स्पेन र पाराग्वे क्वाटर फाइनल प्रवेश/ जापानीज फ्यानको आँखामा आशु


जापानलाई पेनाल्टीमा हराएको पाराग्वे र पोर्चुगललाई हराएर क्वारट फाइनलमा पुगेको स्पेनबीच सेमीफाइनलका लागि भिडन्त हुने भएको छ। क्वाटर फाइनलमा पुगेका पाराग्वेले जापानलाई ५-३ र स्पेनले पोर्चुगललाई १-० ले हराएका हुन्।

पोर्चुगल बाहिरियो, स्पेन क्वाटरफाइनलमा

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनलमा स्पेनले आफ्नो स्थान सुरक्षित राखेको छ। दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा स्पेन र पोर्चुगलबीच भएको खेल १-० ले जित्दै स्पेनले क्वाटर फाइनल यात्रा तय गरेको हो।
उत्कृष्ट प्रदर्शन गरेका जर्सी नं.७ का स्पेनका फरवार्ड डेभिड भिलाले खेलको ६३ औं मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका हुन्। उनले धेरै पटक गोल पोष्टमा प्रहार गरे पनि गोल हुन सकेको थिएन । उनी खेलका ८८ औं मिनेटमा मैदान बाहिरिएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन।

पहिलो हाल्फमा स्पेनले पोर्चुगललाई केही दबाबमा राख्यो। स्पेनका जर्सी नं.९ का फरवार्ड फर्नान्डो टोरेसले केही गोल गर्ने मौका पाएका थिए तर गोल गर्न सकेनन्। उनी खेलको ५९ औं मिनेटमा मैदान बाहिरिएका थिए।
स्पेनको सामु कमजोर देखिएको पोर्चुगलका जर्सी नं.२१ का डिफेन्डर रिकार्डो कोस्टाले रातो कार्ड पाएका थिए ।

म्यान अफ दी म्याच स्पेनका ८ नं.जर्सीका मिडफिल्डर जाबी भए।
विश्वकप फुटबल २०१० को प्रबल दाबेदार राष्ट्र स्पेन र एकै खेलमा उत्तर कोरियालाई ७ गोल हान्ने पोर्चुगलबीच भएको खेल निकै रोमाञ्चक थियो। फिफा वरियतामा स्पेन दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ।
पहिलो चरणको खेलमा स्पेन स्वीट्जरल्याण्डसँग १-० ले हारेको थियो भने होन्डुरसलाई २-० र चिलीलाई १-२ ले हराएको थियो। यस्तै चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगलले पहिलो चरणको खेलमा आइभरिकोष्ट र ब्राजिलसँग बराबर खेलेको थियो भने उत्तर कोरियालाई ७ गोल गरेको थियो।

अब स्पेनले सेमी फाइनल पुग्नको लागि पाराग्वेको सामना गर्दैछ।

जापानलाई हराउँदै पाराग्वे क्वाटर फाइनलमा/एसिया बाहिरियो

जापानलाई मर्माहत बनाउँदै पाराग्वे विश्वकप फुटबल २०१० को क्वाटर फाइनल प्रवेश गरेको छ। निर्धारित समय र एक्स्ट्रा टाइममा पनि दुवैतर्फबाट गोल नभएपछि भएको पेनाल्टीमा ५-३ ले हराउँदै पाराग्वेले क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
निकै सशक्तरुपमा प्रस्तुत भएका दुवै टिमले गोलको लागि आफुले भ्याएसम्मको प्रयास गरेका थिए । गोलपोष्टमा एकपछि अर्को प्रहार गरिरहेका पाराग्वे र जापानले निर्धारित समय र एक्स्ट्रा टाइम गोल गर्न सकेनन्।

सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक भएको खेलमा गोल गर्ने मौका नपाएका होइनन् तर मौकालाई सदुपयोग गर्न सक्षम भएनन् पाराग्वे र जापानका खेलाडीहरु ।
दक्षिण अफ्रीकाको लोफ्टस भर्सफेल्ड स्टेडियममा भएको खेलमा जापानका होन्डाले केही आशा देखाएका थिए तर उनले पनि गोल गर्न सकेनन्। ९० मिनेटको खेलमा तीन मिनेट थपियो । थपिएको तीन मिनेटमा पनि गोल भएनन् त्यसपछि ३० मिनेट एक्स्ट्रा टाइम खेलाइयो । एक्स्ट्रा टाइममा पाराग्वेलाई एसियन पावर हाउस मानिने जापानले निकै पेल्यो तर पनि गोल गर्न सकेनन्। त्यसपछि खेलको निर्णय गर्ने पालो आयो पेनाल्टीको । पेनाल्टीले पाराग्वेको पक्षमा निर्णय पनि गरिदियो र पाराग्वे क्वाटर फाइनलमा पुग्यो।

पेनाल्टीको पहिलो गोल पाराग्वेका जर्सी नं.८ का मिडफिल्डर इद्गर बारेटोले गरे। पाराग्वेका लागि दोस्रो गोल जर्सी नं.१९ का फरवार्ड लुकास बारीओसले गरे । पाराग्वेका लागि तेस्रो गोल जर्सी नं.१६ का क्रिस्टियन रिभेरसले तेस्रो गोल गरे । चौथो गोल जर्सी नं.१८ का फरवार्ड नेल्सन भाल्डेजले गरे र पाँचौ गोल जर्सी नं.७ का फरवार्ड ओस्कार कार्डोजोले गरे ।
जापानको लागि पहिलो गोल ७ नं.जर्सीका मिडफिल्डर यासुहितो इन्डोले गरे । जापानका लागि दोस्रो गोल जर्सी नं.१७ का मिडफिल्डर माकोतो हासेबेले गरे । र जापानलाई तेस्रो गोल गर्ने मौकाबाट चुकाए जर्सी नं.३ का डिफेन्डर यिइची कोमानो । उनको यो गल्तीका कारण जापान क्वाटर फाइनल जानबाट बञ्चित हुनुपर्‍यो।

जापानी स्टार जर्सी नं.१८ का फरवार्ड केइसुके होन्डाले तेस्रो गोल गरे तर पाराग्वेले गोल यात्रालाई नरोकेको कारण जापानका अरु खेलाडीले पेनाल्टी हान्नै परेन । खेल पाराग्वेले ५-३ ले जित्यो ।
जितसँगै जापानी फ्यानहरु आँखाबाट आशु निकालिरहेको देखिन्थे भने पाराग्वेको हर्षको सिमा थिएन । विश्वकपमा टिकिरहेको जापान पनि बाहिरिएपछि एसियाबाट कुनै पनि देश क्वाटर फाइनल पुग्न सकेनन्।
समुह ‘ई’को उपविजेता जापानले पहिलो चरणको खेलमा क्यामरुनलाई १-० र डेनमार्कलाई ३-१ ले हराएको थियो भने नेदरल्याण्ड्ससँग १-० ले पराजित भएको थियो।
यस्तै समुह ‘एफ’को विजेता पाराग्वेले इटली र न्युजिल्याण्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई २-० ले हराएको थियो।
फिफा वरियताको ४५ औं स्थानमा जापान छ भने पाराग्वे ३१ औं स्थानमा छ। mr.deepakbasnet@ymail.com/29 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: