इङ्ल्याण्ड र अमेरिका अन्तिम १६ मा, स्लोभानिया र अल्जेरिया वाहिरीयो

इङ्ल्याण्ड र अमेरिका दक्षिण अफ्रीकामा जारी विश्वकप फुटवलको नकआउट चरणमा प्रवेश गरेका छन् । समुह सीमा रहेका इङ्ल्याण्ड र अमेरिका समान ५/५ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका हुन् । प्रतियोगीता अन्र्तगत स्लोभानिया विरुद्धको खेलमा इङ्ल्याण्ड १-० गोल अन्तरले विजयी हुदै अन्तिम १६ प्रवेश पाएको हो भने अल्जेरिया विरुद्ध भएको अर्को खेलमा अमेरिकाले पनि १-० को नतिजा निकादै अन्तिम १६ मा प्रवेश पाएको हो । स्लोभानिया विरुद्धको खेलमा इङ्ल्याण्डका लागी खेलको २३ औं मिनेटमा डिफोईले गरेको गोल नै निर्णायक वन्न पुग्यो । खेलको ५० औं मिनेटमा इङ्ल्याण्डका लागी अफ साईड गोल भएको थियो । त्यसपछि पनि निकै अवसर पाएको इङ्ल्याण्डले भने कुनै गोल गर्न सकेन ।
त्यस्तै अल्जेरिया विरुद्धको खेलको अतिरिक्त समयमा अमेरिकाले गोल गर्यो त्योनै उसको लागी अन्तिम १६ मा प्रवेश गर्न वाटो खुल्यो । उसका लागी अतिरिक्त समयमा डोनोभानले गोल गरेका हुन् । यदि अमेरिका र अल्जेरियाबीचको खेल वरावरी भएको भए स्लोभाकियाले नकआउट चरणमा प्रवेश पाउने थियो । उसको ४ अंक रहेको थियो भने अल्जेरियाको १ अंक थियो ।
प्रतियोगीता अन्र्तगत मध्यराती सवा १२ वजे अष्टेलिया विरुद्ध सर्विया तथा घाना विरुद्ध जर्मनीबीच अन्तिम १६ का लागी भिडन्त हुनेछ । mr.deepakbasnet@ymail.com/22 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: