यो।
खेलमा जर्मनीका खेलाडीलाई पहेलो कार्डले निकै पछ्यायो । खेलको २२ मौं मिनेटमा जर्मनीका ६ नं.जर्सीका मिड फिल्डर समी खेडिराले पहेलो कार्ड पाए । त्यसको १० मिनेटपछि अर्का जर्मनी खेलाडीले पहेलो कार्ड पाए । खेलको ३२ औं मिनेटमा जर्मनीका १६ नं.जर्सीका डिफेन्डर फिलिप्प ल्हमले पहेलो कार्ड पाए । जर्मनीले दोस्रो हाल्फमा पनि पहेलो कार्ड पायो। खेलको ७३ औं मिनेटमा ७ नं.जर्सीका मिडफिल्डर बस्टिएनले पहेलो कार्ड पाए ।
जर्मनीले राम्रो खेल्दा खेल्दै पनि सर्वियासँग हार्नुपर्यो। जर्मनीर्ल पाएको पेनाल्टीको मौकालाई सदुपयोग गर्न सकने । सर्वियन खेलाडीले डि बक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्डीलाई फरवार्ड १० नं.जर्सीका जर्मनी खेलाडी पोडोल्स्किले सदुपयोग गर्न सकेनन्। उनको प्रहार सर्वियन गोल रक्षकले सजिलै रोके । त्यसपछि केही मौका पाए पनि कुनै गोल गर्न सकेन ।
त्यस्तै जर्मनीलाई पराजित गरेको सर्बियका चार खेलाडीले पनि पहेलो कार्ड पाए । सर्वियाका दुई खेलाडीले हाल्फ टाइम अघि नै पहेलो कार्ड पाएका थिए । खेलको १८ औं मिनेटमा जर्सी नं.६ का डिफेन्डर इ ब्रानिस्लाभ इभानोभिकले र त्यसको एकै मिनेटपछाडि १९ औं मिनेटमा ३ नं.जर्सीका अलेक्सन्डर कोलारोभले पहेलो कार्ड पाए । दोस्रो हाल्फमा पनि पहेलो कार्ड पाएका सर्बियन खेलाडीहरुले खेलको ५७ औं मिनेट र ५९ औं मिनेटमा पहेलो कार्ड पाए । पहेलो कार्ड पाउने खेलाडीहरुमा ५७ औं मिनेटमा जर्सी नं.२० का डिफेन्डर सुबोटिक र ५९ औं मिनेटमा जर्सी नं. ५ का डिफेन्डर भिडिकले पहेलो कार्ड पाएका हुन्।
विश्वकप फुटबल २०१० को ग्रुप ‘डि’मा रहेका यि राष्ट्रहरुमध्ये जर्मनी फिफा वरियताको छटौं स्थानमा छ भने सर्विया पन्ध्रौं स्थानमा रहेको छ। चार पटकसम्म विश्वकप फुटबलको फाइनलमा पुगिसेकेको जर्मनी विश्वकप फुटबलको उपाधिका लागि प्रबल दाबेदार राष्ट्रको रुपमा लिइन्छ । यसअघि भएको जर्मनीको पहिलो खेलमा जर्मनीले अष्ट्रेलियालाई ४-० को भारी अन्तरले पराजित गरेको थियो। भने सर्विया घानासँग पेनाल्टीमा हारेको थियो। अब जर्मनी हराउने सर्वियाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
जर्मनीको पेनाल्टी रक्षा गर्ने सर्वियन गोल रक्षक स्टोज्कोभिक म्यान अफ दी म्याच भए ।
अमेरिकालाई हराउने स्लोभानियाको सपना अपुरै/खेल बराबरी
दक्षिण कोरियामा जारी विश्वकप फुटबल प्रतियोगिता २०१० को जुन १८ मा भएको समुह ‘डि’
अन्तर्गतको खेलमा स्लोभानिया र अमेरिकाले बराबरी खेलेका छन्। खेलमा दुवै राष्ट्रले समान दुई गोल गरेका थिए ।
यसअघि इंग्लयाण्डसँग बराबरी खेलेको अमेरिका र अल्जेरियालाई हराएको स्लोभानियाबीच दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित पोर्ट एलिजावेथ स्टेडियममा भएको खेलमा महाशक्ति राष्ट्र अमेरिकाले पहिलो हाल्फमा दुई गोल खाएको थियो। पहिलो निकै आक्रमक बनेको स्लोभानियाले खेलको १३ औं मिनेटमै जर्सी नं.१० का मिडफिल्डर विर्साले गोल गरे । त्यसपछि खेलको ४२ औं मिनेटमा स्लोभानियाका जर्सी नं.९ का फरवार्ड लुविआनिकले गोल गरेर स्लोभानियालाई अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाल्फमा अमेरिकाले दुई गोल गरेर खेललाई बराबरीमा ल्यायो । खेलका ४८ औं मिनेटमा अमेरिकाका जर्सी नं.१० का मिडफिल्डर डोनोभानले अमेरिकाको पक्षमा गोल गरे ।
दोस्रो हाल्फमा निकै आक्रमक बनेको अमेरिकाले स्लोभानियालाई निकै दबाबमा राख्यो । खेल स्लोभानियाको पक्षमा जाने निश्चित थियो । स्लोभानिया जितको नजिकै रहेकै बेलामा स्लोभानियालाई जितको अनुभव गर्न अमेरिकाले दिएन । अमेरिकाका ४ नं.जर्सीका मिडफिल्डर ब्राड्लीले ८२ औं मिनेटमा गोल गरे । त्यसपछि अमेरिकी समर्थकमा निकै खुसी छाएको थियो।
खेलमा स्लोभानियाले ४ र अमेरिका एउटा पहेलो कार्ड पाएका थिए । अमेरिकाको पक्षमा पहिलो गोल गर्ने १० नं.जर्सीका खेलाडी डानेोभान नै म्यान अफ दी म्याच भए । फिफा बरियताको १४ औं स्थानमा अमेरिका र २५ औं स्थानमा स्लोभानिया रहेको छ।
इंगल्याण्ड र अल्जेरिया बराबरी
फिफा वरियताको आठौं स्थानमा रहेको इंगल्याण्ड र ३० औं स्थानमा रहेको अल्जेरियाबीचको खेल गोलरहित बराबरीमै सकिएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा कुनै तर्फबाट पनि गोल हुन सकेन।
यसअघि अमेरिकासँग बराबरी खेलेको इंगल्याण्डको यो बराबरीसँगै जम्मा २ अंक जोडेको छ भने यसअघि स्लोभानियाँयासँग पराजित अल्जेरियाले १ अक जोडेको छ। दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा भएको ग्रुप ‘सी’ अन्तर्गतको शुक्रबारको खेलमा दुवै पक्षबाट गोल नभएपछि खेल बराबरीमै सकियो। ग्रुप सीमा स्लोभानिया ४ अंकको साथ शिर्ष स्थानमा छ।
खेलमा इंगल्याण्डले केही दबाबमा राखे पनि गोल गर्न सकेन्। इंगल्याण्ड र अल्जेरिया दुवै देशले एक/एक वटा पहेलो कार्ड पाएका थिए । म्यान अफ दी म्याच इंगल्याण्डका ३ नं.जर्सीका मिडफिल्डर अल्सी कोल भए । उनी चेल्सीबाट पनि खेल्ने गर्दछन्।
Filed under: SPORTS | Tagged: विश्वकप फुटबल world cup |
Leave a Reply