उरुग्वे र घाना क्वाटर फाइनलमा/आसामो ज्ञान भए हिरो खेलाडी/अमेरिका हिस्सै


दक्षिण आफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनलमा उरुग्वे र घाना पुग्न सफल भएका छन्। दक्षिण कोरियालाई हराउँदै उरुग्वे क्वाटर फाइनलमा पुगेको हो भने अमेरिकालाई हराउँदै घाना क्वाटर फाइनल प्रवेश गरेको हो। निर्धारित समयसम्म बराबर(१-१) गोल भएपछि खेलाइएको ‘एक्स्ट्रा टाइम’मा घानाका फरवार्ड आसामो ज्ञानले गोल गरेर घानालाई क्वाटर फाइनलमा पुर्‍याएका हुन्।

उरुग्वे क्वाटर फाइनलमा प्रवेश

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको शनिबार भएको पहिलो खेलमा समुह ‘ए’ को शिर्ष स्थानमा रहेको उरुग्वे र समुह ‘बी’को दोस्रो स्थानमा रहेको दक्षिण कोरियबीच भएको खेल २-१ ले जित्दै उरुग्वे क्वाटर फाइनल प्रवेश गरेको छ। क्वाटर फाइनलमा पुग्ने उरुग्वे पहिलो टिम हो।

राम्रा प्रदर्शन गरेको उरुग्वेले खेलको पहिलो गोल गर्‍यो । उरुग्वेका जर्सी नं.९ का फरवार्ड लुईस स्वारेजले ८ औं मिनेटमा गोल गरे । निकै सशक्त खेल देखाएका उनले नै ८० औं मिनेटमा उरुग्वेका दोस्रो गोल गरेका थिए । उरुग्वेलाई क्वाटर फाइनल प्रवेश गराउन महत्वपूर्ण योगदान गर्ने स्वारेज नै म्यान अफ दी म्याच भए । उनी खेलको ८४ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उरुग्वेका कुनै पनि खेलाडीले कार्ड पाएनन भने दक्षिण कोरियाका तीन खेलाडीले पहेलो कार्ड पाए ।

बलमाथि ५४ प्रतिशत अधिकार जमाउन सफल दक्षिण कोरियाका लागि ६८ औं मिनेटमा १७ नं.जर्सीका मिडफिल्डर ली चुङ्ग योङ्गले सान्त्वना गोल गरे । दक्षिण कोरियाले खेल राम्रै खेलेको थियो । गोलका लागि उरुग्वेको भन्दा पनि बढी प्रहार गोलपोष्टमा गरेका थिए तर एक गोल भन्दा बढी गोल गर्न सकेन दक्षिण कोरियाले । अन्ततःउ घर फर्कनै पर्‍यो।
उरुग्वेले पहिलो चरणको खेलमा फ्रान्ससँग बराबरी, दक्षिण अफ्रीकालाई १-० र मेक्सिकोलाई हराइएको थियो। दक्षिण कोरियाले पहिलो चरण पार गर्न ग्रीसलाई २-० ले हराएको थियो । नाइजेरियासँग २-२ खेलेको दक्षिण कोरियाले अर्जेन्टिनासँगको खेलमा ४ गोल खाएको थियो भने एक गोल फर्काएको थियो।

घाना पुग्यो क्वाटर फाइनल, अमेरिका हिस्सै

दक्षिण अफ्रीकाको रस्टनवर्गस्थित रोयल बफोकेङ्ग स्टेडियममा समुह ‘सी’ को विजेता अमेरिका र समुह ‘डि’को उपविजेताको रुपमा दोस्रो चरण पुगेको घानाबीच भएको खेल २-१ ले जित्दै घाना क्वाटर फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवैको तर्फबा बराबर १-१ गोल भएपछि खेलाइएको एक्स्ट्रा टाइमको सदुपयोग गर्दै घानाका फरवार्ड आसामो ज्ञानले गोल गरेर घानालाई क्वाटर फाइनलमा पुर्‍याए । ३० मिनेट खेलाइएको ‘एक्ट्रा टाइम’नै घानाको लागि भगवान सावित भयो।

खेल बराबरीमा सकिए क्वाटर फाइनल जाने टिमको टुङ्गो नलाग्ने भएकाले एक टिमले जित्नै पर्नेहुन्छ। तसर्थ खेल ९० मिनेटपछि चार मिनेट लम्बियो तर पनि कुनैतर्फबाट गोल भएन । त्यसपछि खेलाडीले केही आराम गरे। पुनः खेल खेलाइयो । छोटो ब्रकेपछि खेलाइएको ‘एक्स्ट्रा टाइम’ को तेस्रो मिनेटमा घानाका उत्कृष्ट खेलाडी जर्सी नं.३ का फरवार्ड आसामो ज्ञानले गोल गरे। गोलसँगै घाना क्वाटरफाइनल पुग्न सफल भयो। घानालाई क्वाटर फाइनलमा पुर्‍याउने ज्ञानमा खुसीको तरंग नै पैदा गरिदियो ।
यसअघि खेलमा निकै सशक्त रुपमा प्रस्तुत भएको घानाले खेलको पाँचौं मिनेटमै गोल गरेको थियो। घानाका जर्सी नं.२३ का फरवार्ड केभिन प्रीन्स बोयटेङ्गले गोल गर्दै घानालाई अग्रता दिलाएका थिए । उनी खेलको ७८ औं मिनेटमा मैदान बाहिरिएका थिए ।
गोल गर्नबाट निकै चुकुको अमेरिकाले खेलको ६२ औं मिनेटमा पेनाल्टीको मौका पायो । सो मौकालाई अमेरिकाका जर्सी नं.१० का मिडफिल्डर लन्डन डानोभानले गोलमा परिणत गरे र खेललाई बराबरीमा ल्याए । अमेरिकाको प्रहारलाई घानाका गोलरक्षकले उत्कृष्ट रुपमा दायित्व पूरा गरे उनले धेरै पटक गोल हुनबाट बचाएर अमेरिकी खेलाडीलाई निराश बनाएका थिए ।
घाना क्वाटर फाइनलमा पुग्नुको श्रेय गोल रक्षक किंगसनलाई पनि जान्छ। उनले धेरै पटक गोल हुनबाट बचाएका थिए । म्यान अफ दी म्याच घानाका जर्सी नं.१३ का मिडफिल्डर एन्ड्रे अवे भए ।

यसअघि पहिलो चरणमा घानाले सर्वियालाई हराएको थियो भने अष्ट्रेलियासँग बराबरी र जर्मनीसँग हारेको थियो। यस्तै अमेरिकाले इंगल्याण्ड र स्लोभानियासँग बराबरी खेलेको थियो भने अल्जेरियालाई हराएको थियो ।
घाना फिफा वरियताको ३२ औं स्थानमा रहेको छ भने अमेरिका १४ औं स्थानमा रहेको छ।

क्वाटर फाइनल पुगेका उरुग्वे र घाना सेमी फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन्। mr.deepakbasnet@ymail.com/26 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: