एसिएयन राष्ट्र जापानलाई धक्का/ घाना ग्रुप ‘डि’को शिर्ष स्थानमा/क्यामरुनको भविष्य अन्धकार


विश्वकप फुटबल अन्तर्गत जुन १९ मा भएको प्रतियोगितामा एसिएन पावर हाउस जापानलाई हराउँदै नेदरल्याण्ड्स विजयी भएको छ। यस्तै अष्ट्रेलिया र घानाबीच भएको खेल बराबरीमै सकियो भने तेस्रो खेलमा डेनमार्कले क्यामरुनलाई हरायो ।
एसिएयन राष्ट्र जापानलाई धक्का, नेदरल्याण्ड्स विजयी

विश्वकप फुटबलको ग्रुप ‘ई’ मा रहेका नेदरल्याण्ड्स र जापानबीच दक्षिण अफ्रीकाको डर्बन सिटीस्थित डर्बन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले एक गोल गरेको छ। पहिलो हाल्फमा जापानको दबाबमा रहेको नेदरल्याण्ड्सले दोस्रो हाल्फको सुरु देखिनै जापानमाथि निकै आक्रमक बन्यो ।
महत्वपूर्ण ३ अकं जोडेको नेदरल्याण्ड्सले जापानलाई हराउँदै ६ अक जोडेर ग्रुप ‘ई’ को शिर्ष स्थानमा छ। खेलको ५३ औं मिनेटमा नेदरल्याण्ड्सका १० नं.जर्सीका मिडफिल्डर वेल्सी स्नेइज्डेरले गोल गरे । ५२ औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्। उनी नै म्यान आफ दी म्याच भए । खेलमा एकमात्र पहेलो कार्ड नेदरल्याण्ड्सका २ नं.जर्सीका डिफेन्डर भ्यान डर वेलले पाए ।

जापानका निकै आशालाग्दा १० नं.जर्सीका खेलाडी नाकामुरा खेलको ६४ औं मिनेटमा मैदान छिरे । तर उनले पनि राम्रो पदर्शन गर्न सकेनन्।
एसिया पावर हाउस मानिएको जापानले पहिलो हाल्फ निकै राम्रो प्रदर्शन गर्‍यो। विश्वकप उपाधि उचाल्ने धुनमा रहेको नेदरल्याण्डस्ले सोचेजस्तो खेल देखाउन नसकेको खेल पण्डितहरुको भनाई छ। यसअघि भएको जापान र क्यामरुनबीच भएको खेलमा गोल गरेर जापानलाई जित दिलाइएका होन्डाले नेदरल्याण्डस् विरुद्धको खेलमा पनि राम्रै प्रदर्शन गरे ।

यसअघि नेदरल्याण्ड्सले डेनमार्कलाई २-०ले हराएको थियो। खेलमा डेनमार्कका खेलाडीले आत्मघाती गोल पनि गरेका थिए । त्यस्तै एसियन राष्ट्र जापानले क्यामरुनलाई १-० ले हराएको थियो। महत्वपूर्ण तीन अंक जोडेको जापान तीन अंकमै सिमीत भएको छ।
दुई पटक विश्वकपको उपविजेता नेदरल्याण्ड्सले यो पटकको विश्वकप फुटबलको उपाधि जित्ने आशा राखेको छ। नेदरल्याण्ड्स फिफा वरियताको चौथो स्थानमा छ भने जापान ४५ औं स्थानमा छ।

घाना ग्रुप ‘डि’को शिर्ष स्थानमा
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जुन १९ मा भएको अष्ट्रेलिया र घानाबीचको खेल बराबरीमै सकिएको छ। दुवै देशले समान एक गोल गरेका थिए । खेलमा अष्ट्रेलियाले पहिलो गोल गरेको थियो भने घानाले पेनाल्टीमा गोल गर्‍यो।

अष्ट्रेलियाका १४ नं.जर्सीका फरवार्ड ब्रेट होलम्यानले ११ औं मिनेटमा गोल गरे । निकै उत्साहित अष्ट्रेलियन खेलाडीलाई घानाले दुःखी बनाइदियो। निकै प्रतिस्पर्धात्मक भएको खेलको २४ औं मिनेटमा घानाले अष्ट्रेलियामाथि अर्को सशक्त प्रहार गर्‍यो तर त्यो अष्ट्रेलियाका जर्सी नं.१० का खेलाडी हृयारी किवेलको हातमा लागेर गोल हुनबाट बच्यो । त्यसपछि किवेलले रातो कार्ड पाए र मैदान बाहिरिए । अष्ट्रेलिया त्यसपछि १० खेलाडीमा सिमीत भयो।
डि बक्सभित्रै हृयाण्ड भएका कारण घानाले पेनाल्टी हान्ने मौका पायो। सो मौकालाई घानाले सदुपयोग गर्‍यो। यसअघि पनि सर्बियासँगको खेलमा पेनाल्टीमा गोल गरेका घानाका जर्सी नं.३ का खेलाडी आसामो ज्ञानले गोल गरे । उनको यो दोस्रो पेनाल्टी गोल हो । उनको उत्कृष्ट खेलकै कारण उनी म्यान अफ दी म्याच भए ।

त्यसपछि केही सशक्त भएको घानाले गोल गर्ने केही मौका पायो तर गोल गर्न सकेन । अष्ट्रेलिया दोस्रंो हाल्फमा घानाको दबाबमै रहृयो । गोल गर्ने केही मौका अष्ट्रेलियाले पनि पाएको थियो तर सफल हुन सकने।
जर्मनीसँग फराकिलो अन्तरले पराजित भएको अष्ट्रेलियाले शनिबार बराबरी खेलेर मात्र एक अकं जोडेको छ भने सर्बियालाई पेनाल्टीमा गोल गरेर विजयी यात्रा सुरु गरेको घानाले ४ अंक जोडेको छ।
विश्वकप फुटबलको ग्रुप ‘डी’ रहेको घाना र अष्ट्रेलियाबीच दक्षिण कोरियाको रस्टेनवर्गस्थित रोयल बफोकेंग रंगशालामा भएको थियो। खेलमा घानाले तीन वटा पहेलो कार्ड पायो भने अष्ट्रेलियाले एक रातो र एक पहेलो कार्ड पायो।
फिफा वरियतामा २० औं स्थानमा अष्ट्रेलिया छ भने ३२ औं स्थानमा घाना रहेको छ। खेलको सुरु हुनुअघि गाइने राष्ट्रिय गानमा घानाका केही खेलाडीले छातीमा मात्र हात राखेर राष्ट्रिय गान गाएका थिएनन्।


क्यामरुनको भविष्य अन्धकार, डेनमार्क विजयी

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० अन्तर्गत १९ जुनमा भएको डेनमार्क र क्यामरुनबीच भएको खेलमा डेनमार्कले क्यामरुनलाई २-१ ले हराएको छ। यो सँगै पहिलो नेदरल्याण्ड्ससँग हारेको डेनमार्कले तीन अंक जोडी दोस्रो चरणमा जाने आशा जिवितै राखेको छ।
यसअघि जापानसँग पराजित क्यामरुनले भने हारसँगै दोस्रो चरणमा जाने सम्भावनालाई झिनो बनाएको छ। क्यामरुनले अहिलेसम्म अंंक जोड्न सकेको छैन।

खेलको सुरुमा निकै आक्रमक रहेको क्यामरुनका लागि खेलको १० औं मिनेटमा ९ नं.जर्सीका फरवार्ड श्याम्युल इटोले गोल गरेर अग्रता दिलाए तर त्यो अग्रता २३ मिनेटमै सिमीत रहृयो । खेलको ३३ औं मिनेटमा डेनमार्कका ११ नं.जर्सीका फरवार्ड निक्लास बेन्डट्नरले गोल गरेर हौसिएको क्यामरुनलाई दुःखी बनाईदिए । उनी अहिले आर्सनलमा आबद्ध छन्।

त्यसपछि खेलेको ६१ औं मिनेटमा डेनमार्कले क्यामरुनलाई अर्को गोल चखायो । जर्सी नं.१९ का डेनमार्कको फरवार्ड डेनिस रोम्मेडल्हले अर्को गोल गरे डेनमार्कलाई अग्रता दिलाए । त्यसपछि दुवैको तर्फबाट कुनै गोल हुनसकेन । अन्ततः खेल डेनमार्कले जित्यो ।
दक्षिण अफ्रीकाको प्रीटोरियास्थित लोफ्टस भर्सफेल्ड स्टेडियममा भएको खेल निकै प्रतिस्पर्धात्मक थियो। खेल अवधिभर क्यामरुनले निकै राम्रो प्रदर्शन गरे पनि एक भन्दा बढी गोल गर्न सकेन । क्यामरुनले डेनमार्कको पोष्टमा निकै पल्ट प्रहार गरे पनि एक भन्दाबढी गोलमा परिणत हुन सकने । खेलमा क्यामरुनका क्याप्टेन तथा फरवार्ड जर्सी नं.९ का श्याम्युल इटोले निकै राम्रो प्रदर्शन गरेका थिए । अब क्यामरुनले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने छ भने डेनमार्कले एसियान पावर हाउस मानिने जापानको सामना गर्नेछ। क्यामरुन र डेनमार्कले बराबर दुई पहेलो कार्ड पाए ।
म्यान अफ दी म्याच डेनमार्कका डेनमार्कका डिफेन्डर डेनेइल अगेर म्यान अफ दी म्याच भए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: