ब्राजिल र पाराग्वेले जिते, न्युजिल्याण्ड-इटाली बराबरी

विश्वकपको उपाधिको प्रवल दावेदार ब्राजिलले आइभरीकोष्टलाई हराएर दोस्रो चरणमा पुग्ने आफ्नो यात्रा निश्चित गरेको छ। तर यो प्रतियोगिता ब्राजिलको उत्कृष्ट प्रदर्शन र खेलाडीबीचको झडपका कारण पनि स्मरणीय रहनेछ।
काकालाई रेड कार्ड देखाएर मैदान बाहिर गरियो र एलानो घाइते भएर मैदानबाट बाहिरिए । आइभरिकोष्टका तीन खेलाडीले पँहेलो कार्ड खाए ।
यो दुर्भाग्यमय क्षणलाई बिर्सने हो भने प्रतियोगिता पूर्णतः ब्राजिलको हातमा रह्यो । खेलाडीहरुले फुटबलको उत्कृष्ट प्रदर्शन र कलात्मक परिचय दिए । ब्राजिलले पहिलो गोल फेबियानोले २५औं मिनेटमा गरे ।
हाफ टाइमसम्म ब्राजिल १-० ले अगाडि थियो । दोस्रो हाफ टाइमको ५०औं मिनेटमा फेबियानोले पुनः अर्को गोल गरे। यो गोल केही विवादमा परेको छ। तर ब्राजिलियन स्टाइलका गोल तेस्रो रह्यो । जब काकाको सुन्दर क्रसमा एलानोले गोल गरे । ब्राजिल ३-० ले अगाडि रह्यो । यहीबाट खेल शारीरिक शक्ति प्रदर्शनमा बदलियो र फलमाथि फल सुरु भयो ।
एलानोले मैदान छोड्नु पर्‍यो । यही खेलाडीबीच झडप त्यतिबेला भयो जब काकालाई रेड कार्ड देखाइयो । यसैबीच आइभरिकोष्टका कप्तान दोगबाले आफ्नो टिमको तर्फबाट एक गोल गरे । तर उसको हार भयो । दोस्रो चरणमा पुग्न आइभरिकोष्टलाई मुस्किल छ।

न्युजिल्याण्डले च्याम्पियनलाई रोक्यो
नेल्सपेटमा न्युजिनल्याण्ड र विश्व च्याम्पियन इटालीबीच भएको प्रतिस्पर्धा बराबरीमा रोकिएको छ। न्युजिल्याण्डले विश्व च्याम्पियन इटालीलाई हराउने सम्भावनासमेत थियो । तर यस अर्थमा न्युजिल्याण्डको दुर्भाग्य नै भन्नुपर्छ इटालीलाई पेनाल्टी प्राप्त भयो । जहाँ गोल बराबरी भयो ।
प्रतियोगिताको सातौ मिनेटमा विश्व च्याम्पियन इटालीले गोल खाएको थियो । न्युजिल्याण्डका शेन स्मेल्जले सातौ मिनेटमा खुसुक्क इटालियन गोल किपरलाई छलाउँदै गोल गरे । यसपछि इटाली निकै आक्रामक भयो । त्यसलगत्तै २९औं मिनेटमा इटालीले पेनाल्टी पायो । यसमा विवाद कायमै छ। यही पेनाल्टीमा इटालीका इक्विन्टाले गोल गरेर खेल बराबरीमा राखे । तर यसपछि इटालीले जति जोड दिए पनि कुनै गोल हुन सकेन ।

स्लोभाकिया-पाराग्वे
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबलअन्तर्गत आइतबार पाराग्वेले स्लोभाकियामाथि सानदार जीत हात पारेको छ ।
ब्लुम फोनटेन रंगशालामा भएको खेलमा पाराग्वेले स्लोभाकियालाई शुन्यका विरुद्ध २ गोलले पराजीत गरेको हो । पाराग्वेलाई अग्रता दिलाउने क्रममा लुकास बारिएसले दिएको पासलाई डि एरियाबाट प्रहार गर्दै एनरिक भेराले २६ औ मिनेटमा गोल गरेका थिए । त्यसपछि भने पाराग्वे स्लोभाकियामाथि झन दवाव बढाउन सफल हुदै ८४ औ मिनेटमा दोस्रो गोल गर्न सफल भयो ।
८४ औ मिनेटमा पाउलो डी सिल्भाले हानेको पि|m किकलाई क्रिस्चीयान रिभेसरले गोलमा परिणत गरेका थिए । पहिलो खेलमा ईटलीसंग बराबरी खेलको पाराग्वेले आइतबारको जितसंगै ४ अंक जोडेको छ भने अन्तिम १६ को यात्रासमेत निकै सहज बनाएको छ । mr.deepakbasnet@ymail.com/21 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: