पोर्चुगल, स्पेन र चिली विजयी

पहिलो म्याचमा स्वीट्जरल्याण्डसँग हार बेहोरेको स्पेनले विश्वकपमा आफ्नो आशा जिवित राखेको छ। दक्षिण अफ्रीकाको जोहनेसवर्गको एलिस पार्क स्टेडियममा भएको प्रतिस्पर्धामा स्पेनले होन्डुरसलाई २-० ले पराजित गरेको छ।
स्पेनका लागि प्रतियोगितामा निकै अवसर थियो । तर उसले आफ्ना प्रशंसकलाई निराश गरेन । यद्यपि स्पेनका खेलाडीले गोल गर्ने कयौ सुनौला अवसर गुमाए ।
स्पेनको तर्फबाट डेविड भियाले पहिलो हाफको १७औं मिनेटमा गोल गरे । डेविड भियाले नै खेलको ५१औं मिनेटमा दोस्रो गोल गरेर आफ्नो टीमको जित सुनिश्चित गरेका थिए । अब स्पेनले चिलीविरुद्ध खेल्नुपर्नेछ।

टपमा चिली
पोर्ट एलिजावेथमा भएको प्रतियोगितामा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै चिली आफ्नो समूहको शिर्षस्थानमा रहन सफल भएको छ। स्पेनको सशक्त टीमलाई हराउने स्वीट्जरल्याण्डलाई चिलीले पराजित गरेको हो ।
चिलीका लागि यो जित यस अर्थमा पनि महत्वपूर्ण थियो कि स्पेनको सशक्त टिमलाई हराउने स्वीट्जरल्याण्ड यो प्रतियोगितामा खासै जम्न सकेन । जबकि चिलीले संयमसंग खेल्दै जित हासिल गरेको छ। उसको जित निकै महत्वपूर्ण यस कारण पनि छ कि स्पेनले आफ्नो पहिलो स्पर्धा हारेको थियो जबकि चिली लगातार जित्दै आएको छ।
प्रतियोगितामा एक मात्र गोल प्रतिस्पर्धाको ७५औं मिनेटमा मार्क गोन्जालेजले गरेका थिए । तर यो स्पर्धा पनि खेलाडीलाई देखाइएको रातो र पँहेलो कार्डले रंगियो । पँहेलो कार्ड पाउने ९ खेलाढीमध्ये ६ जना चिलीका थिए । यही स्वीट्जरल्याण्डका खेलाडी वेलोन बेहरामीले रातो कार्ड खाएर मैदानबाट बाहिरिए ।

सर्वाधिक गोल खाएर उत्तर कोरियाले रच्यो किर्तिमान/पोर्चुगल ७-०ले विजयी
एसियाली राष्ट्र उत्तर कोरिया नराम्रोसँग विश्वकप फुटबलबाट बाहिरिने प्रायः निश्चित भएको छ। फिफा बरियताको तेस्रो स्थानमा रहेको पोर्चुगलले उत्तर कोरियालाई ७-० को फराकिलो अन्तरले हराएको हो।
खेलको पहिलो हाल्फमा एक मात्र गोल खाएको उत्तर कोरियाले दोस्रो हाल्फमा ६ गोल गरेर नयाँ किर्तिमान कायम गरेको छ। उत्तर कोरिया सबैभन्दा बढी गोल खाने राष्ट्र हो। यो विश्वकपमा ७ गोल कुनै पनि राष्ट्रले खाएको छैन।
पहिलो हाल्फको २९ औं मिनेटमा पोर्चुगलका १६ नं.जर्सीका मिडफिल्डर राउल मेइरेलेसले गोल गरेर पोर्चुगलको खाता खोलेका थिए । त्यसपछि पहिलो हाल्फमा कुनै गोल हुन सकेन। पहिलो हाल्फ राम्रै खेलेको उत्तर कोरियालाई दोस्रो हाल्फमा पोर्चुगलले पूरै दबाबमा राख्यो । खेलेका ५३ औं, ५६ औं ६० औं, ८१ औं, ८७ औं र ८९ औं मिनेटमा पोर्चुगलले गोल गर्‍यो।
खेलका ५३ औं मिनेटमा ११ नं.जर्सीका फरवार्ड सिमाओले, ५६ औं मिनेटमा १८ नं.जर्सीका फरवार्ड हुगो अल्मेइदाले, ६० औं मिनेटमा १९ नं.जर्सीका मिडफिल्डर टाएगोले, ८१ औं मिनेटमा ९ नं.जर्सीका फरवार्ड लिइड्सनले, ८७ औं मिनेटमा ७ नं.जर्सीका टिम क्याप्टेन क्रिष्टियानो रोनाल्डोले र ८९ औं मिनेटमा १९ नं.जर्सीका मिडफिल्डर टिएगोले सातौं गोल गरे । उनी नै म्यान अफ दी म्याच भए ।
यसअघि आइभरिकोष्टसँग बराबरी खेलेर एक अंक जोडेको पोर्चुगलले उत्तर कोरियालाई सात गोल गरेपछि पोर्चुगलका खेलाडी र समर्थकको खुसीको सिमा रहेन्।
दोस्रंो हाल्फमा निकै होपलेस भएको उत्तर कोरियालाई पोर्चुगलले एकमाथि अर्को गोल गर्दै रहृयो । यो जितसँग बराबरी खेलेको पोर्चुगलले ४ अंक जोडी ग्रुप जीको दोस्रो स्थानमा चढेको छ। अब पोर्चुगलले विश्वकपको प्रबल दाबेदार राष्ट्र ब्राजिलको सामना गर्दैछ।
भने दुवै खेल खेलेर हारेको उत्तर कोरिया विश्वकपबाट बाहिरिने संकेत देखाएको छ। अब उत्तर कोरियाले अंक एक जोडर तेस्रो स्थानमा रहेको आइभरिकोष्टसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि उत्तर कोरियाले ब्राजिलसँग २-१ ले हारेको थियो। mr.deepakbasnet@ymail.com/22 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: