सेमिफाइनलको लागि नेदरल्याण्ड्स र ब्राजिल भिड्ने/चिली र स्लोभाकिया बाहिरिए


दक्षिण अफ्रीकामा जारी विश्वकप फुटलब २०१० को क्वाटर फाइनलमा ब्राजिल र नेदरल्याण्डस् पुगेका छन्। नेदरल्याण्ड्स स्लोभाकियालाई २-१ ले हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको हो भने ब्राजिलले चिलीलाई ३-० ले हराउँदै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

नेदरल्याण्ड्स क्वाटर फाइनलमा, किपरलाई पहेलो कार्ड
विश्वकप फुटबल २०१० को समुह ‘ई’ को विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको नेदरल्याण्ड्स र समुह ‘एफ’को उपविजेताका रुपमा दोस्रो चरण पुगेको स्लोभाकियाबीच भएको खेल २-१ जित्दै नेदरल्याण्डस् क्वाटर फाइनल पुगेको छ।

फिफा वरियताको चौथो स्थानमा रहेको नेदरल्याण्ड्स र ३४ औं स्थानमा रहेको स्लोभाकियाबीच दक्षिण अफ्रीकाको डर्बनस्थित डर्बन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्स राम्रो प्रदर्शनका साथ स्लोभाकियालाई २-१ ले हराएको हो।

बलमाथि ५२ प्रतिशत अधिकार जमाउन सफल नेदरल्याण्ड्सले खेलको १८ औं र ८४ औं मिनेटमा गोल गर्‍यो। नेदरल्याण्ड्सका लागि जर्सी नं.११ का फरवार्ड अर्जेन रोबेनलले खेलको १८ औं मिनेटमा गोल गरेका हुन्। उनले ३१ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । उनी नै म्यान अफ दी म्याच भए ।
सशक्त खेल्दै गरेको नेदरल्याण्ड्सका जर्सी नं. १० का मिडफिल्डर स्नेइजडरले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए।
गोलको लागि संघर्ष गरिरहेको स्लोभाकियाले खेलको निर्धारित समय ९० मिनेटभन्दा थपिएको अन्तिम मिनेट अर्थात ९४ औं मिनेटमा पेनाल्टी पायो र सो पेनाल्टीलाई गोलमा परिणत गरे जर्सी नं.११ का फरवार्ड रोबर्ट भिटेकले । उनले यो गोलसँगै अर्जेन्टिनाका ४ गोल गर्ने गोन्जालो हिगुइनलाई टक्कर दिएका छन्।
स्लोभाकियाले खेलमा ३ पहेलो कार्ड पायो भने २ नेदरल्याण्ड्सका खेलाडीले पनि पहेलो कार्ड पाए । कार्ड पाउनेमा नेदरल्याण्ड्सका गोल रक्षक स्टेकेलेन्बर्ग पनि रहेका छन्। उनले स्लोभाकियाका फरवार्ड जर्सी नं.१० का जकुब्कोलाई डि बक्सभित्र खुट्टा समातेर लडाइदिए पनि उनले पहेलो कार्ड पाएका थिए । यो हारसँगै स्लोभाकियाको विश्वकप २०१० यात्रा समाप्त भएको छ।

ब्राजिल क्वाटर फाइनल प्रवेश, चिलीको विश्वकप यात्रा समाप्त
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० अन्तर्गत दोस्रो चरणमा पुगेका ब्राजिल र चिलीबीचको खेल ब्राजिलले ३-० ले जित्दै क्वाटर फाइनल प्रवेश गरेको छ।

दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित इलिस पार्क स्टेडियममा भएको खेलमा फिफा वरियताको पहिलो स्थानमा रहेको ब्राजिल र २१ औं स्थानमा रहेको चिलीबीचको खेलमा ब्राजिलले सुरुबाटै आफ्नै खुबी देखाउन थाल्यो । ब्राजिलका जर्सी नं.४ का मिडफिल्डर जुआनले ३५ औं मिनेटमा पहिलो गोल गरेर ब्राजिलियन खेलाडीलाई हौस्याए । उनले २ नं.जर्सीका डिफेन्डर माइकनले प्रहार गरेको कोना किकलाई सिधै हेडमार्फत गोलमा परिणत गरि दिए । खुसीको रौनक छाएको ब्राजिलियन खेलाडीले त्यसको तीन मिनेटपछि ३८ औं मिनेटमा दोस्रो गोल गरे। जर्सी नं.९ का फरवार्ड लुईस फाबियानोले काकाको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्। फाबियानाले आइभरिकोष्टसँगको खेलमा दुई गोल गरेका थिए । उनी ७६ औं मिनेटमा मैदान बाहिरिए ।
आक्रमक खेललाई जारी राखेको ब्राजिलले ५९ औं मिनेटमा तेस्रो गोल गर्‍यो। जर्सी नं.११ का फरवार्ड रोबिन्होले गोल गरेका हुन्। उनले यसअघि पोर्चुगलसँग भएको खेल खेलेका थिएनन्। म्यान अफ दी म्याच रोबिन्होले ८५ औं मिनेटमा मैदान छोडेका थिए ।

आइभरिकोष्टसँगको खेलमा पहँलो र रातो कार्डको सामना गरिसकेका जर्सी नं.१० का मिडफिल्डर काकाले चिलीसँगको खेलमा पनि पहेलो कार्ड पाए । आइभरिकोष्टसँगको खेलमा रातो कार्ड पाएर पोर्चुगलसँगको खेल गुमाउन पुगेका काकाले खेलको ३० औं मिनेटमा रातो कार्ड पाएका हुन्। काका खेलको ८१ औं मिनेटमा मैदान बाहिरिएका थिए ।
यसअघि ब्राजिलले पहिलो चरणमा उत्तर कोरियालाई २-१ र आइभरिकोष्टलाई ३-१ ले हराएको थियो भने पोर्चुगलसँग बराबरी खेलेको थियो। चिलीले भने होन्डुरस र स्वीट्जरल्याण्डलाई १-० ले हराएको थियो साथै चिली स्पेनसँग २-१ ले पराजित भएको थियो।

अब सेमिफाइनल यात्राको लागि नेदरल्याण्ड्स र ब्राजिल भिड्नेछन्।
mr.deepakbasnet@ymail.com/28June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: