फ्रान्स र दक्षिण अफ्रीका बाहिरियो

त्यही भयो जुन आशंका गरिएको थियो । दक्षिण अफ्रीकामा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताबाट विभिन्न मुलुक बाहिरिने क्रम सुरु भएको छ। यसको सुरुवातमै पूर्व च्याम्पियन फ्रान्स र आयोजक राष्ट्र दक्षिण अफ्रीका प्रतियोगिताबाट बाहिरिएका छन् ।
संकटबाट गुज्रीरहेको फ्रान्स सन् २००६ मा विश्वकपको फाइनलसम्म पुगेको थियो । तर यो विश्वकपमा फ्रान्स दोस्रो चरणसम्म पनि पुग्न सकेन । साथै फ्रान्सले एउटा पनि प्रतियोगिता जित्न सकेन । उसले म्याक्सिको र दक्षिण अफ्रीकासँग मात खानु पर्‍यो । ग्रुप ए बाट अब म्याक्सिको र उरुग्वे दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फ्रान्स र दक्षिण अफ्रीकाबीच भएको खेलमा अफ्रीकाले २-१ ले प्रतियोगिता जित्यो । तर यसका बावजुद दक्षिण अफ्रीका दोस्रो चरणमा पुग्न सकेन । दक्षिण अफ्रीका पहिलो यस्तो आयोजक राष्ट्र हो जो दोस्रो चरणसम्म पनि पुग्न सकेन ।
दक्षिण अफ्रीकाले यस प्रतियोगितामा शानदार सुरुवात गर्दै मनोबल गिरेका फ्रान्सका खेलाडीमाथि हावी भयो । उसले पहिलो हाफमै दुई गोल गर्‍यो । दक्षिण अफ्रीकाकातर्फबाट पहिलो गोल खुमालोले २०औं मिनेटमा गरेका थिए ।
फ्रान्सविरुद्ध अग्रता लिएपछि पनि दक्षिण अफ्रीका रोकिएन । आयोजक राष्ट्रको इज्जत धान्दै संघर्ष जारी राख्यो । र, खेलको ३७औं मिनेटमा मफेलाले गोल गरेर खेललाई २-० ले अघि बढाए । तर दोस्रो हाफमा कुनै गोल गर्न सकेन । खेलको ७०औ मिनेटमा फ्रान्सले गोल गर्‍यो । तर यसबाट कुनै फरक परेन । विवावमा रहेको फ्रान्सेली टिमका कप्तान प्रटीस एवरा मैदानमा देखिएनन् ।

म्याक्सिको-उरुग्वे दोस्रो चरणमा
दोस्रोतर्फ रुस्टेनबर्गमा म्याक्सिको र उरुग्वेबीच प्रतिस्पर्धा भइरहेको थियो । यो खेल बराबरी भए पनि दुवै टिम दोस्रो चरणमा पुग्नेवाला थिए । तर राम्रो प्रदर्शनका बावजुद म्याक्सिकोले गोल गर्न सकेन । प्रतियोगिताको ४३औं मिनेटमा उरुग्वेका स्वाजोले एक गोल गरे । उरुग्वेले खेल जितेर आफ्नो समूहको शिर्ष स्थानमा रहन सफल भएको छ। गोल अन्तरको हिसावले म्याक्सिको पनि दोस्रो चरणमा भने प्रवेश गरेको छ।
यसपछि समूह बी अन्तर्गत दुई प्रतियोगिता भयो । अर्जेन्टिनाको ग्रीससँग प्रतिस्पर्धा थियो भने उत्तर कोरियाको भिडन्त नाइजेरियासँग थियो । अर्जेन्टिना त दोस्रो चरण प्रवेश गर्ने निश्चित थियो तर दोस्रो चरणका लागि बाँकी तीन देश संघर्षमा थिए । तर अर्जेन्टिनाले ग्रीसलाई २-० ले हराएर सजिलै दोस्रो स्थानमा स्थान बनायो । त्यस्तै दक्षिण कोरियाले नाइजेरियासँग २-२ बराबरी खेलेर दोस्रो चरणमा आफ्नो स्थान निश्चित गर्‍यो ।
ग्रीस र अर्जेन्टिनाबीचको स्पर्धाको हाफ टाइमसम्म गोल हुन सकेन । यद्यपि अर्जेन्टिनाले कयौ पटक गोल गर्ने प्रयास गरेको थियो । तर ७७औं मिनेटमा डेमिचेलिसले गोल गरेर आफ्नो टिमलाई अगाडि बढाए । १-० ले अगाडि बढिरहेको खेलमा अर्जेन्टिनाले आक्रामण तिब्र बनायो । र, ८९औं मिनेटमा उसले लाभ पनि लियो । मार्टिन पलेर्मोले गोल गरेर खेललाई २-० मा पुराए । यसका साथै अर्जेन्टिनाले लगातार तीन जित हात पार्‍यो ।
दोस्रोतर्फ नाइजेरिया र दक्षिण कोरियाबीच जबरजस्त भिडन्त भयो । नाइजेरियाले दक्षिण कोरियालाई निकै गोल अन्तरमा हराउने सपना देखेको थियो । तर त्यस्तो भएन ।
डरबनमा भएको प्रतिस्पर्धामा नाइजेरियाका उचेले १२औं मिनेटमै गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । तर ३८औं मिनेटमा दक्षिण कोरियाका जुङ्ग सुले गोल गरेर स्कोर बराबर बनाए । दोस्रो हाफमा प्रतिस्पर्धा थप जोडदार भयो । ४९औं मिनेटमा पार्क जु यफ्ले गोल गरेर दक्षिण कोरियालाई अग्रता दिलाए । खेल २-१ मा पुग्यो ।
तर ६९औं मिनेटमा नाइजेरियाले पेनाल्टी प्राप्त गर्‍यो । पेनाल्टीमा नाइजेरियाका याकुबुले गोल गरेर स्कोर २-२ मा पुराए । खेल बराबरीमै सकियो । त्यसैले यो समूहबाट अर्जेन्टिना र दक्षिण अफ्रीका दोस्रो चरणमा प्रवेश गरेका छन् । अब अर्जेन्टिनाको प्रतिस्पर्धा म्याक्सिकोसँग र उरुग्वेको प्रतिस्पर्धा दक्षिण कोरियासँग हुनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: