ब्राजिल र पोर्चुगल दोस्रो चरण प्रवेश/ आइभरिकोष्ट र उत्तर कोरिया बाहिरिए/ स्पेन र चिली अन्तिम १६ मा प्रवेश/ स्वीट्जरल्याण्डलाई होन्डुरसले रोक्यो


ग्रुप अफ डेथ मानिएको समुह ‘जी’ अन्तर्गतको ब्राजिल र पोर्चुगलबीच शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको छ। आइभरिकोष्टसँग बराबरी र उत्तर कोरियालाई हराएर ४ अंक जोडेको पोर्चुगलले ब्राजिलसँग पनि बराबरी खेल्दै अंक बाँडेको छ। पार्चुगल ५ अंकसहित समुह जी को दोस्रो स्थानमा छ भने ७ अंकको साथ ब्राजिल पहिलो स्थानमा छ।
यि दुवै टिम विश्वकप फुटबल २०१० को दोस्रो चरणमा प्रवेश गरेका छन्। यसअघि ब्राजिलले उत्तर कोरिया र आइभरिकोष्टलाई हराएको थियो भने पोर्चुगलले आइभरिकोष्टसँग बराबर र उत्तर कोरियालाई पराजित गरेको थियो।

खेलको सुरुदेखिनै निकै सशक्त भएर प्रस्तु भए पनि ब्राजिलले गोल गर्न सकने यद्यपि पोर्चुगलले पनि केही मौका पाएको थियो। बलमाथि ६० प्रतिशत कब्जा जमाएको ब्राजिलले काकाको महसुश पनि गर्‍यो । पोर्चुगललाई निकै पेलेको ब्राजिलले धेरै मौका चुकायो । ब्राजिलियन स्टार लुईस फाबियानोले पहेलो कार्ड पाए र उनी खेलको ८५ औं मिनेटमा मैदान बाहिरिए । निकै राम्रो खेलाडीको रुपमा छवि बनाएका रोविन्होले पोर्चुगलसँगको खेल खेलेनन्।
यस्तै पोर्चुगलले पनि राम्रो खेलेको थियो। क्याप्टेन रोनाल्डोले निकै राम्रो खेले तर पनि उनले गोल गर्न सकेनन्। उनले केही गोल गर्ने मौका पाएका थिए तर त्यो सफल हुन सकेन । अन्ततः दुवैतर्फबाट गोल नभएपछि खेल बराबरीमै सकियो ।
म्यान अफ दी म्याच पोर्चुगलका क्याप्टेन जर्सी नं.७ का क्रिष्टियानो रोनाल्डो भए ।

आइभरिकोष्ट र उत्तर कोरिया बाहिरिए
यस्तै शुक्रबारै भएको खेलमा आइभरिकोष्टले उत्तर कोरियालाई ३-० ले हरायो । यसअघि पोर्चुगलसँग ७ गोल खाएको उत्तर कोरियाले आइभरिकोष्टको ३ गोल खाए पनि एक गोल पनि फर्काउन सकेन ।
आइभरिकोष्टको लागि खेलको १४ औं मिनेटमा जर्सी नं.१९ का मिडफिल्डर टोउरे यायाले गोल गरे । निकै सशक्त रुपमा प्रस्तुत भएको आइभरिकोष्टले त्यसको ६ मिनेटपछि अर्थात २० औं मिनेटमा अर्को गोल गर्‍यो। जर्सी नं.१३ का मिडफिल्डर रोमारिकले दोस्रो गोल गरे । उनी खेलेको ७९ औं मिनेटमा मैदान बाहिरिएका थिए । त्यस्तै खेलको ८२ औं मिनेटमा जर्सी नं.८ का फरवार्ड कलाउले तेस्रो गोल गरे । त्यसपछि दुवैको तर्फबाट कुनै गोल हुनसकने । खेल आइभरिकोष्टले ३-०ले उत्तरकोरियालाई हरायो ।
उत्तरकोरियालाई हराएर विजयी बनेको आइभरिकोष्ट र तीन खेल हारेको उत्तर कोरिया दुवै बाहिरिएका छन्। आइभरिकोष्टले ४ अंक जोडेको थियो भने उत्तर कोरियाको सून्य ।
राम्रो प्रदर्शनकै कारण म्यान अफ दी म्याच आइभरिकोष्टका क्याप्टेन डिडियर ड्रोग्बा भए । खेलमा दुवै टिमका खेलाडीले कुनै प्रकारको कार्ड पाएनन्। यो विश्वकप यो पनि किर्तिमान नै हो।

स्पेन र चिली अन्तिम १६ मा प्रवेश/ स्वीट्जरल्याण्डलाई होन्डुरसले रोक्यो
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० मा समुह ‘एच’का स्पेन र चिली अन्तिम १६ मा प्रवेश गरेका छन्। चिलीलाई २-१ ले हराउँदै विजेताको रुपमा स्पेन दोस्रो चरणमा पुग्यो भने चिली पराजित भए पनि दोस्रो चरणको प्रवेश पायो।
लोफ्टस भर्सफेल्ड स्टेडियममा भएको खेलमा युरोपको नं. एक टिम स्पेनले निकै राम्रो प्रदर्शन गरेको थियो। स्पेनले खेलको २४ औं र ३७ औं मिनेटमा गोल गर्‍यो । स्पेनका लागि जर्सी नं.७ का फरवार्ड डेभिड भिल्लाले २४ औं मिनेटमा पहिलो गोल गरे भने जर्सी नं.६ का मिडफिल्डर एन्ड्रेस इनिस्टाले ३७ औं मिनेटमा गोल गरेका थिए । उनी नै म्यान अफ दी म्याच भए ।
चिलीले पनि स्पेनलाई गोलको स्वाद चखाएको थियो । खेलको ४७ औं मिनेटमा जर्सी नं.२० का मिडफिल्डर रोड्रीगो मिलारले गोल गरेका थिए । चिली स्वीट्जरल्याण्ड र होन्डुरसलाई हराउँदै ६ अंक बटुलि समुह एच को दोस्रो स्थानमा छ। चिलीले दोस्रो राउण्डमा ब्राजिलको सामना गर्नेछ भने स्वीट्जरल्याण्डसँग हारेको स्पेनले होन्डुरस र चीलीलाई हराउँदै ६ अंक बटुली समुह एच को शिर्ष स्थानमा छ। स्पेनले दोस्रो राउण्डमा पोर्चुगलको सामना गर्नेछ। खेल अवधिभर स्पेनका खेलाडीले कुनै कार्ड पाएनन् भने चिलीले तीन पहेलो र एक रातो कार्ड पाएको थियो ।

स्वीट्जरल्याण्डलाई होन्डुरसले रोक्यो
स्वीट्जरल्याण्डलाई दोस्रो चरणमा पुग्नको लागि होन्डुरसले रोकेको छ। समुह ‘एच’ अन्तर्गत स्वीट्जरल्याण्ड र होन्डुरसबीच फ्री स्टेट स्टेडियममा भएको खेलमा दुवै तर्फबाट गोलरहित बरबरीमा खेल सकिएपछि स्वीट्जरल्याण्डको विश्वकप यात्रामा भाइरस लाग्यो। ऊ दोस्रो राउण्डमा पुग्न सफल भएन।
स्पेनलाई हराएर चिलीसँग हारेको स्वीट्जरल्याण्डले होन्डुरससँग बराबरी खेलेपछि अन्तिम १६ प्रवेश गर्नबाट रोकिएको हो। उसले होन्डुरसलाई जसरी भए पनि हराउनु पर्थ्यो । तर त्यसो हुन सकेन ।
बराबरी खेलेका होन्डुरस र स्वीट्जरल्याण्ड दुवैले विश्वकपको यात्रालाई विट मारे । ४ अंकको साथ स्वीट्जरल्याण्ड तेस्रो स्थानमा छ भने दुई खेल हारेर एक खेल बराबरी खेलेको होन्डुरसको १ अंकको साथ चौथो स्थानमा । mr.deepakbasnet@ymail.com/25 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s