जापान, नेदरल्याण्ड्स, पाराग्वे र स्लोभाकिया दोस्रो चरणमा


चार पटकको विजेता इटली बाहिरियो
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल अन्तर्गत २०१० बाट चार पटकसम्म विश्वकप जितेको इटली पहिलो चरणबाटै बाहिरिएको छ। स्लोभाकियासँगको हारसँगै इटली बाहिरिएको हो।
डिफेन्डिङ च्याम्पिएन इटली स्लोभाकियासँग ३-२ ले पराजित भएको हो। निकै राम्रो खेलेको इटलीलाई स्लोभाकियाले तीन गोल गर्‍यो। विश्वकपको दाबेदार राष्ट्र मानिइएको इटली पहिलो चरणबाटै बाहिरिनुलाई अनौठो मानिएको छ। स्लोभाकियाले खेलको २५ औं, ७३ औं र ८९ औं मिनेटमा गोल गरेको हो। स्लोभाकियाका लागि रोबर्ट भिटेकले २५ औं र ७३ औं स्थानमा गोल गरे भने ८९ औं मिनेटमा कामिल कोपुनेकले गोल गरेर अग्रता दिलाई । दुई गोल गर्ने भिटेक नै म्यान अफ दी म्याच भए ।
यस्तै इटलीले पनि स्लोभाकियालाई दुई गोल गोल गर्‍यो। दोस्रो हाल्फमा सशक्त भएको इटलीले खेलको ८१ औं थपिएको समयको दोस्रो मिनेट ९२ औं मिनेटमा गोल गर्‍यो। ८१ औं मिनेटमा एन्टोनिओ न्याटेल र ९२ औं मिनेटमा फाबियो क्वाग्लिबरेल्लाले गोल गरे।
स्लोभाकियासँग पराजित इटलीका केही खेलाडी खेलको अन्त्यमा रोएका थिए ।

यस्तै
दक्षिण अफ्रीकाको पोलोक्वानस्थित पिटर मोकाबा स्टेडियममा भएको पाराग्वे र न्यु जिल्याण्डबीचको खेल गोल रहित बराबरीमा सकिएको छ। निकै प्रतिस्पर्धात्मक रहेको खेलमा पाराग्वेले गोल गर्ने केही मौका गुमायो । यद्यपि न्यु जिल्याण्डले पनि गोल गर्ने मौका भने नपाएको होइन । दुवै देशले दुई-दुई पहेलो कार्ड पाए ।
न्युजिल्याण्ड र इटलीसँग बराबर खेलेर स्लोभाकियालाई हराएको पाराग्वे ५ अंकको साथ ग्रुप एफ को शिर्ष स्थानमा छ। पाराग्वे दोस्रो चरणमा पुगेको छ भने तीन अंकको साथ तेस्रो स्थानमा रहेको न्यु जिल्याण्डको विश्वकप यात्रा टुङ्गीएको छ।
खेलको म्यान अफ दी म्याच पराग्वेका ९ नं.जर्सीका फरवार्ड रोक सान्ता क्रुज भए ।


जापान दोस्रो चरणमा, डेनमार्कको यात्रा रोकियो


दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को अन्तिम १६ मा एसियन पावर हाउस मानिने जापान प्रवेश गरेको छ। जापानले डेनमार्कलाई ३-१ ले हराउँदै दोस्रो चरणमा पुगेको हो।
क्यामरुनलाई हराएर नेदरल्याण्डसँग हारेको जापानले डेनमार्कसँगको खेलमा पाएको फ्री किकको मौकालाई गोलमा परिणत गरेको हो। जापानले दुई गोल फ्री किकमा भएको थियो । सुरुवात देखिनै निकै राम्रो खेलेको एसियन राष्ट्र जापानले १७ औं मिनेटमा पाएको फ्री किकमा पहिलो गोल गर्‍यो। यसअघि पनि गोल गरेर क्यामरुनविरुद्धको खेलमा अग्रता दिएका १८ नं.जर्सीका मिडफिल्डर केइसुके होन्डाले फ्री किकबाट गोल गरे। उनले सिधै गोल पोष्टमा प्रहार गरेका थिए । त्यसको १३ मिनेटपछि पाएको अर्को फ्री किकको मौकालाई पनि जर्सी नं.७ का मिडफिल्डर यसुहितो इन्डोले होन्डाले झैं ३० औं मिनेटमा गोल गरे । उनले एउटा पहेलो कार्ड पनि पाए ।
निकै राम्रो प्रदर्शन गरेको जापानले खेलको ८७ औं मिनेटमा तेस्रो गोल गर्‍यो। जर्सी नं.९का फरवार्ड ओकाजाकीले गोल गरेका हुन्।
तीन अंक बटुलेको डेनमार्कले खेलको ८१ औं मिनेटमा पेनाल्टी हान्ने मौका पायो र हान्यो पनि तर जापानी गोल रक्षकले बचाए तर त्यसपछि किपरको हातबाट फुस्केर आएको बललाई गोलमा परिणत गरे डेनमार्कका खेलाडीले । जापानी खेलाडी हासेबेले डि बक्सभित्र फल खेलेपछि पाएको पेनाल्टीकै अवसरमा डेनमार्कका जर्सी नं.९ का फरवार्ड टोमासनले गोल गरे । एक खेल जितेको डेनमार्क विश्वकपबाट बाहिरिएको छ।
जापानका मिड फिल्डर केइसुके होन्डा म्यान अफ दी म्याच भए ।

नेदरल्याण्ड्सको अपराजित यात्रा जारी, क्यामरुनको अंक जिरो

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० अन्तर्गत समुह ‘ई’ मा रहेका नेदरल्याण्ड्स र क्यामरुनबीच केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा भएको खेल २-१ हराउँदै नेदरल्याण्ड्स दोस्रो चरणमा पुगेको छ।
दुई खेल हारे पनि नेदरल्याण्ड्ससँग निकै राम्रो खेलेको क्यामरुनले गोल गर्ने मौकाहरु गुमाउन पुग्यो । उसले खेलको ३६ औं मिनेटमा गोल खान पुग्यो । नेदरल्याण्ड्सका जर्सी नं.९ का फरवार्ड रोबिन भ्यान पर्सीले गोल गरेका हुन्। उनी खेलको ५९ औं मिनेटमा मैदान बाहिरिएका थिए । उनी नै म्यान अफ दी म्याच भए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा नेदरल्याण्ड्सले क्यारुनविरुद्ध अर्को गोल गरेर अग्रता लियो । जर्सी नं.२१ का फरवार्ड क्लास जान हन्टेलारले गोल गरेका हुन्।
यस्तै राम्रो खेलेको क्यामरुनले पनि पेनाल्टीमा पाएको मौकालाई सदुपयोग गर्दै एक गोल गर्‍यो। नेदरल्याण्ड्सका भ्यान डर भार्टको हृयान्डबल पनि पाएको पेनाल्टीको मौकालाई क्यामरुनका क्याप्टेन श्याम्युल इटोले गोलमा परिणत गरेका हुन्।
डेनमार्कलाई २-० र जापानलाई १-० ले हराएको नेदरल्याण्ड्स दोस्रो चरणमा प्रवेश गरेको छ भने यसअघि जापानसँग १-० र डेनमार्कसँग १-२ ले पराजित भएको क्यामरुन विश्वकपबाट बाहिरियो।
खेलेकै तीन खेल जितेको नेदरल्याण्ड्स ९ अंकको साथ समुह ‘ई’को शिर्ष स्थानमा छ भने जापान ६ अंकको साथ दोस्रो स्थानमा छ। mr.deepakbasnet@ymail.com/ 24 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: